बुर्तिबाङ जेठ २२
ढोरपाटन नगरपालिकाका कार्यवाहक नगर प्रमुख धन बहादुर कायत र उद्योग वाणिज्य संघ ढोरपाटनका पदाधिकारी विच आइतबार विभिन्न बिषयमा छलफल भएको छ ।
आगामी निती तथा कार्यक्रममा ढोरपाटन नगरपालिकामा कृर्षि क्षेत्र तथा प्रर्यटकिय क्षेत्रको विकासका निम्ती के कस्ता कार्यक्रम ल्याउन सकिन्छ भन्ने विषयमा कार्यवाहक प्रमुख कायतले उद्योग बाािण्ज्य संघका पदाधिकारीलाई राय सुझाव माग्नु भएको हो ।
विशेषगरि बुटवल क्षेत्रबाट आयात हुने तरकारीलाई बन्देज गर्ने र यहाँको उत्पादनलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
ढोरपाटन नगरपालिका सहित यस आसपासका पालिकामा कृषकले उत्पादन गरेको कृर्षि उपजलाई बजारीकरण र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा कायतले राय माग्नु भएको हो । पालिकाले प्रदेश सरकारसंग सम्मोन्य गरेर कृषि संकलन केन्द्र र चिस्यान केन्द्रको व्यवस्थापन गर्ने गरि अगाडी बढ्ने बताउँदै यहाँको आर्गनिक उत्पादनलाई बजारीकरण गर्न सके यहाँका कृषकमा आत्मनिर्भर बन्ने र उत्पादन गर्ने बानिको विकास हुने बताउँदै दैनिक बजारमा तरकारीको खपत र बुटवल क्षेत्रबाट आयात हुने तरकारीको मागको तथ्याँक उपलब्ध गराउन उद्योग बाणिज्य संघ ढोरपाटननलाई कायतले आग्रह गर्नुभएको हो ।
त्यस्तै उद्योग बाणिज्य संघका पदाधिकारीले त्यस विषयलाई समर्थन गर्दे आफुहरुले तत्काल बुटवल बाट दैनिक आयात हुने तरकारीको तथ्याँक उपलब्ध गराउने बताउँदै आयात र खपतको विषयमा जानकारी दिने बताएका हुन ।
सहभागिले ढोरपाटन नगरपालिका कृषि क्षेत्रमा सम्भावना हुँदै गर्दा त्यसको व्यवस्थापन हुन नसकेका कारण सयौँ कृषक नैराश्य भएको बताउँदै सक्रिय कृषकले अनुदानका कार्यक्रममा समेत अवसर प्राप्त गर्न नसकेका कारण उत्पादनका आधारमा अनुदानका कार्यक्रम अगाडी बढाउनु पर्ने ,ढोरपाटन प्रचुर प्रर्यटकिय सम्भावना भएको क्षेत्र हुँदै गर्दापनी त्यसमा ध्यान नदिँदा पछि परेका कारण प्रर्यटन प्रर्वधनमा ध्यान दिनुपर्ने, बुर्तिबाङको उपल्लो बजारलाई प्रर्यटकिय क्षेत्रको रुपमा विकास गर्नुपर्ने, करको दायरा व्यवस्थापन गर्नुपर्ने ,दोहोरो कर हटाउनु पर्ने, वहाल कर नियन्त्रण गर्नुपर्ने, सार्वजनिक जग्गा अतिक्रमित गरि वनाइएको संरचना हटाउन कदम चाल्नुपर्ने, पालिकाका दर्ता नभएका पेशा व्यवसायलाई दायरामा ल्याउँदै व्यवसाहीका निम्ती विभिन्न तालिक अन्र्तकृया कार्यक्रम गर्नुपर्नेमा सहभागिले जोड दिँदै पालिकाले लिएका रचनात्मक र नागरिकको सेवा प्रवाह संग जोडिने विषयमा उद्योग वाणिज्य संघले साथ दिने बताएका हुन।
आयोजित कार्यक्रममा कार्यवाहक नगर प्रमुख कायतले नागरिक तथा विभिन्न निकायबाट आएका सुझावलाई समेट्दै आगामी निती कार्यक्रममा समावेश गर्ने बताउँदै यहाँ स्थित निसीखोला गाउँपाकिला, तमानखोला गाउँपालिका , वडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिका विच सम्मोन्य गर्दे बुटवलबाट आयात हुने तरकारी पूर्ण रुपमा बन्देज गर्दे यहाँको उत्पादन , बजारीकरण अनुदान जस्ता कार्यलाई प्रभावकारी वनाउने आफुहरुले तयारी गरिएको कायतको भनाई छ ।
आयोजित कार्यक्रमका अवसरमा उद्योग बाणिज्य सँघ ढोरपाटनका अध्यक्ष ढालेन्द्र छन्त्याल, महासचिव ग्यान प्रसाद कँडेल, पदाधिकारीहरु दिपक कुमार अदै, सहविन अर्गेजा लगाएत पदाधिकारीको उपश्थिती रहेको थियो ।