तमानखोला गाउँपालिकाको निती कार्यक्रम : “कृषकको उत्पादन साथमा तमानखोलाको अनुदान हातमा”

असार १० छविलाल पाण्डे
तमानखोला गाउँपालिकाको आर्थिक बर्ष २०८०÷०८१ को बार्षिक निती कार्यक्रम तथा बजेट आइतबार प्रस्तुत गरिएको छ । गाउँपालिका अध्यक्ष जोकलाल बुढा द्धारा प्रस्तुत निती कार्यक्रममा १३५ बुँदाको निती कार्यक्रम प्रस्ततु गरिएको हो । “सुखी र समान, समुन्नत तमान ” भन्ने नारा सहित गाउँपालिकाले यस बर्ष कृर्षि उत्पादन बजारीकरण र अनुदान सहित “कृषकको उत्पादन साथमा ः तमानखोलाको अनुदान हातमा” भन्ने नारा सहित यस देखि आर्थिक बर्षदेखि कृषकलाई उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गर्ने कार्यक्रममा समेटिएको छ ।
कृषिको उत्पादन , व्यवस्थापन एवं बजारीकण गर्ने, प्रत्यक वडामा कृषि संकलन विस्तार, उत्पादकत्व बृद्धिमा जोड, कृषकलाई तालिमको व्यवस्था गर्ने कार्यक्रममा उल्लेखि गरिएको छ ।


त्यस्तै पालिका भित्रका सरकारी निजी वा बाँझो गज्जालाई अनिवार्य उपयोग गर्न चक्लाबन्दी वा सामुहिक खेती प्रणाली अपनाईने र जग्गा बाँझो वा खाली राख्नेलाई डण्डीत गर्ने कार्यक्रममा उल्लेख गरिएको हो । गाउँपालिकाले दक्ष जनशक्ति उत्पादन गरि पालिकामा नै सेवा गराउने उदेश्यका साथ पालिका भित्र १ जना विद्यार्थीलाई एम.बि.बि. एस. अध्ययनका लागि पूर्ण छात्रबृर्तिको व्यवस्था गरिने, १ जना सिभिल इन्जिनियर पढ्ने विद्यार्थीको लागि १ लाख छात्रबृति प्रदान गर्ने निती कार्यक्रममा समावेश गरिएको हो ।
जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परिक्षण, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि, कक्षा ६ देखि १२ सम्मका छात्रा विद्यार्थीलाई निशुल्क स्यानीटरी प्याडको व्यवस्था गर्ने, विद्यालयमा जंकफुटड निधेधित गर्ने, बेरोजगार युवालाई मागमा आधारित सीपमुलक तालिम व्यवस्था गर्ने, कम्तिमा १०० दिन रोजागर उपलब्ध गराउने गरी ८५ जनालाई रोजगारी सुनिश्चित गर्ने निती कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै स्वास्थ, शिक्षा, खेलकुद, प्रर्यटन, उद्यम, लक्षित वर्गका कार्यक्रमलाई अगाडी बढाउने उल्लेख गरिएको हो । निती कार्यक्रममा परिमार्जन गनुपर्ने विषयलाई परिमार्जन गरेर अगाडी बढाउने सर्व सहमती स्वरुप निती कार्यक्रम पारित भएको हो ।
गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षता, उपाध्यक्ष हिरा कुमारी छन्त्याल, वडा अध्यक्ष, जिल्ला समोन्य समिती सदस्य, कार्यपालिका सदस्य वडा सदस्य कर्मचारी पत्रकार, प्रहरी लगाएतको उपश्थिती रहेको कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्यले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित