इमेज सहकारीका प्रबन्धक शक्ति किसान कार्यालयबाट पक्राउ

बागलुङ । इमेज बचत तथा ऋण सहकारी बागलुङका प्रबन्धक शक्ति किसानलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार प्रहरीले उनलाई दिउँसो बागलुङ नगरपालिका वडा नं २ हल्लन चोकमा रहेको इमेज सहकारीको कार्यालयबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक मदन केसीले जानकारी दिनु भयो ।

प्रबन्धक किसान इमेज सहकारीमा लामो समयदेखि कार्यरत थिए । प्रहरीले बागलुङ बजारको इमेज सहकारीको कार्यालयबाट २ लाख ७३ हजार २ सय ६० रुपैयाँ समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

यस अघि इमेज सहकारीका सञ्चालक चित्र बहादुर भण्डारीलाई जेठ ३२ गते बुर्तिबाङ बजारबाट र कर्मचारी लालमती रोकालाई असार १ गते ताराखोलाबाट प्रहरीले पक्राउ गरेका थिए ।

अहिलेसम्म अध्यक्ष देवकुमार नेपाली लगाएत अन्य सञ्चालकहरु पक्राउ पर्न सकेका छैनन् । देवकुमार नेपाली अहिले कहाँ छन् उनी कहिले पक्राउ पर्छन भन्ने बारेमा पीडित बचतकर्ताहरु लगाएत सर्वसाधारण जनताले चासो र चिन्ता व्यक्त गरेका छन् ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर रहेका नेपाली सपरिवार सहकारीको अराबौं रकम हिनामिना गरी जेठ ५ गतेदेखि बुर्तिबाङ बजारबाट फरार भएपछि हजारौ बचतकर्ताहरु विचल्लीमा परेका छन् । नयाँ विश्वबाट

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित