
असार १० गते बुर्तिबाङ
बागलुङको निसीखोला गाउँपालिकाको १२ औँ गाउँसभा आइतबार सम्पन्न भएको छ । गाउँसभाबाट ४६ करोड, ४६ लाख ८० हजार रुपैयाँ बजेट सहित निती तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।
गण्डकी प्रदेश सांसद दोर्ण कुमार कुवंरको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमका अवसरमा वन, जलास्रोत संस्कृति, प्रर्यटन र कृषि सभ्य , समुन्नत सुखि र समृद्धि निसी भन्ने नाराका साथ कृर्षि प्रर्यटन, रोजागरी र पूर्वाधार विकासलाई गाउँपालिकाले यस आर्थिक बर्षको निती कार्यक्रममा प्राथमिकता दिएको हो । गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिद्धारा प्रस्तुत निती कार्यक्रममा कृषि क्षेत्रको सम्भवना र अवसरको खोजी गर्ने, रैथाने बाली सम्रक्षण गर्दे प्रर्वधन गर्ने, कृर्षि सुचना, कृषि अनुदान, कृषक सम्मान देखि बजारीकरणको व्यवस्थापनमा सहयोग गर्ने निती कार्यक्रममा प्रस्तुत गरिएको हो । त्यस्तै भाँगो खेतिलाई व्यवस्थि तगर्न पहल गर्ने, मासुमा आत्म निर्भर बनाउने, सबै विद्यायमा मातृभाषाको पठन पाठनलाई समेत जोड दिने, विद्यार्थीलाई सिक्दै कमाउँदै कार्यक्रममा समावेश गराउन प्रदेश र संघ सरकार समक्ष पहल गर्ने, लैँगिक समानतामा ध्यान दिने लगाएतका कार्यक्रम संगै युवा रोजगार खेलकुद, प्रर्यटन प्रर्वधन, पूर्वाधार विकास, खानेपानीको व्यवस्थापन, उद्यम विकास उत्पादनमा प्राथमिकता लगाएतका विषयलाई गाउँपालिकाले प्राथमिकता दिँदै निती कार्यक्रम प्रस्ततु गरेको हो .
त्यस्तै विनीयोजन ऐन २०८०, आर्थिक ऐन २०८० लाई पारित गर्दे गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिमगरद्धारा प्रस्तुत गर्नुभएको बार्षिक बजेट तथा कार्यक्रम पारित भएको हो । पालिकाको संघीय सशर्त अनुदान २१ करोड ५५ लाख, नेपाल सरकारबाट प्राप्त वित्तिय समानिकरण ९ करोड १२ लाख, नेपाल सरकार राजश्व बाँडफाँड १० करोड ६ लाख ६७ हजार, गण्डकी प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदान १ करोड १५ लाख ९ हजार, प्रदेश सरकार राजश्व बाँडफाँड ६४ लाख ४ हजार, प्रदेश समपुरक अनुदान ५० लाख विशेष अनुदान ५० लाख, संचित कोषबाट अल्या २ करोड ५० लाख, गाउँपालिकाको आन्तरिक राजश्व बाँडफाँड ४४ लाख आम्दानी अनुमान बजेट प्रस्तुत गरिएको हो ।
ऋायोजित कार्यक्रमका प्रमुख अतिथी दोर्ण कुमार कुवंरले बोल्दै जनताको आवस्यकता र समस्या अनुसार बजेट तथा निती कार्यक्रम अगाडी बढाउन सुझाव दिँदै गण्डकी प्रदेश सरकारको तर्फदेखि यस आर्थिक बर्षमा जनताको आवस्यकता र मागका आधारमा आफुहरुले बजेट माग गरिएको बताउँदै विकास र समृद्धिमा स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकार विच सम्मोन्य गरेर अगाडी बढ्डा विकास निर्माण र समृद्धिले थप गति लिने बताउनु भयो । कार्यक्रम गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिको अध्यक्षता, गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवंरको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्ति, निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप चन्द, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य लगाएतको उपश्थिती रहेको थियो ।