असार १० छविलाल पाण्डे
तमानखोला गाउँपालिकाको बजेट ३० करोड, ३८ लाख ४९ हजार ६ सय रुपैयाँ आम्दानी खर्च सहितको बजेट प्रस्ततु गरेको छ ।
आर्थिक बर्ष २०८०÷०८१ को निती कार्यक्रम तथा बजेट प्रस्तुत गर्दे पालिकाको दोश्रो गाउँसभा तथा तेश्रो अधिवेशन सम्पन्न भएको हो । गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालद्धारा प्रस्तुत बजेट वक्तव्यमा नेपाल सरकारबाट खर्च व्यहोर्ने स्रोतमध्ये वित्तिय समानिकरण अनुदान ७ करोड २ लाख, राजश्व वाँडफाँडबाट प्राप्त हुने रु ६ करोड ७० लाख ७२ हजार ४ सय , रोयल्टी ५५ हजार, संघीय सशर्त अनुदान ११ करोड ७५ लाख, समपुरक अनुदान ७० लाख, विशेष अनुदान ९० लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान ७२ लाख ४९ हजार, राजश्व बाँडफाँडबाट प्राप्त हुने २८ लाख ५६ हजार, समपुरक अनुदान ६० लाख, बिशेष अनुदान ४० लाख, पालिकाको आन्तरिक राजश्व ३३ लाख सँकलन गर्ने लक्ष्य सहित पालिकाको चालु आर्थिक बर्षको असार मशान्तसम्म खर्च भई बाँकी रहने अनुमानित नगद मौज्दात ९६ लाख १७ हजार दुई सय अनुमान गरिएको हो ।
पालिकाले स्वास्थ्य तर्फ १ करोड २७ लाख ३२ हजार १०० रुपैयाँ शिक्षातर्फ २ करोड २४ लाख, १७ हजार ५ सय रुपैयाँ विनीयोजन भएको छ । शिक्षा युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, समावेशीकरण गरिबी निवारण तथा कला संस्कृति, कुषि, पशुपालन, सहकारी, घरेलु तथा लघु उद्यम, सडक, पुल तथा पूर्वाधार निर्माण, भवन तथा वस्ति विकास, उर्जा, प्रर्यटन, वन वातावरण र विपद् व्यवस्थापन, संस्थागत सेवा प्रवाह र सुशासन जस्ता क्षेत्रमा नागरिकको आवस्यकता, माग र पालिकाको विकास र समृद्धिलाई जोड्ने गरि बजेट विनीयोजन गरिएको हो ।
पालिकाको आन्तरिक राजश्व ३३ लाख सँकलन गर्ने लक्ष्य सहित पालिकाको चालु आर्थिक बर्षको असार मशान्तसम्म खर्च भई बाँकी रहने अनुमानित नगद मौज्दात ९६ लाख १७ हजार दुई सय अनुमान गरिएको हो । पालिकाले स्वास्थ्य तर्फ १ करोड २७ लाख ३२ हजार १०० रुपैयाँ शिक्षातर्फ २ करोड २४ लाख, १७ हजार ५ सय रुपैयाँ विनीयोजन भएको छ । शिक्षा युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, समावेशीकरण गरिबी निवारण तथा कला संस्कृति, कुषि, पशुपालन, सहकारी, घरेलु तथा लघु उद्यम, सडक, पुल तथा पूर्वाधार निर्माण, भवन तथा वस्ति विकास, उर्जा, प्रर्यटन, वन वातावरण र विपद् व्यवस्थापन, संस्थागत सेवा प्रवाह र सुशासन जस्ता क्षेत्रमा नागरिकको आवस्यकता, माग र पालिकाको विकास र समृद्धिलाई जोड्ने गरि बजेट विनीयोजन गरिएको हो ।