कात्तिक १ गते
बागलुङको दोश्रो व्यापारीक केन्द्र बुर्तिबाङ बजारमा बुर्तिबाङ राइजिङ युवा क्लबको आयोजनामा सुरु हुन लागेको कोजाग्रत पूर्णिमा मेला कात्तिक १ गते अर्थात आजदेखि सुरु हुने भएको हो ।

कोजाग्रत पूर्णिमाको दिन देखि कात्तिक ७ गतेसम्म हुने मेलाका अवसरमा विभिन्न खेलकुद एव्म सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको क्लबले जनाएको छ । परापूर्व कालदेखि कोजाग्रत पूर्णिमाको अवसरमा लाग्ने यस मेलालाई ऐतिहासिक मेलाको रुपमा लिँइदै आएको छ । मेलामा खुल्ला पालिका स्तरीय भलिबल प्रतियोगिता तर्फ हालसम्म ८ समुहको नाम दर्ता भएको क्लब अध्यक्ष मिथुन विकले बताउनु भयो ।
दुई लाख दुई हजार २ सय २२ रुपैयाँ प्रथम पुरस्कार राशिको खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला पालिका स्तरीय महिला भेट्रान्स भलिवल,पुरुष महिला रस्साकस्सा, एकल नृत्य, सामूहिक नृत्य ,डान्स प्रतियोगिता, दोहोरी गित, कृषि प्रर्दशनी, तेक्वान्डो लगायतका कार्यक्रम आयोजना गरेको क्लबले विभिन्न सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको हो ।

खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता तर्फ हालसम्म थकाली सेवा समाज, सुनचाँदी व्यवसायी संघ,बोङखानी समुह, निसीखोला २, निसीखोला ७, आयोजक समुह र ढोरपाटन नगरपालिकाको नाम दर्ता भएको छ । त्यस्तै ३५ बर्ष माथि भेट्रान्स भलिबल तर्फ ९ समुहको नाम दर्ता भएको छ ।
मेलालाई सफल पार्न ढोरपाटन नगरपालिकाले मुख्य प्रायोजकको रुपमा दशलाख रुपैयाँ सहयोग गर्ने भएको छ । त्यस्तै विभिन्न सहयोगी दाताबाट आर्थिक सहयोग सङ्कलन भइरहेको जनाइएको हो ।
उद्घाटन सत्रको कार्यक्रम ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले र समापन सत्रमा प्रमुख अतिथिको कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले गर्ने तय भएको क्लब सचिब कोषिश जिसीले बताउनु भयो ।










