निसीखोला गाउँपालिका काण्डै काण्डको भयो ः (नेकपा) एमाले निसीखोला 

विनोद विश्वकर्मा , बुर्तिवाङ
नेकपा एमाले निसीखोला गाउँ कमिटी अध्यक्ष भुमिराज घर्तिले निसीखोला गाउँपालिका काण्डै काण्डको घर भएको बताएका छन् ।

सनिबार (ने क पा) एमाले निसीखोला गाउँकमिटीले  निसीखोलाको जुग्जाखोलामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै घर्तिले निसीखोला गाउँपालिकाकामा विभिन्न काण्डको थुप्रो रहेको बताएका छन् । घर्तिले निसीखोला गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत फिर्ता काण्ड ,कटुवाल नियुक्ति काण्ड,दोहोरो सिफारिस काण्ड गाउँपुजाँ (नाखा) काण्ड, स्वंयम पालिका अध्यक्ष समेत काण्डमा फसेको बताएका छन् । यी भएका काण्डलाई नेकपा एमालेले पटक पटक ध्यानाकर्षण गराउदा समेत व्यवास्ता गरेको बताएका छन् ।

निसीखोला गाउँपालिकामा व्ययतिथिको चाङ रहेको भन्दै यसलाई पालिकाले तुरुन्त समाधान गर्न एमाले निसीखोलाले ध्यानाकार्षन गराएको छ ।
(ने क पा) एमालेले बिभिन्न समयमा पालिकामा भएका व्यतिथिको विरोध गर्दै पालिकामा ज्ञापन पत्र समेत बुझाएको छ तर पालिकाले विपक्षको कुरालाई व्यावहारमा भने लागु नगरेको एमाले निसीखोलाले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
कार्यक्रमको अवसरमा बोल्दै (नेकपा) एमाले जिल्ला सदस्य जुनविक्रम शाहीले पालिकामा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा ठुलो विभेद रहेको आरोप लगाएका छन् । विद्यालयमा बजेट पु¥याउदा समेत फरक दल लाई समर्थन गरेकै कारण समेत बन्चित बनाएको आरोप लगाएका छन् । पालिकाको सरकारले चुवावमा गठबन्धन गरे पनि एमालेले विकासमा गठबन्धन गर्न चाहेको बताएका छन् ।


पालिकाका विभिन्न बिद्यालयमा शिक्षक सरुवा तथा नियुक्तिको सन्दर्भमा पालिकाले गठबन्धनलाई प्रथमिकतामा राखेको बताएका छन् । यस्तै कार्यक्रममा पार्टीको सांगठानिक विषयमा जानकारी दिदै नेकपा एमाले जिल्ला सचिवालय सदस्य रुद्र पौडेलले पार्टीले जनवर्गि संगठन तथा विभिन्न संगठनलाई चलायमान बनाउने बताएका छन् ।

कार्यक्रममा पत्रकारले सोधेको एमालेले पालिकालाई ध्यानाकर्षण तथा ज्ञापन पत्र बुझाए पनि पाटी र पालिका बीचमा दुरी वढ्योकी पालिकाले पाटीको कुरालाई कार्यन्वयन नगरेको जस्तो देखियो यसमा पार्टीको अवको कार्यक्रम के रहन्छ भन्ने,प्रश्नमा पाटी अहिले पर्ख र हेरको अवस्थामा रहेको र यसलाई कार्यन्वयन नगरेमा कार्यक्रमलाई फरक ढंगबाट अगाडी बढाउने जानकारी दिएको छ । एमाले आफ्नो अडानबाट पछि नहट्ने बताएका छन् ।

कार्यक्रममा निसीखोला गाउँपालिकाले लिएको सरकारी सेवामा कार्यरत कर्मचारी तथा शिक्षकका वालवालिकालाई अनिवार्य सरकारी विद्यालयमा पढाउने निति, पालिका भरमा बिवाह तथा विभिन्न सामुहिक भोजमा दुई भान्साको अन्त्य जस्ता कार्यक्रमलाई समर्थन भएको र यसलाई जति सक्दो छिटो कार्यन्वयनमा लग्नु पर्नेमा एमाले निसीखोलाले जोड दिएको छ ।
पालिकामा गठबन्धन सरकारले एकतर्फी रुपमा विकास निमार्ण तथा सुसासनको पक्षमा काम गरेको आरोप लगाएको छ ।

आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेकपा एमाले निसीखोला गाउँकमिटी अध्यक्ष भुभिराज घर्तीको अध्यक्षता रहेको कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य रुद्र पौडेल,जिल्ला सदस्य जुनविक्रम शाही,तथा एमालेका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रम एमाले जिल्ला सदस्य ढालेन्द्र हमाल (मिलन) ले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित