बुर्तिबाङमा जटिल प्रसुति हुन नसके पछि हेलिकप्टर द्धारा उद्धार

विनोद विश्वकर्मा ,बुर्तिबाङ बागलुङ

जिल्लाको निसीखोला गाउँपालिका वडा नं ५ निसीकी एक महिलाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुति हुन नसके पछि हेलिकप्टर मार्फत पोखरा लगिएको छ ।


आईतबार साझ बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुतिको लागि आएकी १८ वर्षिय सिता सुनार १७ दिन वितिसक्दा समेत व्यथा नलागे पछि व्यथा लगाउने भनेको तर राति आफै व्यथा लागेको र प्रशुतिको समयमा विरामीमा पटक पटक सिजरको समस्या आएको कारण पोखरा पठाईएको बुर्तिबाङ प्राथमिक स्वास्थय केन्द्रका डा. निरज सुबेदीले जानकारी दिनु भयो ।

“जटिल केश भएका कारण बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा शल्यक्रिया हुन सकेन सिजर यस्ता समस्या भएमा प्रशुति पश््चात आमा र बच्चा दुबैआई आईसियू चाहिन्छ यहाँ आईसियू छैन ” डा. सुबेदीले भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित