
बुर्तिबाङ बैसाख २४
निसीखोला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० मा सबै नागरिकको स्वास्थ्य वीमा गर्ने लोकप्रिय कार्यक्रम लिएपनी आर्थिक अपुग रहेको भन्दै हालसम्म जम्मा ३५ प्रतिशत हाराहारीमा मात्रै नागरिकको स्वास्थ्य वीमा भएको पाइएको छ ।
कुल ५ हजार ६३५ घरपरिवार संँख्या र २३ हजार १ सय १९ जनसँख्या रहेको पालिकामा हालसम्म दुई हजार पैँतिस घरधुरी र ६ हजार ८ सय २ जना नागरिकको वीमा भएको स्वास्थ्य सम्योजक टोप बहादुर चन्दले बताउनु भयो ।
संघिय सरकारको कुल १ करोड, गण्डकी प्रदेशसको पचास लाख र स्थानिय पालिकाको पचास लाख गरि कुल दुई करोड बजेटमा सबै नागरिकको वीमा गर्ने अभियान सहित निती कार्यक्रम लिएको पालिकामा संघिय सरकारको तर्फदेखि हालसम्म पनी १ करोड बजेट प्राप्त नभएका कारण वीमा कार्यक्रम रोकिएको गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले बताउनु भयो ।
निसीखोला गाउँपालिकाका अधिकांस नागरिकमा स्वास्थ्य सम्वन्धी समस्या लुकाएर राख्ने, समयमा उपचार नगर्ने, आर्थिक अभावकै कारण उपचारबाट बञ्चित भएर ज्यान गुमाउने वाध्यतालाई अन्त्य गर्नका निम्ती आफुहरुले कार्यक्रम लिएपनी संघिय सरकारबाट समयमा बजेट नपठाउँदा कार्यक्रम प्रभावकारी बन्न नसकेको अध्यक्ष घर्तिले बताउनु भयो ।
हालसम्म पालिकाको पचास लाख र गण्डकी प्रदेसको गरि कुल ७१ लाख ५६ हजार ८ सय रुपैयाँको वीमा भइसकेको छ । बाँकी रहेका नागरिकको बजेट गण्डकी प्रदेश र संघिय सरकारले पठाएको खण्डमा यसै बर्ष कति सम्भव हुन्छ हामी कार्यक्रम अगाडी बढाउँछौँ बजेट अपुग भएको खण्डमा आगामी साउन देखिनै सुरु हुने गरि छुट भएका सबै नागरिकको वीमा अनिवार्य गरिने अध्यक्ष सुर्य बहादुर घर्तिको भनाई छ ।
पालिकाले वडा स्तरमा सञ्चालन गरेको सार्वजनिक सुनुवाई कार्यक्रमका अवसरमा स्थानिय नागरिकले समयमा आफुहरुको वीमा नभएको गुनासो गरेका थिए । यसबर्षको असार मसान्त सम्म कम्तीमा पनी ६० प्रतिशत नागरिकको वीमा गाउँपालिकाले गर्ने र बाँकी रहेकाको साउन लगत्तै सुरु गरिने गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार चन्दले बताउनु भयो ।
पालिकाले लिएको निती कार्यक्रम र बजेट अन्र्तगत रहेर संघिय सरकारले बजेट अभाव देखाउँदै करिब देड करोड बजेट काट्ने तयारी गरिहेका कारण पनी योजना अनुसार काम गर्नमा कठिनाई देखिएको पालिका अध्यक्ष सुर्य बहादुर घर्तिको भनाई छ । स्वास्थ्य वीमा गरेका नागरिकले वीमा प्रारम्भ भएको मितिले एकबर्षसम्म सुविधा पाउने छन ।