निसीखोलामा सहकारी कर्मीका नम्ति क्षमता विकास तालिम : जिम्मेवार भएर काम गर्न सुझाव

निसीखोला, असार २१
जिल्लाको निसीखोला गाउँपालिकामा गत मँगलबार देखि सुरु भएको सहकारी सँस्थाका पदाधिकारी र कर्मचारीहरुको लागी क्षमता विकास सम्वन्धि तालिम बिहिबार सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा सुरु भएको तालिममा नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफस्कृन) का केन्द्रिय सदस्य तथा सिवाईसी बचत तथा ऋण सहकारीका केन्द्रिय अध्यक्ष चण्डीप्रसाद सर्माले तालिममा प्रशिक्षण दिनुभएको हो ।
आयोजित समापन सत्रको कार्यक्रममा गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले बोल्दै  केही सहकारीमा पछिल्लो समय देखिएको विकृती र बेतिथीले गर्दा सिँगो सहकारी क्षेत्रलाई असर गरिरहेको बताउँदै सहकारी सञ्चालकहरु थप जिम्मेवार र सेयर सदस्य प्रति गम्भिर भएर अगाडी बढ्न सुझाव दिनुभयो ।
निती , विधी र पद्धतीलाई ध्यानमा राखेर सहकारी ऐन र नियम अनुसार चल्न सञ्चालकहरुलाई आग्रह गर्दे सहकारीले ऋण र वचतको मात्र कारोवार नगरी समाज रुपान्त्रण, आर्थिक उर्पाजन मुलक कार्यमा समेत ध्यान दिन आग्रह गर्दे पालिकाले सहकारीको विकास र समृद्धिमा हातेमालो गर्ने बताउनु भयो ।

कार्यक्रममा उपाध्यक्ष प्रेम बहादुर घर्तिले बोल्दै सँघियता सँगै ३ तहको सरकार कायम रहँदै गर्दा स्थानीय सरकारको आफनै भुमिका र जिम्मेवारी रहँदै गर्दा सहकारी सँस्थाहरु मनपरि रुपले चल्ने प्रवृर्तिलाई अन्त्य गर्दे पालिकामा दर्ता भई विधी र सिस्टममा चल्न सुझाव दिँदै नाफा मुखि मात्र नभई सहकारीको मर्म र सिद्धान्त अनुसार चल्न आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रमका प्रशिक्षक समेत रहनुभएका चण्डीप्रसाद सर्माले आफनो मन्तव्य व्यक्त गर्दे निसीखोला गाउँपालिको सञ्चालन गरेको सहकारी व्यवस्थापन र सञ्चालक तथा कर्मचारीका निम्ती दिईने यस्ता तालिम तथा सिकाईले सहकारीको दिगो विकास र व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो ।
सहकारी सञ्चालन गर्न अध्ययन, निती कानुनी प्रकृयाको विषयमा समेत सञ्चालकहरु चनाखो हुनुपर्ने बताउँदै सेयर सदस्यलाई समेत जिम्मेवार बनाएर अगाडी बढ्न सकेमा मात्र सहकारीले लक्ष्य हासिल गर्ने र गरिवी, अशिक्षा, वेरोजगारीको अन्त्य गर्ने बताउनु भयो ।

कार्यक्रमका अवसरमा गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार चन्द, सहभागिको तर्फदेखि मिलन हमाल, हुमकला रामजालीले बोल्दै गाउँपालिकाले सञ्चालन गरेको तालिमले आफुहरुलाई सहकारी व्यवस्थापन र सहकारीको वास्तविक मर्म थाहा भएको बताउँदै सहकारीलाई सुधार गर्न थप सक्रिय पुर्वक लाग्ने प्रतिबद्धता जनाउनु भयो ।
समय समयमा यस्ता तालिमको आवस्यकता पर्ने हुँदा आगामी दिनमा समेत पालिकाले क्षमता विकास तालिम राख्न सहभागिले सुझाव दिएका छन । तालिममा विभिन्न १३ सहकारी सँस्थाका अध्यक्ष, सचिव, प्रवन्धक गरि ३५ जनाको सहभागिता रहेको थियो । कार्यक्रम सहकारी विभाग प्रमुख डिलाराम बाठाले सञ्चालन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित