आखा पाक्ने रोगको समस्या बढ्दो ,बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा चेक गर्ने विरामीको संख्या बढ्यो ।

विनोद विश्वकर्मा,बुर्तिवाङ,

पछिल्लो समय विभिन्न अस्पतालमा आँखा पाक्ने रोगका बिरामी बढ्दै गएको पाइएको छ । पछिल्लो केही दिनयता देशभरका अस्पतालहरूमा आँखा पाक्ने समस्या भएका बिरामीहरूको चाप बढेको हो ।

यसैसन्दर्भमा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं १ बुर्तिबाङमा रहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पनि आखा पाक्ने समस्या भएका विरामीको संख्यामा उल्खनिय बृद्धि भएको छ । स्वास्थ्य केन्द्रमा कार्यरत दृष्टि विशेषज्ञा रुद्र खत्रीले पछिल्लो १ हप्तामा आखा पाक्ने रोगको लक्षण भएका विरामीको संख्यामा बृद्धि भएको जानकारी दिएका छन् । आँखा पाक्ने रोगलाई चिकित्सकीय भाषामा ‘कन्जक्टीवाइटिस’ भनिन्छ ।

आँखा पाक्ने समस्या भाइरल इन्फेक्सन र ब्याक्टेरियाको कारणले देखिने गरेको बताएका छन् । धेरैजसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामीहरू अस्पताल आउने गरेको उनको भनाइ छ । खत्रीका अनुसार यो पटक विगतको वर्षहरू भन्दा धेरै नै केसहरू देखीएको जानकारी दएका छन् ।

पछिल्लो ३ दिनको तथ्याङ्क हेर्दा १० वर्ष भन्दा कम उमेरका बालवालिकामा बढी संक्रमण देखीको तर अन्य उमेर समुहकालाई पनि यस रोग देखा परेको बताएकाछन् । गर्मीकै कारणले भाइरसको इन्फेक्सन बढेको हुनसक्ने बताउँदै खत्रीले भने ‘धेरै जसो व्यक्तिहरूलाई सुरुमा आँखाबाट आँसु आउने, बिझाउने हुन्छ । यस्तै, अप्ठ्यारो महसुस हुने, आँखा रातो हुने, आँखामा चिप्रा आउने हुन्छ । कतिपयमा त चिप्रा आएर आँखा नै टालिने हुन्छ । धेरैजसो बिरामीले बिहान उठ्दा आँखा पूरै टालिएको भनेर भन्नुहुन्छ । उपचार नै नगरेर त्यत्तिकै छोड्यो भने आँखाको भित्री तहमा सेतो रङको पत्रहरू जम्न थाल्छ । लेयरहरु जम्न थाल्छ । त्यो लेयरहरुलाई पनि त्यत्तिकै छोडिदियो भने आँखाको कालो नानीमा पनि घाउ हुनसक्छ । कसै कसैलाई कालो नानीमा घाउ भएर अट्याक गर्न सक्छ ”उनले भने ।

विशेषज्ञ खत्रीका अनुसार आँखा पाकिहाले आँखा रातो हुने, अफ्ठयारो महसुस हुने हुन्छ । यसबाट बच्न आफूले प्रयोग गर्ने रुमाल, साबुन छुट्टै राख्नुपर्ने उनको भनाइ छ ।
खत्रीले एक व्यक्तिको आँखाको तत्व अर्को व्यक्तिमा पुग्यो भने फैलिनसक्ने भन्दै यो आँसुबाट सर्ने जानकारी दिए ।
यस्तै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमानै कार्यरत दृष्टि विशेषज्ञ विभा सिंहले आखा पाक्ने समस्या सबै उमेर र लिङ्गको मानिसलाई हुन सक्ने बताईन् । ‘आँखा पाक्ने समस्या जुनसुकै उमेर समूहमा हुनसक्छ । यो एकदम फैलिन सक्छ । आफूले प्रयोग गर्ने रुमाल, साबुन छुट्टै राख्नुपर्छ । आँखा पाकिहाल्यो भने आइसोलेसनमा बस्नुपर्छ । आँखाको आँसुबाट फैलिन्छ । सँगै बसेर सँगै गफ गरेर फैलिने होइन । एक व्यक्तिको आँखाको तत्त्व अर्को व्यक्तिमा पुग्यो भने फैलिने हो ।’

उनले अगाडि भनिन्‘आँखा पाक्यो भने उज्यालोमा हेर्न अफ्ठयारो हुने हुन्छ । भाइरस कन्जनटिभाइटिसले आँखाको नानीमा पनि सङ्क्रमण भयो भने उज्यालोमा हेर्न गाह्रो हुन्छ । त्यस्तो अवस्थामा कालो चस्मा लगाएपछि अलिक सजिलो हुन्छ । कालो चस्मा लगाउँदैमा अरूलाई नसर्ने भन्ने चाहिँ होइन । आँखा धमिलो हुँदै गयो भने चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ ।’
आँखा रोग विशेषज्ञहरूले कुनै पनि व्यक्तिमा आँखा पाक्ने समस्या देखिए हेलचेक्र्याइँ नगर्न र चिकित्सकसँग परामर्श गर्न आग्रह गरेका छन् । यस्तै उनीहरुले जथाभाबी औषधिको प्रयोग नगर्न पनि सुझाव दिएका छन् ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पछिल्लो ३ दिनमा ६६ जनाको चेकजाँच गरिएको विशेषज्ञा खत्रीले जानकारी दिएका छन् । यस मा बढी मात्रमा १० वर्ष भन्दा कम उमेर समुहको बालवालिका रहेको खत्रीले बताएका छन् ।
स्वास्थय केन्द्रमा आउने विरामिका लागि सामान्य औषधि प्रयोग गर्न लगाईएको खत्रीले जानकारी दिएकाछन् ।

आँखा पाके के गर्ने ?
आँखा चिसोले तथा बरफले सेक्ने
सफा पानीले आँखा सफा गर्ने
घर बाहिर जाँदा कालो चस्मा प्रयोग गर्ने
सङ्क्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने
के नगर्ने ?
सङ्क्रमित आँखालाई सकेसम्म नचलाउने
स्कुल,कलेज र अन्य भिडभाड भएको ठाउँमा नजाने
अरूले प्रयोग गरेको रुमाल तौलिया प्रयोग नगर्ने
आफूखुसी औषधिको प्रयोग नगर्ने

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित