दोभान सहकारीले बन्द भएको ४ वर्ष पछी संघर्ष समिति बनायो
साउन १४ गते
जिल्लाको ढोरपाटन नगरपालिका वडा नं २ सेरामा रहेको दोभान बचत तथा ऋण सहकारी संथा बन्द भएको ४ वर्ष पुगि सकेको छ ।
२०७६ साल देखी सहकारी समस्याग्रस्त भएको भन्दै सहकारी पुर्ण रुपमा बन्द भएको थियो । तर सहकारी बन्द भएको यतिका समय सम्म पनि सहकारीको आधिकारिक हिसाव सार्वजनिक भएको थिएन ।
यसै सन्र्दभमा शनिबार सञ्चालक समिति उपाध्यक्ष नरबहादुर कुमालको अध्यक्षतामा बसेको सेयर सदस्य हरुको भेलाले संर्घ समिति बनाएर अगाडी बढ्ने भन्दै सेयर सदस्य छम सेनको संयोजगत्वमा १८ सदस्य संघर्ष समिति निमार्ण गरेको छ । जसको उप संयोजकमा जीत बहादुर कुवँर,बालसम कुवँर,कोषाध्यक्षमा जीवलाल कंडेल, लगाएतका सदस्यहरु रहेका छन् ।
सहकारीमा रहेको कुल पुजीँमा आर्थिक वर्ष २०७५÷७६ को अडिटमा करिव १५ लाख रुपैया हिसावमा नदेखिएको कारण बन्द भएको सञ्चालक समितिका कोषाध्यक्ष तथा संर्घष समितिका सचिव बालसम कुवँरले बताएका छन् । यस रकम हिनामिना भएको सहकारीका सचिव चुरामणी भुषालले स्वीकारेको र अध्यक्ष दधिराम अर्ययालले अझै स्वीकार नगरेको कुवँरले बताए । सँस्थापक अध्यक्ष तथा दुई कार्यकाल सम्म अध्यक्ष पद पाएका दधिराम सर्माले २०७७ सालको चैत्र मशान्त भित्र आर्थिक हिसाव पारदर्सि बनाउने सेयर सदस्यलाई आश्वासन दिएका थिए ।
आफनै घरमा सहकारी सँस्था राखेका सर्माले सेयर सदस्यको पटक पटकको मागलाई वे वास्ता गर्दे आएको सेयर सदस्यले गुनासो गरेका छन । संघर्ष समिती गठन गरिएको छ अव प्रकृया गत रुपमा अगाडी बढ्छौँ उपाध्यक्ष नर बहादुर कुमालले बताउनु भयो ।
अव सर्घष समितिले सहकारीको पुरानो सबै लेखाजोखा तथा हिसाव खोज्नको लागि समिति निमार्ण गरिएको छ सहज रुपमा समस्या समाधानका निम्ती पटक पटक छलफल भएपनी अध्यक्षको गैर जिम्मेवार तर्कका कारण समिती गठन गर्नुपरेको बताउँदै अव कानुनी उपचार खोज्दै प्रकृयागत रुपमा अगाडी बढ्ने सँघर्ष समितिका संयोजक छम बहादुर सेनले बताउनु भयो ।
सहकारीमा १२७ जना सेयर सदस्य, ५६ लाख ५२ हजार ५ सय जम्मा पुजीँ, सहकारीको ४२ लाख २२ हजार १ सय ८० लगानी रहेको छ ।
सहकारीका सेयर सदस्यले यस भन्दा अगाडी प्रहरीमा छानविनको लागि भन्दै निवेदन समेत दिएका थिए ।
आर्थिक अपारदर्सिता पछि बन्द भएको दोभान सहकारीमा कानुनी उपचारका निम्ती संघर्ष समिति गठन
