कृषिको विकासमा जुट्दै तमानखोला ६: कृषकलाई टनेल र विउपल उपलब्ध गराइयो

तमान असार १७
तमानखोला गाउँपालिका वडा नं. ६ ले कृषि क्षेत्रबाट नागरिकलाई आत्मनिर्भर बनाउने उदेश्य सहित कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिएको छ ।
बागलुङ जिल्लाकै भौगोलिक र विकासका पूर्वाधारले दुर्गम मानिँदै आएको वडा नं. ६ को नर्जा, पात्ले, भित्रीवन गाउँका कृषकलाई कृषि उपज गाउँमै फलाउने र तरकारी समेत बाहिरबाट ल्याउन नपरोस भन्ने उदेश्य सहित प्रत्यक घरमा टनेल सहित निः शुल्क विउविजन उपलब्ध गराईएको हो ।
वडा कार्यालयको नौँ लाख रुपैयाँ बजेट विनीयोजन गरेर आर्थिक बर्ष २०७९÷०८० को कार्यक्रम अन्र्तगत १६० घरका निम्ती टनेल र विभिन्न ११ प्रकारका तरकारीको विउपल कृषकलाई हस्तान्त्रण गरिएको वडा अध्यक्ष चित्र प्रसाद छन्त्यालले बताउनु भयो ।
गाउँमा हालसम्म खाध्यन्हबाली मकै, गहुँ कोदो उत्पादन गर्ने तर तरकारीको रुपमा आलु बाहेक अन्य उत्पादनमा कृषकको ध्यान नगएका कारण अब हरेक समयमा आफनै बारिमा उत्पादन भएको तरकारी प्रयोग गर्ने र बढि भएको उत्पादन बाहिर बजार क्षेत्रमा निर्यात गर्ने गरि कृषि उत्पादन अभियान अगाडी बढाइएको अध्यक्ष छन्त्यालको भनाई छ ।
कुल २०० घरधुरी रहेको वडा नं. ६ मा कृषि गर्न नचाहाने, जेष्ठ नागरिक बाहेक अन्य नागरिकले वडाले उपलब्ध गराएको टनेल लगेर तरकारी उत्पादनमा जुटेका हुन । टनेल निर्माण भएसंगै यसबर्षदेखि टमाटर, बन्दा, काउली, करेला, सिमी, खुर्सानी लगाएतका तरकारी कृषक आफैले करेसाबारीमा फलाउने भएका हुन । यतिवेला गाउँनै टनेलमय भएको छ वडाले प्लास्टिक टनेल उपलब्ध गराएपछि कृषक आफैले टनेल हाउस निर्माण गरेका हुन । तमानखोला गाउँपालिकाले कृषि क्षेत्रको विकास गर्न सके नागरिक आफै आत्मनिर्भर हुने उदेश्य सहित यसबर्ष कृषि क्षेत्रमा महत्वपूर्ण कार्यक्रम समेत अगाडी बढाएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित