बागलुङकै दुर्गम निशेल ढोरमा स्वास्थ्य सेवाको पहुँच

छविलाल पाण्डे असार २
बागलुङकै दुर्गम मानिने निशेल ढोरमा स्वास्थ्य सेवाको पहुँच पुगेको छ । निसीखोला गाउँपालिकाद्धारा शुक्रबार एक कार्यक्रमको अयोजना गर्दाे स्वास्थ्य सेवाको पहुँच विस्तार गरिएको गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्ति मगरले बताउनु भयो ।
निशेलढोरमा निसीखोला गाउँपालिका ५ का १५० बढि नागरिक रैथाने र अन्य २०० नागरिक खेती पाति र बर्षातको समयमा वस्दै आएका छन । सामान्य विरामी पर्दा समेत ढोरपाटन वा निसी पुग्नुपर्ने वाध्यतालाई अन्त्य गर्नका निम्ती निशेल ढोरमै स्वास्थ्य सेवाको विस्तार गरिएको गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिको भनाई छ ।


निशेलढोर स्वास्थ्य इकाईमा १ जना अनमी र १ जना कार्यालय सहयोगी गरि दुई जना कर्मचारी व्यवस्थापन गरेर पालिकाले निः शुल्क रुपमा पाइने औषधी तथा उपकरण समेत उपलब्ध गराएसंगै शुक्रबार देखि सेवा प्रारम्भ भएको हो ।

गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्ति, उपाध्यक्ष प्रेम बहादुर घर्ति मगर, निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप चन्द, वडा नं. ५ का अध्यक्ष हर्कमान घर्ति मगर, वडा नंं. २ का अध्यक्ष कुविर विश्वकर्मा , कर्मचारी, जनप्रतिनिधी लगाएतको उपश्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित