कर्मचारी अभावमा मालपोत बुर्तिबाङका सबै काम ठप्प :साँसद पौवीद्धारा सम्वन्धित निकायमा ध्यानाकर्षण गराउने प्रतिबद्धता

बुर्तिबाङ साउन ४ गते
मालपोत कार्यालय बुर्तिबाङमा कर्मचारी अभाव भएपछि गत साउन १ देखि कुनैपनी काम हुन नसक्दा नागरिकलाई सास्ति भएको छ । १ जना कार्यालय प्रमुख र ३ जना कार्यालय सहयोगी बाहेक अन्य कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको कार्यालय प्रमुख सुर्य प्रसाद सर्माले बताए ।
असार महिनामा पनी काम नहुने समस्या थियो जनतन नागरिकका समस्या सम्वोधन गरियो तर साउन १ देखि करारमा रहेका सहायक कम्युटर अपरेटर हरिबहादुर कार्कीको करार अवधि सकिएको र भुमि व्यवस्था तथा अभिलेख विभागबाट कुनै पनी कर्मचारी करारमा नराख्नु भन्ने आदेश सहित असार ३१ गते पत्र प्राप्त भएपछि कार्यालयबाट हुने सेवा प्रवाहका काम ठप्प भएको हो ।
१२ जना कर्मचारीको दरवन्दी रहेको कार्यालयमा हाल ३ कार्यालय सहयोगी सहित १ हाकिम मात्र छन कार्यालयका लेखापाललाई ढोरपाटन नगरपालिकाले लेखा शाखा हेर्ने गरि तानेपछि मालपोत कार्यालय कर्मचारी बिहिन बनेको हो ।
“एक हप्तादेखि आफनो काम हुने आशामा मालपोत धाईरहेका नागरिक दैनिक रुपमा निराश भएर साँझ घर फर्कँदै आएका हुन । निसीखोला ४ का नारायण प्रसाद रेग्मी हाल बुटवल बस्नुहुन्छ गाउँमा भएको सानो जग्गा स्थानियलाई १ लाख रुपैयाँमा विक्री गर्ने गरि आफु संगै रहनु भएका बुबालाई लिएर मालपोत कार्यालयमा गत असार २८ गते आउनु भयो विहिबार सम्म ७ दिन बित्यो तर काम नहुँदा गाडी भाडा, खाना बस्न सहित २५ हजार बढि खर्च भइसकेको तर अझै काम नहुने छाँटकाँटले आफुहरु हैरानी भएको गुनासो गर्नुभयो


“ स्थानीय सरकार देखि कुनै निकायले चासो नदिँदा यस्तो समस्या सृजना भएको र सयौँ नागरिकले सास्ति खेप्न बाध्य भएको रेग्मीको गुनासो छ ।” त्यस्तै तमानखोलाका लुद्र बहादुर छन्त्यालले पनी जग्गा नामसारि गर्न असार मशान्त देखि मालपोत धाईरहनु भएको छ तर हालसम्म काम हुन सकेन त्यस्तै तमानखोला २ कटेरिका लाल बहादुर छन्त्याल जग्गा नामसारि गर्न असार मशान्त देखिनै मालपोत कार्यालयमा दैनिक जसो आउने गरेको तर काम नभएर आफहरु ह्ैरानी खेप्न बाध्य भएको गुनासो पोख्नु भयो ।
यो समस्या तत्कालको मात्रै पनी होइन तर अहिले त झन कर्मचारी पटक्कै नभएका कारण सबै काम ठप्प बनेको हो । केन्द्रबाट कर्मचारी पठाइएपनी यहाँ आउन नमान्ने, यहाँका सरकारले चासो नदिने परिपाटिले सेवा प्रवाहमा समस्या हुँदा नियमित रुपमा नागरिकलाई सास्ति भइरहेको कार्यालय प्रमुख सुर्य प्रसाद सर्माले बताउनु भयो ।
त्यस्तै गण्डकी प्रदेश सभा साँसद दिलमाया पौवीले समेत नागरिकबाट निरन्तर गुनासो आएपछि मालपोत कार्यालयमै पुगेर नागरिकको गुनासो सुन्नु भएको छ । “नागरिकको गुनासो सुन्दै साँसद पौवीले यो लामो समय देखि आएको गुनासो र यहाँका नागरिकलाई प्रत्यक्ष समस्या परेको भन्दै कर्मचारी व्यवस्थापनमा तत्काल स्थानीय सरकार सँग बस्ने र प्रदेशमा समेत ध्यानाकर्षण गराउने बताउनु भयो” ।

काम समयमा नभएपछि कार्यालमै आराम गरिरहेका सेवाग्राहि

राज्यको करौडौँ राजश्व सँकलन हुने र धेरै नागरिकले सेवा प्राप्त गर्ने निकाय भएका कारण मालपोत कार्यालयमा कर्मचारी व्यवस्थापनका निम्ती आफुहरुले पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कतिपय कर्मचारी सरुवाका निम्ती मन्त्रालय विभागबाट पत्र आएपनी कर्मचारी कार्यालयमा नआएको पाइएको छ । यहाँका चार पालिकाले मात्रै पनी दुई जना सम्म कर्मचारी व्यवस्थापन गर्न सकिदिय केहि हदसम्म कार्यसम्पादनमा सहजता हुने मालपोत कार्यालयका प्रमुखको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित