spot_img

मालपोत कार्यालयमा भएको कर्मचारी समस्या प्रति साँसद पौडेललाई गराइयो ध्यानाकर्षण

साउन ५ गते बुर्तिबाङ
बागलुङ को बुर्तिबाङ स्थित मालपोत कार्यालयमा कर्मचारी अभावका कारण सेवा प्रवाहमा भएको समस्याका विषयमा संघिय साँसद देवेन्द्र पौडेललाई यहाँ स्थित राजनैतिक दल र विभिन्न सँघसँस्थाका प्रतिनिधीले ध्यानाकर्षण गराएका छन । लामो समय सम्म पनी कर्मचारी व्यवस्थापन हुन नसक्दा यस क्षेत्रका नागरिकले सहज रुपमा सेवा प्राप्त गर्न नसकेका हुन । १२ जना कर्मचारीको दरवन्धी रहेको कार्यालयमा पछिल्लो समय एक जना कार्यालय प्रमुख र ३ जना कार्यालय सहयोगीको भरमा कार्यालय खुलेपनी सेवा प्रवाह हुन नसकेको हो ।
यस सन्दर्भमा ध्यानाकर्षण गराउँदै तत्काल मालपोत, प्रशासन र ढोरपाटन नगरपालिकामा दरबन्धी अनुसार मन्त्रालयबाट दरबन्धी अनुसारका कर्मचारी पठाउने गरि मन्त्रालयमा ध्यानाकर्षण गराउन मन्त्री पौडेललाई आग्रह गर्दे मालपोत नापी र प्रशासन कार्यालय व्यवस्थापनका निम्ती एकिकृत जग्गा व्यवस्थापन, प्रदेश मातहतमा रहने गरि बुर्तिबाङ स्वास्थ्य चौकीको स्तरउन्नोती, नयाँ शहर आयोजनाको बजेट र कार्यक्रम लगाएतका विषयमा ध्यानाकर्षण गराएका छन ।
आयोजित कार्यक्रममा बोल्दै साँसद पौडेलले मालपोत कार्यालयमा रहेको यस प्रकारको समस्याको विषयमा आफुलाई पहिलो पटक थाहा भएको र नगरपालिका प्रशासन र मालपोत कार्यालयमा रिक्त रहेको दरवन्धी पुर्तिका निम्ती आफुले तत्काल मन्त्रालयमा पुगेर ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनु भयो । त्यस्तै साँसद पौडेलले प्रदेश मातहतमा रहने गरि बुर्तिबाङ हस्पिटल व्यवस्थापनमा समेत प्रदेश साँसद र आफुहरुले सम्मोन्य गरेर अगाडी बढ्ने बताउनु भयो ।


बुर्तिबाङ स्थित स्नेहा होटलमा आयोजित कार्यक्रमका अवसरमा प्रदेश साँसद दिलमाया पौवी, वडा नं. १ का अध्यक्ष वान बहादुर छन्त्याल राजनैतिक दलको तर्फदेखि नेपाली काँग्रेसका सोम बहादुर पौवी, नेकपा एमालेका टँक प्रसाद पौडेल, राजमोबाट धन बहादुर कुवँर, इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँर, मालपोत कार्यालय प्रमुख सुर्य प्रसाद सर्मा लगाएतको उपश्थिती एवं मन्तव्य रहेको थियो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित