spot_img

इमेज सहकारीका सञ्चालक भण्डारी र कर्मचारी रोका पक्राउ

बागलुङ ः इमेज बचत तथा ऋण सहकारीका सञ्चालक चित्र बहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।
बचतकर्ताहरुको अरबौं रकम ठगेर फरार रहेका भण्डारीलाई प्रहरीले बिहीबार बुर्तिबाङ बजारबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको छ । साथै शुक्रबार इमेज सहकारीका कर्मचारी लालमती रोकालाई प्रहरीले ताराखोलाबाट पक्राउ गरेको छ ।
कर्मचारी रोकालाई पनि आजै जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको छ ।
भण्डारीलाई बुर्तिबाङ बजारबाट र रोकालाई ताराखोलाबाट पक्राउ गरि अनुसन्धान अगाडि बढाइएको र अरु सञ्चालकहरुको खोजी भइरहको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले  जानकारी दिनु भयो ।
इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीले सहकारीको अरबौं रकम हिनामिना गरि सपरिवार जेठ ५ गते बुर्तिबाङ बजारबाट फरार भएका थिए भने अरु सञ्चालकहरु पनि सम्पर्कविहिन भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित