
विनोद विश्वकर्मा, बुर्तिबाङ,बागलुङ
जिल्लाको ढोरपाटन नगरपालिकाले पालिका भित्रका ७५ वर्ष भन्दा माथीका जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
ढोरपाटन नगर पालिकाको आर्थिक वर्ष २०७९ ÷८० अन्र्तगत दलित जेष्ठ नगरिक संग नगर उप प्रमुअ कार्यक्रम अन्र्तगत सनिबार एक कार्यक्रमको आयोजना गदै पालिकाले दोसल्ला तथा सम्मान पत्र सहित सम्मान गरेको हो ।
आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा संम्बोधन गदै प्रतिनिधि सभा सदस्य रुपा वि.क पोखरेलले जुनसुुकै पार्टी भए पनि जातिय मुद्धामा एक भएर जानु पर्ने बताउनु भयो । जब सम्म पार्टी भित्र जातिय बिभेदको कुरालाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा आवाज उठाउन सकिदैन तव सम्म समस्याको समाधान हुन नसक्ने धारणा राख्नु भयो ।
नेपाललाई जातिय विभेद तथा छुवाछुत रहित ,समता मुलक समाज निमार्णको उद्धेश्य लिएर अगाडी बढेको बताउनु भयो । कार्यक्रममा थप बोल्दै सांसद वि.कले स्थानिय तह जनता संग जोडिएको स्थानिय तह भएको र यस्तै खालको कार्यक्रमले छुवाछुत न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा रख्नु भयो ।
“यो विभेद भनेको दलित समुदायको मात्र नभएर यो समग्र समुदायको को समस्या हो ,आज जुन ७० हजार दलितलाई पछाडी पारेर जुन सुकुै कार्यक्रम आए पनि तर देश सबृद्ध बन्दैन जव सम्म राज्यले दलित समुदायलाई प्रथमिकतामा राखेर निति तथा कार्यक्रम तय गदैन तव सम्म देश सबृद्ध निमाण हुदैन” सांसद वि.कले भन्नु भयो । सांसद बि.कले राज्य सम्यन्त्रले जातिय छुवाछुत तथा भेदभाव न्यूनिकरणको लागि सामाजिक अन्तरघुलनको कार्यक्रमको आवश्य रहेको समेत औल्याउनु भयो ।
यस्तै आयोजित कार्यक्रमका विशिष्ट अतिथि गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले विगतमा रहेका विभिन्न निरंकुस शासन समाप्ता भएको र यो जातिय विभेदलाई पनि सबै मिलेर लागेमा यसलाई निर्मुल पार्न सकिने बताउनु भयो । जेष्ठ नागारिक अनुभव र कलाको खानी भएको र उहाँहरुले पु¥याएको योगदानलाई सम्मान गरेकोमा नगरपालिकालाई धन्यबाद समेत दिनु भयो ।
त्यस्तै कार्यक्रममा ढोरपाटन नगरपालिका नगरकार्यपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवालीले मन्तव्य राख्दै नगरपालिकाले यस्ता कार्यक्रमलाई आगामि दिनमा पनि समेट्दै जाने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा आफ्नो मन्तव्य राख्दै दलित अधिकारकर्मी अशोक कुमार स्मिथले दलित समुदायका जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम राम्रो भयता पनि अहिलेको परिस्थितिमा दलित समुदायलाई संगठित ,शिक्षित र प्रशिक्षण मुलक कार्यक्रमको आवश्यक्ता रहेको बताउनु भयो । त्यस्तै कार्यक्रममो अवसरमा दलित अभियान्ता लोक बहादुर वि.क. कुसल स्मिथ लगाएतले मन्त्य राख्नु भएको थियो ।
कार्यक्रमका अध्यक्षता ग्रहण गर्नु भएका ढोरपाटन नगरपालिका र्कावाहक नगर प्रमुख धन बहादुर कायत कल्यानले कार्यक्रम समापन गदै जातिय विभेद दलितको मात्रै समस्या नभएर सबैको समस्या भएको र यस्ता समस्या समाधानका लागि सबै एक जुत बन्नु पर्ने धारण खाख्नु भयो । का वा नगर प्रमुख कायतले माहाँकवी लक्ष्मि प्रसाद देवकोटाको मानिस ठुलो दिलले हुन्छ जातले हुदैन भन्ने कविताको वाक्याशं प्रयोग गदै मानिस कामको आधारमा सानो र ठुलो बन्ने बताउनु भएको थियो ।
आयोजित कार्यक्रम ढोेरपाटन नगरपालिका वडा नं १ का वडा अध्यक्ष वान बहादुर छन्त्यालको स्वागत र ढोरपाटन नगरपालिकाका कर्मचारी सुमन सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।