
ढोरपाटन साउन १९
ढोरपाटन नगरपालिकाद्धारा लम्पीस्कीन रोगबाट ढोरपाटन नगरपालिका अन्र्तगत कृषकले पालेका गाई धमाधम मर्न थालेपछि नगरपालिकाले किसानको गोठमै पुगेर इन्जेक्सन लगाउनुका साथै विभिन्न औषधि हस्तान्त्रण गरेको छ ।
ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवाली , पशु प्राविधिक सहितको टोलिद्धारा ढोरपाटन नगरपालिका ९ स्थित स्याचुङ, छेँडा, फुस्रे, देउराली , टिकाधारा, लगाएतका स्थानमै पुगेर किसानले पालेका पाँचसय बढि गाईलाई लम्पी स्किन रोगविरुद्धको इन्जेक्सन लगाईनुका साथै घाउमा लगाउने मलम समेत किसानलाई हस्तान्त्रण गरिएको कर्मचारी हिरालाल खनालले बताउनु भयो ।
ढोरपाटन नगरपालिकाको अधिकाँस किसानले पालेका १०० बढि पशुचौपाया मरेको तथ्याँक सँकलन भइसकेको र थप तथ्याँक आउन बाँकी रहेको पशु शाखा प्राविधिक टेकमाया थापाले बताउनु भयो । प्राविधिक सुश्मा घर्ति, स्मृर्ती अदैको टोलीले इन्जेक्सन दिएको हो ।
नगरपालिकाद्धारा थप उपचारको लागी खोप पठाउने तयारी रहेको जनाइएको छ ।