गणतन्त्र दिवशको अवसरमा तमानखोला गाउँपालिका द्धारा शहिद परिवार सम्मान तथा सोलेडाँडामा राष्ट्रिय झण्डा फहराइयो

जेठ १५ गते
तमानखोला गाउँपालिकाको आयोजनामा प्रर्यटकिय स्थल सोलेडाँडामा राष्ट्रिय झण्डा फहराउनुका साथै द्धन्द्ध पिडित परिवारलाई पालिकाको तर्फदेखि सम्मान गरिएको छ ।


गाउँपालिकाको आयोजनामा गणतन्त्र दिवशको अवसर पारेर पालिकाबाट शसत्र द्धन्दको समयमा राज्य पक्षबाट ज्यान गुमाएका ४ शहिदको सम्झनामा परिवारका सदस्यलाई अभिनन्दन पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । पालिकाले प्रर्यटकिय क्षेत्र सोले डाँडामा शहिदको सम्झनामा सालिक समेत निर्माण गरेको हो । गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा सोले डाँडामा विभिन्न क्षेत्रबाट देख्न सकिने नेपालको राष्ट्रिय झण्डा फहराइएको हो ।
आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष बुढाले गणतन्त्र दिवशको अवसरमा पालिकामा द्धन्द्धको समयमा ज्यान गुमाएका पसिवारलाई सम्मान, वेपत्ता पारिएको व्याक्तिको सम्झना गर्दे पालिकाको प्रर्यटकिय हवको रपमा विकसित हुँदै गएको सोले डाँडामा झण्डा फहराइएको बताउँदै यस क्षेत्रको प्रर्यटन प्रर्वधनमा टेवा पुग्ने गरि झण्डा फहराइएको बताइएको हो ।


कार्यक्रमका अवसरमा प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्य, ६ वटै वडाका अध्यक्ष तथा कार्यपालिका सदस्य वडा सदस्य, स्थानिय बासि लगाएतको उपश्थिती रहेको थियो ।

कार्यक्रम कर्मचारी मुना विश्वकर्माले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित