Home Blog Page 71

बुर्तिबाङमा आजदेखि कोजाग्रत पूर्णिमा मेला तथा पालिका कप हुँदै आवश्यक तयारी पुरा

0

कात्तिक १ गते

बागलुङको दोश्रो व्यापारीक केन्द्र बुर्तिबाङ बजारमा बुर्तिबाङ राइजिङ युवा क्लबको आयोजनामा सुरु हुन लागेको कोजाग्रत पूर्णिमा मेला कात्तिक १ गते अर्थात आजदेखि सुरु हुने भएको हो ।

कोजाग्रत पूर्णिमाको दिन देखि कात्तिक ७ गतेसम्म हुने मेलाका अवसरमा विभिन्न खेलकुद एव्म सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको क्लबले जनाएको छ । परापूर्व कालदेखि कोजाग्रत पूर्णिमाको अवसरमा लाग्ने यस मेलालाई ऐतिहासिक मेलाको रुपमा लिँइदै आएको छ । मेलामा खुल्ला पालिका स्तरीय भलिबल प्रतियोगिता तर्फ हालसम्म ८ समुहको नाम दर्ता भएको क्लब अध्यक्ष मिथुन विकले बताउनु भयो ।

दुई लाख दुई हजार २ सय २२ रुपैयाँ प्रथम पुरस्कार राशिको खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला पालिका स्तरीय महिला भेट्रान्स भलिवल,पुरुष महिला रस्साकस्सा, एकल नृत्य, सामूहिक नृत्य ,डान्स प्रतियोगिता, दोहोरी गित, कृषि प्रर्दशनी, तेक्वान्डो लगायतका कार्यक्रम आयोजना गरेको क्लबले विभिन्न सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको हो ।

खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता तर्फ हालसम्म थकाली सेवा समाज, सुनचाँदी व्यवसायी संघ,बोङखानी समुह, निसीखोला २, निसीखोला ७, आयोजक समुह र ढोरपाटन नगरपालिकाको नाम दर्ता भएको छ । त्यस्तै ३५ बर्ष माथि भेट्रान्स भलिबल तर्फ ९ समुहको नाम दर्ता भएको छ ।

मेलालाई सफल पार्न ढोरपाटन नगरपालिकाले मुख्य प्रायोजकको रुपमा दशलाख रुपैयाँ सहयोग गर्ने भएको छ । त्यस्तै विभिन्न सहयोगी दाताबाट आर्थिक सहयोग सङ्कलन भइरहेको जनाइएको हो ।

उद्‌घाटन सत्रको कार्यक्रम ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले र समापन सत्रमा प्रमुख अतिथिको कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले गर्ने तय भएको क्लब सचिब कोषिश जिसीले बताउनु भयो ।

बाराही युवा क्लबको दशैँ विशेष मेला: माननीय दोर्ण कुवँर द्धारा उद्‌घाटन

0

असोज ३० गते बुर्तिबाङ

बाराही युवा क्लब निसीखोला गाउँपालिका २ खाडुले वडा दशैँको अवसरमा आयोजना गरेको मेलाको बुधबार गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँरले उद्‌घाटन गर्नुभएको छ । गत आइतबार देखि सुरु भएको विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको सांसद कुवँरले बुधबार उद्‌घाटन गर्नुभएको हो ।

साविक वडा स्तरीय पुरुष भलिवल, भेट्रान्स भलिवल, रस्साकस्सी, छेलो लगायतका प्रतियोगिता भइरहेका छन । उद्घाटन सत्रको कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद कुवँरले निसीखोला गाउँपालिका कला संस्कृति, खेलकुदमा अब्बल रहेको बताउँदै क्लब, सङ्घसंस्थाले यस्ता प्रतिभा, संस्कृतिको जर्गेना गर्नू दायित्व भएपनि क्लबहरू भलिबल खेलाउने र मेला लगाउने कार्यमा मात्र सीमित हुन नहुनेमा जोड दिनुभयो ।

सांसद कुवँरले बोल्दै खाडु मोटरेवल पुल निर्माणका निम्ती यसबर्ष कार्यक्रम राखेर यसबर्ष सर्वे भएको र माटो परिक्षण सँगै डिपिआर भएसँगै यहाँका नागरिकको हितका निम्ती मोटरेवल पुल बन्ने बताउनु भयो । पालिका कार्यालय देखि काल्नेचौर जोड्ने गरी आकाशे पुल बन्ने बताउँदै चाँडै उक्त पुलको सिल्यान्स गरिने बताउनु भयो । पाखुते निसी जोड्ने वैकल्पिक कृषि सडक अलपत्र परिरहेको बताउँदै उक्त सडक आयोजना सम्पन्न गर्नका निम्ती निरन्तर पहल भइरहेका कारण यसवर्ष एक करोड बजेट विनियोजन भएका कारण चाँडै काम सुरु हुने बताउनु भयो ।

दुर्गम ठाउँको विकासका निम्ती आफ्नो मानसपटलमा विकास र समृद्धिका सपना घुमिरहेको बताउँदै अर्नाकोट, घम्पु, देउराली, खल्बाङ लगायतका नागरिक खानेपानीको चरम समस्यामा रहेको बताउँदै त्यहाँका नागरिकको सहज खानेपानी प्राप्त गर्ने अधिकारका निम्ती आफूले जसरी पनी काम गरेर छोड्ने बताउँदै यहाँका यावत विकास र समृद्धिमा नागरिक संग हातेमालो गरेर अगाडि बढ्ने बताउनु भयो ।

कार्यक्रममा विशिष्ठ अतिथीको रुपमा रहनु भएका निसीखोला गाउँपालिका २ का अध्यक्ष कुविर विश्वकर्माले बोल्दै विकास, र समृद्धिमा सबैको साथ आवश्यक रहने बताउँदै स्थानीय सरकार जनताको नजिकको सरकार रहेको बताउँदै स्थानीय सरकारले जनताको नजिक रहेर सेवा प्रवाह गर्दे आइरहेका कारण यहाँका ठुला समस्यामा स्थानीय सरकार संगै तीनवटै तहका सरकार बिच सम्मोन्य आवस्यक रहेको बताउनु भयो ।

क्लब अध्यक्ष टेक बहादुर कार्कीको अध्यक्षता रहेको आयोजीत कार्यक्रममा वडा सदस्य राम बहादुर क्षेत्री, तम बहादुर कुवँर, समाजसेवी भविन्द्र कुवँर लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा कलाकारहरु तारा थापा र किरण विसीको सांगितीक प्रस्तुती रहेको थियो ।

क्लब कोषाध्यक्ष सिता कार्की खत्रीको स्वागत पत्रकार छविलाल पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । क्लबले आयोजना गरेको खेलकुदका कार्यक्रम भोली पनि जारी रहने भएका हुन ।

नर्सिङकोत मेलाको उद्‍घाटन विभिन्न कार्यक्रम जारी

0

बागलुङको निसीखोला गाउँपालिका ७ मा रहेको नर्सिङकोत खेलकुद तथा सांस्कृतिक समिति द्धारा आयोजित विभिन्न खेलकदु सांस्कृतिक कार्यक्रमको निसीखोला गाउँपलिका अध्यक्ष सुर्य बहादुर घर्तिले हिँजो उद्‌घाटन गर्नुभएको छ ।

प्रर्यटकि एवम् धार्मिक स्थलको रुपमा रहेको नर्सिङकोटमा सञ्चालित मेला क्लब अध्यक्ष देव गुरुङको अध्यक्षतामा सुरु भएको हो । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष घर्तिले बोल्दै निसीखोला गाउँपालिका खेलकुद, कला संस्कृति, प्रर्यटन र भेषभुषामा अब्बल रहेको बताउँदै यसको संरक्षण र विकासमा सबैजना जुट्नुपर्नेमा जोड दिनुभयो ।

पुर्खाहरूले जोगाएर राखेका संस्कृति, कला, भेषभुषा जोगाउनु हामीहरूको दायित्व रहेको बताउँदै खेल क्षेत्रको विकास, पर्यटकीय सम्भावना बोकेको ठाउँको विकासका निम्ती स्थानीय तहले महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको बताउँदै आवश्यक श्रोत र साधनका आधारमा विकास हुँदै जाने बताउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पूर्व गण्डकी प्रदेश सभा सदस्य खिम विक्रम शाही, पूर्व निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, निसीखोला गाउँपालिका ७ का वडा अध्यक्ष दीपक कुवँर, पूर्व जिल्ला उपसभापति दीपक कुवँर, वडा नम्बर १ का अध्यक्ष चन्द्रसिंह रामजाली, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि नेपाली काङ्ग्रेसका प्रताप कुवँर, नेकपा एमालेका खुमन थापा, नेकपा माओबादी केन्द्रका तारा बहादुर घर्ति, रास्वपाका तेजेन्द्र कुवँर , समाजसेवी सुवेदार चुडा बहादुर राना, निसीखोला खेलकुद विकास समिती अध्यक्ष राजमान बुढा लगायतको शुभकामना मन्तव्य रहेको थियो ।

कार्यक्रममा जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, विभिन्न सङ्घसंस्थाको प्रतिनिधिको आतिथ्यता रहेको थियो ।

उद्धघाटन सत्रको कार्यक्रममा चर्चित कलाकार नवराज काप्री, लालमाया थापा, सम्झना गुरुङ, सुमित्रा गुरुङ लगाएत वाध्यवाधक वाध्यवाधक र स्थानीय कलाकारको सांगितीक प्रस्तुती रहेको हो ।

कार्यक्रम मेला व्यवस्थापक तिलक कुवँरको स्वागत पत्रकार छविलाल पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो । आज पुरुष भलिवल लगाएतका प्रतियोगिता सञ्चालन भइरहेका छन ।

टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

0

नवरात्रको अन्तिम दिन आज महाअष्टमी र महानवमी मनाइँदै छ। तिथि घटबढका कारण आज अष्टमी र नवमी एकैदिन परेका हुन्। नवरात्रिको समाप्तीसँगै भोलि नवदुर्गाको प्रसाद जमरासहित टीका ग्रहण गरी विजयादशमी मनाउने प्रचलन छ।

भोलि बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरी बिहान ११ बजेर ३६ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको पञ्चांग निर्णायक विकास समितिले जानकारी दिएको छ।

दशैँमा विशेषगरी बालबालिकाले पिङ खेल्ने, चङ्गा उडाउने गर्छन्। दशैँ पर्व बालबालिकाकै लागि हो भन्ने उखान पनि नेपाली समाजमा रहेको छ। बालबालिकाले रमाइलो गर्ने यो पर्वलाई प्रौढले भने देवीको पूजा, उपासना गरी मनाउँछन्।

यस पर्वका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको विशेष उपस्थिति रहन्छ। शक्तिपीठमा बलिसहित पूजा गर्ने भक्तजनको पनि बाक्लो उपस्थिति रहन्छ।

टीका लगाउँदा टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किएर बस्नुपर्ने छ। मान्यजनबाट टीका थाप्ने क्रम कोजाग्रत पूर्णिमासम्म चल्नेछ।

चाडपर्व नजिकीय सँगै बुर्तिबाङ बजारमा चहलपहल : विगतको जस्तो छैन कारोबार

0

 असोज २२ गते

दशैँ तिहार लगायत नेपालीहरूको महान चाड नजिकिय संगै बागलुङको दोश्रो व्यापारीक केन्द्र बुर्तिबाङ बजारमा यतिबेला चहलपहल बढेको छ । असोज २६ गते परेको वडा दशैँको पावन अवसरमा विभिन्न क्षेत्रबाट आउने ग्राहकले खाध्यान्ह, लत्ता कपडा लगायतका सामाग्री खरिद गर्ने गरेका हुन ।

विगतको तुलनामा व्यापारमा कमी देखिएपनि बजारमा चहल पहल भने राम्रो देखिने गरेको छ । देशका विभिन्न ठाउँबाट घर आउने र विदेशबाट घर आउनेको सँखयामा वृद्धि भएसँगै बुर्तिबाङ बजारमा चहलपहल वृद्धि देखिएको हो । व्यवसायिका अनुसार विगतका वर्षहरू जस्तो कारोबार नभएपनि बजारमा चहलपहल भने देखिने गरेको पाइएको हो ।

जिल्लाको दोश्रो व्यापारिक केन्द्र र दोश्रो ठुलो शहर भएका कारण पनि बागलुङको ढोरपाटन नगरपालिका सहित निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, वडिगाड गाउँपालिका, रुकुम सम्मका नागरिकको चहल पहल हुने गरेको पाइन्छ । उद्योग वाणिज्य संघ ढोरपाटनका अध्यक्ष ढालेन्द्र छन्त्यालका अनुसार पछिल्ला वर्षहरूमा विगतको चाडपर्वमा जस्तो कारोबार कम हुने गरेको बताउनु भयो । आर्थिक मन्दीको प्रभाव अझै छ ।

