
असार १०
ढोरपाटन नगरापालिकाको १३ औँ नगरसभाबाट आर्थिक बर्ष २०८०÷०८१ को निती तथा कार्यक्रम प्रस्तुत गरिएको छ । कार्यवाहक नगर प्रमुख धन बहादुर कायतको अध्यक्षतामा आयोजित सभामा बार्षिक निती कार्यक्रम, अर्थ सम्वन्धी प्रस्तावलाई कार्यान्यन गर्न बनेको विधेयक तथा बजेट वक्तव्य प्रस्तुत गरिएको हो ।
निती कार्यक्रम पारित गरिएको र संसोधन गर्ने विषयलाई थप छलफल गर्ने र वडा स्तरका योजनाको बजेट सिलिङ बनाएर आगामी १५ दिन भित्र बजेट प्रस्तुत गर्ने गरि नगर सभा सम्पन्न भएको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवालीले बताउनु भयो । पालिकाले यस आर्थिक बर्षमा कृर्षि उत्पादन, बजारीकरण, प्रर्यटन प्रर्वधन र उद्यमलाई मुख्य प्राथमिकता दिएको हो । कृर्षि क्षेत्रको विस्तार, आधुनिक कृर्षि प्रणालीको बृद्धि, उत्पादनका आधारमा अनुदानमा जोड, बुर्तिबाङमा हाटबजार सञ्चालन, उत्पाददित बस्तुको बजार सुनिश्चतता, कृषि संकलन केन्द्र स्थापना, चिस्यान केन्द्रको व्यवस्थापनमा पहल लगाएत कृषिबाटै रोजगारी र आत्मनिर्भर बनाउने निती कार्यक्रम नगरपालिकाले लिएको हो ।
जाउँ है घुम्न ढोरपाटन भन्ने नारा सहित ढोरपाटन क्षेत्रको प्रर्यटन प्रर्वधनमा टेवा पुग्ने गरि प्रर्यटक आकर्षण गर्ने कार्यक्रम गर्ने, प्रचार प्रसार गर्ने, ढोरापाटन उपत्यकामा सिकार आरक्ष संग सम्मोन्य गर्दे त्यहाँ पाईने वन्य जन्तुलाई सुरक्षित गर्न चिडिया खाना निर्माण गरि प्रर्यटन प्रर्वधन गर्ने, रोजगारीको सृजना, शिक्षा, स्वास्थ्य, खेलकुद, स्वास्थ्य, खानेपानी, लगाएतका पुर्वाधार विकास र नागरिक सचेतना कार्यक्रम लगाएतका विषयलाई निती कार्यक्रममा प्राथमिता दिइएको हो ।
त्यस्तै पालिकाले यस आर्थिक बर्षमा ५५ करोड २४ लाख ४३ हजार रुपैयाँको बजेट समेत प्रस्तुत गरेको छ । यस आर्थिक बर्ष दुई करोड ५० लाख राजश्व संकलन गर्ने उदेश्य सहित कार्यक्रम अगाडी बढाउने लक्ष्य लिएको पालिकाले करको दायरालाई समेत तदारुकताका साथ अगाडी बढाउने लक्ष्य लिएको हो ।
कार्यवाहक नगर प्रमुख धन बहादुर कायतको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवाली, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी लगाएतको उपश्थिती रहेको कार्यक्रममा निती कार्यक्रम प्रस्तुत गरिएपनी थप छलफल हुनुपर्ने विषयमा वडा नंं ४ का अध्यक्ष तिकल पुन र वडा नं. ९ का अध्यक्ष खीम बहादुर घर्तिले समय माग गर्नुभएको थियो । त्यस्तै कार्यवाहक नगर प्रमुख कायतले बोल्दै पटक पटक कार्यपालिका बैठकबाट पारित भएर आएको निती कार्यक्रम ल्याईएको भएपनी कार्यपालिका बैठकमा संसोधन गर्नुपर्ने विषयलाई संसोधन गरेर अगाडी बढ्न सकिने बताउँदै १५ दिनभित्र वडा स्तरको योजनाको छनौट तथा निती कार्यक्रम संसोधन गर्ने गरि निती कार्यक्रम पारित भएको बताउनु भयो । कार्यक्रम कर्मचारी हिरालाल खनालले सञ्चालन गर्नुभएको थियो ।