गाउँमा बाँदर आतंक मकै जोगाउन दुई महिना बारिमै

बुर्तिबाङ साउन १० गते
बाँदर आतँक प्राय धेरै ठाउँमा सुन्न र देख्न सकिन्छ तर बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिका अन्र्तगतका केहि बस्तीमा सँधैभरी बाँदरले हैरानी दिँदै आएको छ ।

सयौँको सँख्यामा हुने रातो प्रजातीको बाँदरले विशेषगरी बर्षातको समयमा फल लान्ने अवस्था देखि मकै नपाकुन्जेल सम्म कृषकलाई खेत बारिमै बास हुने गरि सताउने गरेको छ । ढोरपाटन नगरपालिका २ खल्बाङकी पुतली तिरुवा असार मशान्त देखि भदौ दोश्रो सातासम्म करिव ढेड महिना मकै बारिमा बिहान सबेरै देखि झमक्क रात नपर्दा सम्म बारिमै देखिनु हुन्छ । बारि नजिक वन छ वनमा सयौँको सँख्यामा बाँदर हुन्छन एकैछिन वालि छोडेर अन्यत्र जाने हो भने बर्षभरी खाने सबै खेती एकैछिनमा निमिट्यान्न पार्दिन्छ ।

पुतली जस्तै गाउँका सबै नागरिकको अवस्था उस्तै छ बर्खाभरी मकै कुर्नुपर्छ हिँउदमा घरभित्रै पस्न आउँछ पहिले पहिले मानिस, कुकुर देखेर भाग्ने बाँदर अहिले अझै झमटिन आउँछ बाँदर आतँकले गाउँमा वस्नै समस्या सृजना भएको ढोरपाटन २ का अमर बहादुर क्षेत्रीको भनाई छ ।
बाँदर आतँककै कारण उक्त गाउँमा सयौँ रोपनी जग्गा बाँझो बन्दै गएको हो । त्यस आसपासका अधिकाँस गाउँमा बाँदरले सताउने गरेको किसानको गुनासो छ । उता निसीखोला गाउँपालिकाको अधिकाँस वस्तिमा बाँदर आतँक बद्दो रहेको पाइएको छ । वडा नं. ४ ले गत बर्ष साढे दुई लाख रुपैयाँ बजेट विनीयोजन गरेर बाँदर नियन्त्रण गर्ने लक्ष्य लिएपनी प्रभावकारी हुन नसकेको वडा अध्यक्ष टिकानिधी पौडेलले बताउनु भयो । समिती बनाएर विभिन्न उपाय पनी लगाइयो तर अपेक्षाकृत रुपमा नियन्त्रणमा लिन नसकिएको वडा अध्यक्ष पौडेलको भनाई छ ।

गाउँ नजिकै सयौँको सँख्यामा बाँदर बस्दै आएको र स्थानीयलाई आफुले लगाएको बाली जोगाउनै मुस्किल रहेका कारण यो सामान्य नियन्त्रण प्रकृयाले नहुने बताउँदै केन्द्र र प्रदेश सरकारले नै बाँदर नियन्त्रणको निम्ती कार्यक्रम ल्याउन आवस्यक रहेको बताउनु भयो । वडा नं. ५ मा समेत बाँदर आतँक बढेपछि स्थानीय भुमिराज घर्तिले स्थानीय सरकारले निती बनाएर अगाडी बड्न सुझाव दिनुभएको छ ।

अधिकाँस कृषकले मकै लगाएपछि मकैको दाना लाग्न सुरु भएदेखि मकै नपाकुन्जेल सम्म करिब दुई महिना बारिमै बस्नुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित