उत्तरगँगा माविले व्यवस्थापन समिती गठन प्रकृया सुरु भएको तेश्रो पटक पनी पाउन सकेन निकास

असार २६
ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा रहेको उत्तर गँगा नमुना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिती गठनको लागी थालिएको प्रकृया तेश्रो पटकमा पनी सफल हुन नसकेको हो ।
करिब ७ बर्ष सम्म व्यवस्थापन समिती बिहिन बनेको विद्यालयमा स्थानीय सरकारले समिती गठनलाई चासो नदिएपछि गत बैसाख महिनामा विभिन्न राजनैतिक दलको सक्रियतामा विद्यालय व्यवस्थापन समिती गठनको माग सहित गत बैसाख २४ गते नगरपालिकामा ध्यानाकर्षण गराएपछि नगरपालिकाले गत जेठ महिनामा समिती गठनका निम्ती विद्यालयलाई पत्र लेखेर प्रकृया अगाडी बढाउन आग्रह गरेको थियो ।
तर पटक पकट अभिभावक भेला हुने निकास निस्कन नसक्ने परिपाटिले निरन्तर उपश्थिती भएका अभिभावक हैरानी खेप्न बाध्य भएका छन ।
पहिलो पटक असार ३ गते डाकिएको अभिभावक भेलामा ५१ प्रतिशत उपश्थिती पुग्नु पर्नेमा सो सँख्या पुग्न सकेन दोश्रो पटक ३५ प्रतिशत अभिभावक उपरिथती हुनुपर्नेमा उक्त सँख्या समेत पुग्न सकेन तेश्रो पटक असार २५ गतेका लागि सहमतीबाट समितीको टुँगो लगाउने निचोडमा पुगेको विद्यालय व्यवस्थापन समिती गठन सहजिकरण समिती तेश्रो पटकमा पनी सहमती हुन नसक्दा थप अर्का पटकलाई प्रकृया अगाडी बढाउन बाध्य भएको हो ।
यहाँ स्थित कृयाशिल दलहरुलेनै आफुहरुले समिती गठनमा सहमतीबाट सहयोग गर्ने लिखित निर्णय गरेर नगरपालिकाको ध्यानाकर्षण गराएपनी पछिल्लो समय दलहरुनै स्वार्थमा बाझिएको अभिभावकको गुनासो छ ।
आज अभिभावक बाट दुई महिला सहित ४ सदस्य छानेर पठाउनु पर्नेमा सहमती आकाँक्षी धेरै भएका कारण सहमती जुट्न सकेन ।
पहिलो चरणमै प्रकृया अगाडी बढ्न नसकेपछि अन्य सदस्यहरुको झन टुँगो लाग्ने कुरै भएन दुई महिला अनिवार्यमा ११ जनाले उमेद्वारी दिएका थिए जसमा सहमती खोज्ने प्रयास स्वरुप उक्त सँख्या ५ जनामा झर्यो तर सहमती हुन सकेन उता खुल्ला तर्फ ८ जनाको उमेद्वारी परेपनी ३ जनाले फिर्ता लिने निचोडमा पुग्दै गर्दा ५ जनाले आफनो अडान नछोडेपछि आजको भेला विना निश्कर्ष टुँगिएको सहजिकरण समितीका सम्योजक एवं ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवालीले बताउनु भयो ।
ज्ञवालीका अनुसार आज कुनै टुँगो नलागेका कारण सहजिकरण समितीको बैठक बसेर मात्रै थप प्रकृयामा अगाडी बढ्ने बताउनु भयो । समितीको सदस्यमहरुमा नगर शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटा, वडा नं. १ का अध्यक्ष वान बहादुर छन्त्याल, विद्यालयका प्रध्यानाध्यापक इश्वरी प्रसाद पौडेल गरि ४ सदस्य समिती रहेको छ । अझैपनी सहमतीबाट समिती गठन गर्ने गरि प्रयास अगाडी बढाइने सम्योजक ज्ञवालीको भनाई छ ।
११ सदस्य विद्यालय व्यवस्थापन समितीमा अभिभावकहरुले आफुहरुमध्येबाट छानी पठाएका २ महिला सहित ४ सदस्य, सम्वन्धित वडाको अध्यक्ष वा निजले मनोनित गरेको १ जना वडाको सदस्य, विदालय सँस्थापक, स्थानीय शिक्षाप्रेमी, बुद्धिजिवी, तथा चन्दादाताहरु मध्ये समितीबाट मनोनित २ जना सदस्य, विद्यालय शिक्षकहरुबाट शिक्षकहरुले आफुमध्येबाट छानि पठाएको सदस्य १ जना, विदालय स्तरिय बाल क्लबले मनोनयन गरेको एक बालक र एकजना वालिका गरि २ जना स्थायी आमन्त्रित सदस्य, १ जना विदालयका प्रध्यानाध्यापक सदस्य सचिव रहने व्यवस्था रहेको छ ।
दुई महिला सहित ४ सदस्य रहेको अभिभावक, वडा अध्यक्ष वा मनोनित गरेको सदस्य र शिक्षा प्रेमी, बुद्धिजिवी, सँस्थापक सदस्य, चन्दादाता मध्ये छानिएको व्यािक्त विदालय व्यवस्थापन समितीको अध्यक्ष बन्ने प्रावधान रहेको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित