निसीखोलामा निःशुल्क स्वास्थ्य शिविर सुरु करिब ७ सय नागरिकको स्वास्थ्य परिक्षण तथा उपचार

बुर्तिबाङ बैसाख २९
जिल्लाको निसीखोला गाउँपालिका वडा नं. १ स्थित देविस्थान माध्यमिक विद्यालयमा शुक्रबार देखि ३ दिने निःशुल्क आँखा उपचार शिविर तथा दुई दिने बृहत स्वास्थ्य शिविर सुरु भएको छ।
निसीखोला गाउँपालिका र कर्मफ्लाईटस् फाउन्डेशन पोखराको आयोजना तथा हिमालय आँखा अस्पत्ताल पोखराको प्राविधिक सहयोगमा शिविर सुरु भएको हो।
शिविरमा निःशुल्क रुपमा आँखा परिक्षण तथा मोतिया विन्दुको अप्रेशन ,औषधि तथा निः शुल्क रुपमा चस्मा वितरण गरिएको छ।


धौलागिरीदअस्पत्ताल बागलुङका डाक्टर द्धारा विभिन्न रोगहरुको स्वास्थ्य परिक्षण तथा उपचार सुरु भएको हो।
स्वास्थ्य शिविरमा बरिष्ठ फिजिसियन द्धारा स्वास्थ्य परिक्षण, महिला तथा प्रसुती रोग सम्वन्धी विशेषज्ञ उपचार सेवा, सामान्य चिकित्सा तथा पेट सम्वन्धी विशेषज्ञ उपचार, हार्डजोर्नी तथा नशा सम्वन्धी बिशेषज्ञ सेवा, भिडियो एक्सरे र आवस्यकिय औषधी र परामर्स दिइएको हो ।
शुक्रबार बिहान ८ बजेदेखिनै सिबिर सुरु भएको छ।शिविरमा निसिखाोला गाउँपालिका तथा छिमेकी पालिका का नागरिकको उल्लेखिय सहभागिता रहेको हो।

शुक्रबार बिहान एक औपाचारिक कार्यक्रमको निसीखोला गाउँपालिका अध्यक्ष सुर्यबहादुर घर्तिले उद्घाटन गर्दे गाउँपालिकामा रहेका नागरिकलाई स्वास्थय सम्वन्धि समस्यामा चेकजाँच तथा उपचारमा सहजता होस भन्न्े उदेश्यले पालिकाले कर्मफलाईट्स फाउन्डेशन तथा विभिन्न निकाय संग सम्मोन्य गरेर आँखा तथा विभिन्न रोगको निशुल्क उपचार शिविर सञ्चालन गरेको बताउनु भयो। शिविरबाट नागरिकले सहज तवरले सेवा लिन पाउने र यसले गर्दा आर्थिक अभावकै कारण रोग लुकाएर बस्नुपर्ने बाध्यताको अन्त्य हुने बताउनु भयो ।


शिविरको निम्ती गाउँपालिकाले १० लाख रुपैयाँ बजेट विनीयोजन गरेको छ।उता कर्मफलाईट्स फाउन्डेशन संस्थाले समेत हिमालय आँखा अस्पत्ताल संग सम्मोन्य गरेर शिविरमा सक्रिय सहभागिता जनाइएको हो।
संस्थाका डाइरेक्टर प्रेमबहादुर कुवंरले यस क्षेत्रका नागरिकलाई आर्थिक अभावका कारण स्वास्थ्य उपचारबाट बञ्चित हुन नपरोस भन्ने उदेश्यले आफुहरुले समेत आयोजकको रुपमा भुमिका खेलिएको बताउनुभयो।
आगामी दुईदिन सम्म गरि कुल एक हजार बढि नागरिकले सेवा लिने अपेक्षा गरिएको शिविर सम्योजक तथा निसीखोला गाउँपालिसका १ का अध्यक्ष चन्द्रसिंह रामजालीले बताउनु भयो।
शिविरमा हिमालय आँखा अस्पत्ताल पोखराका डा। कृष्ण गुरुङ, शसि कमला लामिछाने ,छाला रोग विशेषज्ञ डा शंकर लामिछाने, जेनेरल फिजिसियन डा।हेमन्त वास्तोला, हाड, जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डा। प्रमेश थापा लगाएतको टोली द्धारा स्वास्थ्य चेक जाँच तथा उपचार सुरु गर्नु भएको हो।


आज पहिलो दिन ६५४ जनालाई सेवा दिइएको छ जसमा २७३ पुरुष र महिला ३८१ जनालाई सेवा दिइएको हो । जसमध्ये आँखाको चेकजाँच तथा उपचार तर्फ ५०० जना र अन्य रोगका १ सय ५४ जनालाई चेकजाँच तथा उपचार गरिएको छ ।


आँखाका विरामी मध्ये मोतिया बिन्दु भएका ३८ जनाको शनिबार अप्रेशन गर्ने तयारी अगाडी बढाइएको हो । आज भएको उद्धघाटन सत्रको कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिको अध्यक्षता, पुर्व पालिका अध्यक्ष तारानाथ पौडेल, वडा अध्यक्ष प्रमुख प्रशासकिय अधिकृत,समाजसेवी, बुद्धिजिवी लगाएतको उपश्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img