नागरिक संग पर्याप्त खर्च गर्न सक्ने पैसा कम हुँदा बजारमा कारोबार समेत कम हुने गरेको बताउनु भयो । त्यस्तै बजारकै फेन्सी व्यवसायी सवर अलिका अनुसार विगतको तुलनामा बजारमा पचास प्रतिशत हाराहारीमा व्यापारमा गिरावट आएको बताउनु भयो । व्यापारमा असर पर्नुको कारण युवा जति सबै विदेश पलायन हुनु, तिव्र बसाइँसराई रहेको औँल्याउनु भयो ।

अझ पछिल्लो समय कतिपयले रेडिमेट सामान अनलाइनबाटै मगाउने र गाउँ केन्द्रित सवारीका साधन मार्फत सामान घर घरमै पुग्ने गरेका कराण पनि बजारमा सबै प्रकृतिको व्यापार कम हुँदै गएको बताउनु भयो ।

बुर्तिबाङमा आर्चरी क्लबले धनुषवाण ताराखेल प्रतियोगिता सञ्चालन गर्ने

0

असोज २२ बुर्तिबाङ

बुर्तिबाङ आर्चरी क्लबको आयोजनामा कोजाग्रत पूर्णिमाको अवसरमा धनुषवाण ताराखेल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

धनुषवाण खेल तर्फ रुचि भएका युवाहरूलाई लक्षित गर्दे प्रत्यक बर्स खेल सञ्चालन गर्दे आएको क्लबले यसवर्ष १ लाख प्रथम पुरस्कार राशि सहितको खेल सञ्चालन गर्न लागेको क्लबका सचिव हिक्मत जक्तपुरीले बताउनु भयो ।

आगामी कात्तिक ३ गतेदेखि सुरु हुने प्रतियोगितामा दिर्तिय हुने समुहले ५५,००० तिर्तियले ४०,०००चौठो हुनेले २५,००० र पाचौँ हुनेले १०,००० हजार पुरस्कार प्राप्त गर्ने भएका हुन ।

खेललाई जोगाई राख्न र युवाहरूको सक्रियता कायम राख्न प्रत्यक बर्ष प्रतियोगिता हुँदै आएको र यसवर्षको प्रतियोगिताको आवश्यक तयारी पुरा भइरहेको सचिव हिक्मत जक्तपुरीको भनाई छ ।

बृहस्पति युवा क्लबको तिज मेलामा भएको आम्दानी खर्चको विवरण सार्वजनिक

0

 असोज २१ बुर्तिबाङ

बृहस्पति युवा क्लब निसीखोला गाउँपालिका ४ कानावगर बागलुङले सोमबार गत तिज मेलामा भएको आम्दानी खर्चको विवरण सार्वजनिक गरेको छ ।

क्लब अध्यक्ष मन बहादुर आर्चाय को अध्यक्षतामा आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा क्लबले तिज मेलाको अवसरमा भएको आम्दानी र खर्चको विवरण प्रस्तुत गरेको हो ।

समितिको विवरण अनुसार कुल ६ लाख ५१ हजार ३ सय ४० रुपैयाँ विभिन्न निकायबाट सहयोग प्राप्त भएको बताउँदै कुल पाँचलाख ३६ हजार ६ सय १५ रुपैयाँ खर्च भएको क्लब सचिव भुवन खत्रीले बताउनु भयो ।

कार्यक्रमका अवसरमा विभिन्न निकायबाट चन्दा बोल भएको मध्ये १ लाख १ हजार १ सय रुपैयाँ सङ्कलन हुन बाँकी रहेको बताउँदै क्लबले एक लाख ७९ हजार दुई सय ३५ रुपैयाँ भुक्तान गर्नुपर्ने दायित्वमा रहेको जनाउँदै निसीखोला गाउँपालिका वडा नम्बर ४ र गण्डकी प्रदेश सरकारबाट प्राप्त हुन बाँकी अनुदान १÷१ लाख समेत क्लबलाई प्राप्त हुन बाँकी रहेको सचिब भुवन खत्रीले बताउनु भयो ।

कार्यक्रममा क्लब अध्यक्ष आर्चायले बोल्दै यहाँको शिक्षा, खेलकुद, पर्यटन प्रर्वद्धन सँगै कला र संस्कृतिको जर्गेनाको निम्ती क्लबले काम गर्दे आइरहेको बताउँदै मेला सभ्य र भव्य रुपमा सम्पन्न भएको बताउनु भयो ।

मेलालाई सफल पार्न सहयोग गर्ने सबैलाई धन्यबाद दिँदै आगामी दिनमा क्लबले थप समाज रूपान्तरण मुखी कार्यक्रम गर्दे जाने बताउनु भयो । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष नवराज आर्चायले बोल्दै क्लबले समाज रूपान्तरण मुखि र कला संस्कृर्ती, खेलकुदको विकासमा महत्वपूर्ण टेवा पुग्ने गरी काम गर्दे आएको बताउनु भयो ।

त्यस्तै पूर्व अध्यक्ष भुमिराज आर्चायले बोल्दै क्लबले सार्वजनिक सुनवाई मार्फत देखाएको पारदर्शिता र सक्रियता आफैमा राम्रो पक्ष रहेको बताउँदै आगामी दिनमा समाज रूपान्तरण मुखी कार्यक्रम गर्दे अगाडि बढ्न सुझाब दिनुभयो । कार्यक्रम क्लब सचिव भुवन खत्रीको सञ्चालनमा सम्पन्न भएको हो ।

तमानखोला गाउँपालिका द्धारा बजार अनुगमन सुरु

0

असोज २० गते बुर्तिबाङ

बागलुङको तमानखोला गाउँपालिकाले आइतबार देखि चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । गतवर्ष समेत विभिन्न बजार क्षेत्रको अनुगमन गरेको पालिकाले सबै वडामा पुग्ने गरि अभियानको सुरुवात गरिएको कृषि शाखा प्रमुख सन्देश पराजुलीले बताउनु भयो ।

आइतबार वडा नम्बर १ को बोङ्गादोभान बजार सँगै वडा नम्बर ३ को तमान र वडा नम्बर ५ खुँखानीमा बजार अनुगमन गरिएको जनाइएको हो ।

अनुगमन टोलीले पसलमा राखिएको खाद्य पदार्थ, व्यवसाय दर्ता भए नभएको, नवीकरण भए नभएको विषयमा अनुगमन गर्दे पसलमा राखिएको म्याद गुज्रिएको अखाद्य वस्तु जफत गरिएको हो ।

त्यस्तै हालसम्म पनि व्यवसाय दर्ता नगरेका र नवीकरण नगरेका व्यवसायीलाई चाँडै दर्ता र नवीकरण प्रकृयामा जान सुझाव दिइएको जनाइएको छ ।

अनुगमनका क्रममा दर्ता बमोजिम व्यवसाय भए नभएको र फलफूल तरकारीको गुणस्तर मापन समेत गर्ने गरिएको पराजुलीले बताउनु भयो । आजदेखि सुरु भएको अनुगमन कार्यक्रम सबै वडामा रहेका पसलहरूमा गरिने जनाइएको छ । अभियानमा कृषिबाट सन्देश पराजुली, लिला बुढाथोकी, पशु शाखाबाट याम कुमारी घर्ति, तुलाराम आर्चाय , प्रशासन शाखाबाट सावित्री शर्मा, स्वास्थ्यबाट तिल बहादुर छन्त्याल,इन्द्र कुमारी बुढा, पत्रकार, प्रहरी सहितको टोलीले अनुगमन सुरु गरेको हो ।

लायन्स क्लबले दियो वडिगाड का १२२ परिवार बाढि पहिरो प्रभावित लाई राहत ।

0

 

असोज १९ बुर्तिबाङ 

लायन्स क्लबको आयोजनामा शनिबार बागलुङको बडिगाड गाउँपालिका ९ र १० का बाढी पहिरो प्रभावित १२२ परिवारका निम्ती करिब १२ लाख रुपैयाँ बराबरको खाध्यान्ह र त्रिपाल हस्तान्तरण गरिएको छ ।

 लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ नेपालबाट प्राप्त राहत सामाग्री लायन्स डिस्ट्रिक्ट ३२५ एम, डिस्ट्रिक्ट ३२५ के लायन्स क्लब अफ ढोरपाटन, लियो क्लबको संयुक्त सक्रियतामा प्रभावित परिवारलाई राहत सामाग्री हस्तान्तरण गरिएको हो ।

 संस्थाको तर्फदेखि प्रति परिवार एक बोरा जिरा चामल, दुई केजी तेल, दुई केजी नुन, दुई केजी दाल र त्रिपाल उपलब्ध गराइएको हो । बडिगाड गाउँपालिका ९ र १० मा गत साउन २१ र २२ गतेको बाढि पहिरोले १२ जनाको ज्यान जानुका साथै केहि घाइते र सयौँ परिवार विस्थापित भएका छन 

 राहत हस्तान्तरण कार्यक्रम लायन्स क्लब ३२५ एम का डिस्ट्रिक्ट गर्भनर लायन्स चण्डी प्रसाद अर्यालको अध्यक्षता, गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरको प्रमुख आतिथ्यता, बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, तमानखोला गाउँपालिका अध्यक्ष जोक लाल बुढा, बडिगाड गाउँपालिका उपाध्यक्ष भिमसेन वन,

३२५ एमका चिफ एडभाइजर किशोर बराल, ३२५ के इनटरनेशनल रिलेसन चिफ काजिमान गुरुङ,एमका मिडिया चिफ कोपिला श्रीस, ३२५ के डिस्ट्रिक्ट कोचिफ अनुप रिजाल, डिस्ट्रिक्ट सेक्रेटरी ताल बहादुर कुवँर, रिजन चियर पर्सन नारायण आर्चाय, लायन्स कल्ब अफ ढोरपाटनका अध्यक्ष छविलाल पाण्डे, लियो क्लबका लगायत लायन्स क्लबका पदाधिकारी क्लब, जनप्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो ।

 

 कार्यक्रममा प्रमुख अतिथि दोर्ण कुमार कुवँरले बोल्दै लायन्स क्लब नागरिकको सुख ः दुखमा निरन्तर सहयोग गर्ने संस्था भएको बताउँदै समाज रूपान्तरणमा लायन्स क्लबको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । 

वडिगाड का बाढी पीडितका निम्ती राहत उपलब्ध गराएकोमा धन्यबाद ज्ञापन गर्दे आगामी दिनमा नागरिकको शोक, भोक, गरिबी, अशिक्षा जस्ता समस्यामा हातेमालो गरेर अगाडि बढन् आग्रह गर्नुभयो । 

कार्यक्रममा बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बोल्दै लायन्स क्लबले यसरी पीडितको माझमा आएर राहत उपलब्ध गराएकोमा धन्यबाद ज्ञापन गर्दे साउन महिनामा आएको बाढी पहिरोका कारण बडिगाड गाउँपालिका ९ र १० का अधिकांश नागरिक घरबाट विस्थापित सँगै  विधुत, खानेपानी, सडक जस्ता महत्वपूर्ण आवश्यकताबाट बञ्चित भइरहेको बताउनु भयो ।

 कार्यक्रम लायन्स ३२५ एमका चिफ एडभाइजर किशोर बरालको स्वागत, कुल प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।  

बडिगाड बाढी पहिरो प्रभावित परिवारलाई नेदरल्यान्ड बासी नेपालीहरूको सहयोग

0

असोज १९ बुर्तिबाङ

बागलुङको बडिगाड गाउँपालिकामा गत साउन महिनाको बाढी पहिरोबाट प्रभावित परिवारलाई नेदरल्यान्ड बासी नेपालीहरू द्धारा पठाइएको आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ ।

वडिगाड निवासी हाल नेदरल्यान्समा रहनु भएका नारायण प्रसाद आर्चाय, दीपक आर्चाय, तेजिन्द्र के.सी, थानेश्वर कँडेल, राजन घिमिरे लगायतको सक्रियतामा सङ्कलन गरिएको करिब ४ लाख रुपैयाँ रकम बाढी पहिरोमा परी ज्यान गुमाएका, घाइते, पूर्ण रुपमा घरमा क्षति भएका र विभिन्न खानेपानी समितिलाई हस्तान्तरण गरिएको हो ।

नेपाली कांग्रेस पूर्व महासमिति सदस्य तथा वरिष्ठ अधिवक्ता राम प्रसाद आर्चायको पहलमा सञ्चालित अभियानमा नेदरल्यान्ड पठाइएको रकम शनिबार पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

मृतक र घाईते परिवारका सदस्य १५ परिवारका निम्ती जनही पन्ध्र हजारका दरले दुई जना घातक रोगी लाई जनही दश हजारका दरले र घरमा पूर्ण क्षेती भएका ५ परिवारलाई पाँच हजार रुपैयाँका दरले रकम उपलब्ध गराइएको छ ।

चारवटा खानेपानी आयोजना अवरुद्ध भएपछि खानेपानी सञ्चालन व्यवस्थापनका निम्ती ८० हजार रुपैयाँ उपलब्ध गराइएको वडा अध्यक्ष कृष्ण बहादुर के.सी.ले बताउनु भयो ।

बडिगाड गाउँपालिका वडा नम्बर ९ को कार्यालयमा आयोजित राहत रकम वितरण कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य माननिय दोर्ण कुमार कुवँरको प्रमुख आतिथ्यता रहेको थियो प्रमुख अतिथि कुवँरले बोल्दै प्रकृति जन्य विपदका कारण वडिगाड गाउँपालिका ९ र १० जना नागरिकले निकै चुनौतीको सामना गर्नुपरेको बताउँदै दुर्घटनामा ज्यान गुमाउने नागरिक प्रति श्रद्धाञ्जली सहित घाइतेका स्वास्थ्य लाभको कामना गर्दे विपदमा परेका नागरिकलाई मल्हम लगाउन नेदरल्यान्ड बासी नेपालीहरूले गरेको सहयोग महत्वपूर्ण रहेको बताउँदै सामाजिक अभियन्ता टिमलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

बाढी पहिरो प्रभावित क्षेत्रमा सडक, विधुत, तटबन्धन जस्ता समस्या देखिएको बताउँदै विधुत अवरुद्ध रहेको क्षेत्रमा केन्द्रिय विधुत पुऱ्याउनका निम्ती आफूहरूले निरन्तर पहल गरिरहेको बताउँदै चाँडै सडक सञ्जाल व्यवस्थापन गर्न र वडा नम्बर ९ सहित विभिन्न सरकारी संरचना बाढी पहिरोबाट जोगाउन तटबन्धको माग आइरहेका कारण आफूले त्यसलाई सम्बोधन गर्न प्रयास गर्ने बताउनु भयो ।

कार्यक्रममा आर्थिक व्यवस्थापनका निम्ती पहल गर्ने अभियन्ता अधिवक्ता राम प्रसाद आर्चाय ले बोल्दै दुखमा रहेका नागरिकको पीडामा थोरै भएपनि मल्हम लगाउनका निम्ती बडिगाड बासी हाल नेदरल्यान्ड बस्दै आउनुभएका समाजसेवी व्याक्तित्वहरुबाट सङ्कलन गरिएको रकमबाट आफुहले पिडितलाई उपलब्ध गराइएको बताउँदै सहयोग गर्ने दाताहरुलाई धन्यबाद दिनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्रीय सभापती एव्म तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बोल्दै बाढी पहिरोका कारण वडिगाडका नागरिकले खेपिरहेको पिडा र समस्याले आफुहरुलाई समेत दुखि बनाएको बताउँदै पीडामा रहेको अवस्थामा राहात, उद्धार गर्नु नागरिकको कर्तव्य रहेका कारण नेदरल्यान्ड बासी नेपालीहरूले गरेको स्रहाननीय कामलाई धन्यबाद दिँदै प्रकृति जन्य विपद जहिले पनी जहाँ पनी हुन सक्ने भन्दै सचेतना अपनाउनु पर्ने विषयमा आम नागरिक, राज्य पक्ष सबैले ध्यान दिनुपर्ने बताउनु भयो ।

वडा अध्यक्ष कृष्ण बहादुर के सी.ले बोल्दै बडिगाड ९ र १० बाढी पहिरोका कारण निकै चपेटामा परेको बताउँदै विधुत, खानेपानी, सञ्चार, सडक सबै अव्यवस्थित भइरहेको बताउँदै यहाँका नागरिकको पीडामा माथिल्लो निकायबाट सहयोग आवस्यक रहेको बताउनु भयो ।

कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष विरेन्द्र बुढा, जनप्रतिनिधी, प्रहरी, पत्रकार, राजनैतिक दलका नेता कार्यक्रता र बाढी पहिरो पीडित परिवारका सदस्यको उपश्थिती रहेको थियो ।