छविलाल पाण्डे
बचत कर्ताको करोडौँ रकम हिनामिना पारेर जेठ ५ गतेदेखि फरार रहेका ढोरपाटन नगरपालिका मेयर तथा इमेज वचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएको १ महिना बित्नै लाग्दा समेत सम्पर्कमा छैनन् ।
यता वचतकर्ता भने आफुहरुले वचतमा राखिएको रकम प्राप्त हुने आसले विभिन्न निकाय धाईरहेका देखिन्छन । बागलुङको बागलुङ बजार, गल्कोटको हटिया र ढोरपाटनको बुर्तिबाङ र पोखरामा गरि ४ स्थानमा शाखा सहित सेवा प्रवाह गर्दै आइरहेको इमेज सहकारी एकाएक बन्द भएपछि वचत कर्ता मारमा परेका हुन । चार शाखाबाट दुइ अर्व बढि रकम हिनामिना फारेर फरार मेयर नेपालीको सहकारीमा राखिएको कागजात तथा कम्प्युटरमा रहेको फाईलको अध्यन अनुसन्धान गर्न सुरु भएको हो ।
करिव ८ सय बचत कर्ताको प्रशासनमा उजुरी परेसंगै समितीमा रहेका सञ्चालक समिती प्रकाउ तथा सबै शाखामा भइरहेको कारोकारको गतिविधी पत्ता लगाउने गरि प्रकृया अगाडी बढाइएको सहकारी रजिष्ट्रारको कार्यालय पोखराका शाखा अधिकृत चोलाकान्त वाग्लेले ढोरपाटन टाइम्सलाई बताउनु भयो ।
शनिबार बुर्तिबाङ स्थित सहकारीको कार्यालयमा लगाइएको शिल तोड्दैै सहकारी रजिष्ट्रारको कार्यालय पोखराका शाखा अधिकृत चोलाकान्त वाग्ले, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक मदन केसी, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक तथा अनुसन्धान अधिकृत दिपक बाबु केसी , इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवंर, इलाका प्रह्री कार्यालय बुर्तिबाङका प्रमुख राजेश सर्मा, वडा नं. १ का सदस्य गोपाल महत, पिडित बचतकर्ताको तपर्फदेखि संघर्ष समितीका अध्यक्ष यम बहादुर कुवंर लगाएतको रोहबरमा शिल तोडेर कार्यालयमा रहेका सम्पूर्ण कागजात तथा कम्युटर नियन्त्रण गरि आवश्यक अध्ययन सुरु गरेको हो ।
कार्यालयमा रहेको सुन जस्तो देखिने २१ तेला पहेँलो वस्तु र केही थान बचत कर्ताको पासवुक समेत समेत नियन्त्रमा लिइएको छ । सहकारीमा २१ तोला सुन कर्जामा लगाइएको देखिएको छ । बुर्तिबाङ शाखामा मात्रै १२ करोड बचत रकम रहेको पाइएको हो । हालसम्म १ सय १० जना वचत कर्ताले उजुरी दर्ता गराई सकेको र गर्दा गर्ने क्रम जारी रहेको संघर्ष समितीका अध्यक्ष यम बहादुर कुवंरले बताउनु भयो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबिको निर्देशनमा जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक मदन केसीको नेतृत्वमा अनुसन्धान अधिकृत प्रहरी निरीक्षक दिपक बाबु केसी लगाएतको टोलिले जाहेरी संकलन गरि अनुसन्धान गरिरहेको छ ।
बचतकर्ताहरुको कागजातहरु सुरक्षित होस र अनुसन्धानमा सहयोग पुगोस भनि इमेज सहकारीको बागलुङ बजार कार्यालयसहित गलकोट हटिया र बुर्तिबाङ बजारमा रहेको कार्यालयहरुमा पनि सिल गरिएको थियो ।
शिल गरिएका इमेज सहकारीको कार्यालय कार्यालय खोलेर कागजात लिई अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनु भयो ।
इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर रहेका देवकुमार नेपाली सपरिवार सहकारीको अराबौं रकम हिनामिना गरी जेठ ५ गतेदेखि बुर्तिबाङ बजारबाट फरार भएका थिए । हालसम्म सञ्चालक समितीका सदस्य चित्र बहादुर भण्डारी र कर्मचारी लालमती रोकालाई प्रह्रीले प्रकाउ गरि अनुसन्धान प्रकृया अगाडी बढाको छ । त्यस्तै शुक्रबार बुर्तिबाङमा राखिएको मेयर नेपालीको बा १४ च ९१०६ नंम्बरको इसकोरपिओ गाडीलाई बुर्तिबाङ बजारका निर्माण व्यवसायी दिपक अदैको ग्यारेजबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका इन्स्पेक्टर राजेश शर्माले जानकारी दिनु भयो ।