तेजुमा फाउन्डेशन द्धारा खानीको बालविकासमा ५ लाख बराबरको सामग्री

विनोद विश्वकमा, बुर्तिबाङ ,बागलुङ
जिल्लाको ढोरपाटन नगरपालिकाको सबै भन्दा दुर्गमको गाउँ वडा नं ६ खानीको एक वालविकास केन्द्रमा तेजुमा फाउन्डेसन द्धारा ५ लाख बराबरको विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।


खानीमा रहेको श्री झक बालविकास केन्द्रमा अध्ययनरत ३६ बाललालिकाको लागि तेजुमा फाउन्डेसनले स्टेशनरी तथा शैक्षिक,तथा विद्यार्थीका लागि पोषाक उपलब्ध गराएको छ । संस्थाले कपी,पेन्सिल,कलर पेन,कार्डबोर्ड,कैची,टेप,चार्ट पेपर,हाजिरी बुक,झन्डा,ग्लोव,१ थान ल्याप्टप,१ थान प्रिन्टर,त्यस्तै खेलकुद सामग्री भलिवल फुटवल,स्किपिङ ,लुडो,लगाएतका ५ लाख बराबरको सामग्री शुक्रबार एक कार्यक्रमको बीचमा बालविकासलाई हस्तान्तरण गरेको छ ।

तेजुमा फाउनडेशनका अध्यक्ष तेजिन्द्र बुढा मगरको विशेष पहलमा विभिन्न दाताबाट संकलन गरिएको सामग्री विद्यालय लाई हस्तातरण गरिएको वडा सदस्य रेशम बुढामगरले जानकारी दिनु भयो ।
आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं ६ का वडा अध्यक्ष उमेश कुमार बुढा मगरको प्रमुख आतिथ्यता,वडा सदस्य रेशम बुढा मगर,फाउन्डेशबाट सहयोग सहजिकरणको लागि आउनु भएका कृष्ण मगर,रिमा थामीको विशेष उपस्थिति र बालविकासका सहजकर्ता, अभिभावक लगाएतको उपस्थिति रहेको थियो ।


आयोजित कार्यक्रमको अवसरमा प्रमुख अतिथि अध्यक्ष बुढाले सहयोगी संस्थालाई धन्यबाद दिदै शिक्षा क्षेत्रमा यस्ता सहयोगले बालबालिकालाई पढाईमा रुची समेत बढ्ने बताउनु भयो ।
त्यस्तै वडा सदस्य रेशम बुढाले ढोरपाटन नगरपालिकाकोनै दुर्ग र भौगोलिक अवस्थाले पछाडी परेको ठाउँमा तेजुमा सस्था पुगेर सहयोग गर्नु प्रशंसनिय रहेको र यस्ता कार्यलाई निरन्तरता दिनु पर्ने र यस्ता कार्यमा स्थानिय सरकारको ध्यानाकार्षण हुनु पर्ने समेत बताउनु भयो ।


कार्यक्रम बालविकास केन्द्रका अध्यक्ष शेर बहादुर बुढामगरको अध्यक्षता र सहजकर्ता चम्पागा बुढामगरको सञ्चालनमा सम्पन्न भएको थियो । यस अगाडी नै फाउन्डेसनले १ जना सहजकर्ता व्यवस्थापन र ६ लाख बराबरको बालविकास केन्द्रको भवन घेराबार समेत निमार्णको अन्तिम चरणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित