spot_img

भिरबाट लडेर घाईते मन बहादुरको उपचारमा आर्थिक अभाब

बैसाख २४
बागलुङको ढोरपाटन नगरपालिका ५ बाहुनगाउँका २५ बर्षिय मन बहादुर वि.क. घाँसकाट्ने क्रममा भिरबाट लड्दा सक्त घाईते भएका छन । गत बैसाख १७ गते घरनजिकैको बनमा घाँस काट्न गएका मन बहादुर भिरबाट लडेपछि उनको घाँटीको हड्डी भाँचिएको बताइएको हो । पोखरा स्थित मनिपाल अस्पत्तालमा उपचाररत वि.क.को आइसियूमा उपचार भइरहेको हो ।
हालसम्म बेहोसी अवस्थामा रहेका मन बहादुरको उपचार गर्दा हालसम्म ३ लाख बढि रकम सकिएको र आर्थिक अभाबका कारण भाईलाई उपचार गर्न समस्या पर्दे आएको निजका दिदि कौसिला वि.क.को भनाई छ । आईसियूमा प्रति घण्टा ६ हजार रुपैया ँतिरेर उपचार भइरहेको छ । क्रणधन गरेर संकलन भएको पैसा पनी सकियो भाइको उपचारमा समस्या प¥यो डक्टरले अप्रशेन गर्ने भन्नु भएको छ आफुसंग आर्थिक अभाव रहेका कारण सहयोगको अपेक्षा गरिएको कौसिलाले बताइन ।
यहिँ बैसाख १० गते धुमधाम संग विवाह गरि श्रीमती भित्र्याएका मन बहादुर यहि बैसाख २१ गते बैदेशिक रोजगारीको लागी साउदी जाने तयारिमा रहेका थिए ।
अब त घरमा पनी पैसा छैन क्रण खोजेर पनी पाइँदैन भाईलाई बचाइदिन सबैले सक्दो सहयोग गरिदिनुहोस कौसिलाको चित्कार छ । सहयोग गर्न इच्छुकले कौसिला वि.कको. मोवाईल नम्वर ९८२६००८३६२ मा सम्पर्क गरेर सहयोग गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित