बडिगाड बाढी पहिरो प्रभावित परिवारलाई नेदरल्यान्ड बासी नेपालीहरूको सहयोग

असोज १९ बुर्तिबाङ

बागलुङको बडिगाड गाउँपालिकामा गत साउन महिनाको बाढी पहिरोबाट प्रभावित परिवारलाई नेदरल्यान्ड बासी नेपालीहरू द्धारा पठाइएको आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ ।

वडिगाड निवासी हाल नेदरल्यान्समा रहनु भएका नारायण प्रसाद आर्चाय, दीपक आर्चाय, तेजिन्द्र के.सी, थानेश्वर कँडेल, राजन घिमिरे लगायतको सक्रियतामा सङ्कलन गरिएको करिब ४ लाख रुपैयाँ रकम बाढी पहिरोमा परी ज्यान गुमाएका, घाइते, पूर्ण रुपमा घरमा क्षति भएका र विभिन्न खानेपानी समितिलाई हस्तान्तरण गरिएको हो ।

नेपाली कांग्रेस पूर्व महासमिति सदस्य तथा वरिष्ठ अधिवक्ता राम प्रसाद आर्चायको पहलमा सञ्चालित अभियानमा नेदरल्यान्ड पठाइएको रकम शनिबार पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

मृतक र घाईते परिवारका सदस्य १५ परिवारका निम्ती जनही पन्ध्र हजारका दरले दुई जना घातक रोगी लाई जनही दश हजारका दरले र घरमा पूर्ण क्षेती भएका ५ परिवारलाई पाँच हजार रुपैयाँका दरले रकम उपलब्ध गराइएको छ ।

चारवटा खानेपानी आयोजना अवरुद्ध भएपछि खानेपानी सञ्चालन व्यवस्थापनका निम्ती ८० हजार रुपैयाँ उपलब्ध गराइएको वडा अध्यक्ष कृष्ण बहादुर के.सी.ले बताउनु भयो ।

बडिगाड गाउँपालिका वडा नम्बर ९ को कार्यालयमा आयोजित राहत रकम वितरण कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य माननिय दोर्ण कुमार कुवँरको प्रमुख आतिथ्यता रहेको थियो प्रमुख अतिथि कुवँरले बोल्दै प्रकृति जन्य विपदका कारण वडिगाड गाउँपालिका ९ र १० जना नागरिकले निकै चुनौतीको सामना गर्नुपरेको बताउँदै दुर्घटनामा ज्यान गुमाउने नागरिक प्रति श्रद्धाञ्जली सहित घाइतेका स्वास्थ्य लाभको कामना गर्दे विपदमा परेका नागरिकलाई मल्हम लगाउन नेदरल्यान्ड बासी नेपालीहरूले गरेको सहयोग महत्वपूर्ण रहेको बताउँदै सामाजिक अभियन्ता टिमलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

बाढी पहिरो प्रभावित क्षेत्रमा सडक, विधुत, तटबन्धन जस्ता समस्या देखिएको बताउँदै विधुत अवरुद्ध रहेको क्षेत्रमा केन्द्रिय विधुत पुऱ्याउनका निम्ती आफूहरूले निरन्तर पहल गरिरहेको बताउँदै चाँडै सडक सञ्जाल व्यवस्थापन गर्न र वडा नम्बर ९ सहित विभिन्न सरकारी संरचना बाढी पहिरोबाट जोगाउन तटबन्धको माग आइरहेका कारण आफूले त्यसलाई सम्बोधन गर्न प्रयास गर्ने बताउनु भयो ।

कार्यक्रममा आर्थिक व्यवस्थापनका निम्ती पहल गर्ने अभियन्ता अधिवक्ता राम प्रसाद आर्चाय ले बोल्दै दुखमा रहेका नागरिकको पीडामा थोरै भएपनि मल्हम लगाउनका निम्ती बडिगाड बासी हाल नेदरल्यान्ड बस्दै आउनुभएका समाजसेवी व्याक्तित्वहरुबाट सङ्कलन गरिएको रकमबाट आफुहले पिडितलाई उपलब्ध गराइएको बताउँदै सहयोग गर्ने दाताहरुलाई धन्यबाद दिनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्रीय सभापती एव्म तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बोल्दै बाढी पहिरोका कारण वडिगाडका नागरिकले खेपिरहेको पिडा र समस्याले आफुहरुलाई समेत दुखि बनाएको बताउँदै पीडामा रहेको अवस्थामा राहात, उद्धार गर्नु नागरिकको कर्तव्य रहेका कारण नेदरल्यान्ड बासी नेपालीहरूले गरेको स्रहाननीय कामलाई धन्यबाद दिँदै प्रकृति जन्य विपद जहिले पनी जहाँ पनी हुन सक्ने भन्दै सचेतना अपनाउनु पर्ने विषयमा आम नागरिक, राज्य पक्ष सबैले ध्यान दिनुपर्ने बताउनु भयो ।

वडा अध्यक्ष कृष्ण बहादुर के सी.ले बोल्दै बडिगाड ९ र १० बाढी पहिरोका कारण निकै चपेटामा परेको बताउँदै विधुत, खानेपानी, सञ्चार, सडक सबै अव्यवस्थित भइरहेको बताउँदै यहाँका नागरिकको पीडामा माथिल्लो निकायबाट सहयोग आवस्यक रहेको बताउनु भयो ।

कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष विरेन्द्र बुढा, जनप्रतिनिधी, प्रहरी, पत्रकार, राजनैतिक दलका नेता कार्यक्रता र बाढी पहिरो पीडित परिवारका सदस्यको उपश्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित