
विनोद विश्वकर्मा,बुर्तिबाङ
जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ९ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
ढोरपाटन नगरपालिका वडा नं ९ को आयोजना तथा सामुदायिक रेडियो ढोरपाटनको सहजिकरणमा आर्थिक वर्ष २०७९÷८० अन्र्तगत वडामा भएका कार्यक्रम तथा योजनाको प्रभावकारीता लाई मध्यनजर गदै सनिबार नवनिर्मित वडा कार्यलय दुनेपधेरामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
ढोरपाटन नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष खिम बहादुर घर्तिको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नं ९ भित्रका नागरिकले वडा भित्रका विभिन्न विषयमा राखेका चासोँ गुनासो तथा प्रश्नको विषयमा वडा अध्यक्ष खिम बहादुर घर्ति तथा वडा सदस्यहरुले स्पष्टिकरण दिनु भएको थियो ।
कार्यक्रममा स्थानियले वडामा जनप्रतिनिधिलाई नभेटेको तथा वडा बाट ठुलो रकम फ्रिज हुनुमा वडाको जनप्रतिनिधिको कमजोरी हो या कर्मचारीको भन्ने विषयमा प्रश्न गरेका थिए । यस्तै वडाको विषयमा चासो गुनासो तथा सल्लाह सुझाव दिएका थिए । कार्यक्रम स्थानिय करिव १५ जनाले प्रश्न तथा सल्लाह सुभाव दिएका थिए ।
वडा नं ९ ले वडाको भवन निमार्ण सम्पन्न गरेकोमा स्थानियले जनप्रतिनिधिलाई धन्यवाद समेत दिएका थिए ।
कार्यक्रममा वडा अध्यक्ष खिम बहादुर घर्तिले वडाको बार्षिक प्रगति प्रतिवेदन समेत प्रश्तुत गदै नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष संग समन्वय गदै सम्पुर्ण वडा विकासमा लागेको बताउनु भयो ।
कार्यक्रममा वडा सदस्य मोहन पुन, नरमति पुन कमला वि.क ,विभिन्न राजनितिक दलका प्रतिनिधि विभिन्न विद्यालयका शिक्षक ,कर्मचारी पत्रकार लगाएतको उपश््िथति रहेको थियो ।
कार्यक्रम वडा सदस्य मोहन पुनको स्वागत मन्तव्य र सामुदायिक रेडियो ढोरपाटनका स्टेशन प्रमुख छविलाल पण्डेको सहजिकरणमा सम्पन्न भएको थियो ।