Home Blog Page 70

कालिज पालनमा रम्दै गरेका कँडेल परिवार

0

 

बुर्तिबाङ कात्तिक ८ गते

आफूले चाहेको रहरको पेशा, व्यवसाय वा जागिर जे गर्दापनि मानिस कुनै दिन असफल भएपनि गन्तव्यमा नपुगुन्जेल पुनह प्रयास गर्दछ ।

यसैको एक उदाहरण हो ढोरपाटन नगरपालिका २ सलामकोटका चुडामणि कँडेलको उहाँले आफूले कुनै दिन कालिज पाल्ने सपना आफूले अध्ययन गर्दे गर्दा देख्नुभएको थियो आफूले देखेको सपना पुरा गर्न २०७६ सालदेखि आफ्नै घरमा थोरै मात्रामा कालिज पालन सुरु गर्नुभयो यतिवेला कँडेलको सपना पुरा भइरहेको छ ।

“बागलुङको पश्चिम क्षेत्रमा व्यवसायिक रुपमा कालिज पालनमा लागेका कँडेलको थोरै सँखयाबाट सुरु गर्दे गर्दा सयौँ सँखयामा पुग्यो तर बजारको समस्या र एकै पटक पाँचसय हाराहारीमा कालिज एकैपटक मरेर सिद्धिएपछि पुनह आफ्नो सपना पुरा हुनबाट बिचल्ली नभएका कँडेलको फर्मममा यतिबेला एक हजार बढि कालिज बिक्रीका लागी तयारीमा रहेका छन ।”

पेशाले स्वास्थ्य कर्मी कँडेलले घर छेउमै सानो स्वर्ग कालिज फर्म सञ्चालन गर्नुभएको छ  पाँच बर्ष सम्म कालिज पालन गर्दे गर्दा अव लगानी बापत प्रतिफल प्राप्त गर्ने आशामा रहेको  चुडामणीका बुवा तुल्सीराम कँडेलले बताउनु भयो 

बुर्तिबाङ बजारदेखि करिब देढ किलोमिटरको दूरीमा रहेको उक्त फर्ममा आन्तरिक पर्यटक फर्म हेर्न र कालिज खरिद गर्नका लागि पुग्ने गरेका छन आन्तरिक पर्यटन संगै वन जङ्गलमा मात्र कालिज देखेका मानिसहरूले घरमै कालिज देखेपछि त्यसको स्वाद लिन समेत उत्तिकै लालायित देखिन्छन । बागलुङ, पोखरा, काठमान्डौ, बुटवल सम्म बजार विस्तार गर्न थालेका कँडेलले यसलाई अझै विस्तार गर्दे जाने बताउनु हुन्छ ।

पहिले दुई चार मुरी मकै हुने पाखो बारीमा अहिले हजार बढि कालिज हुँदै गर्दा  गर्भ गर्न लायक पेशा रहेको र मनलाई आनन्दित दिन सक्ने पेशा रहेका कारण पनि आफूले परिवारका साथमा जागिर सँगै कालिज पालन व्यवसाय सुरु गरेको चुडामणि कँडेलको भनाई छ ।

बाबा आमाले कालिजलाई दानापानी दिने, हेरचाह गर्नुहुन्छ । बिहान साँझ फुर्सदको समयमा मैले व्यवस्थापन गर्दे आएको छु कँडेलले भन्नुभयो । कालिज पालनमा बाहिर हल्ला आएजस्तो पर्याप्त आम्दानी नभएपनि दिगो रुपमा व्यवस्थापन गर्न सके राम्रो आम्दानीको श्रोत बन्न सक्ने उहाँले बताउनु हुन्छ ।

यस वर्षमात्रै एक हजार बढि कालिज बिक्री गरेर आम्दानी बुद्धिलाई विस्तार गर्ने र फर्मलाई समेत ठुलो बनाउँदै जाने बताउँदै स्वास्थ्यका लागि राम्रो, आर्गनिक दाना खाएको र सुपथ मुल्यमा बिक्री गर्दे आएरहेका कारण पनि बजारमा आफुलाई समस्या नहुने उहाँले सुनाउनु भयो ।

पहिले महँगो मूल्यमा आफूले चल्ला खरिद गरेर लिएपनी आफूले बिक्री गर्दा खानयोग्य कालिजलाई भाले दुई हजार पाँच सय र पोथी एक हजार दुई सय सम्म बिक्री गर्दे आएको बताउँदै हरेक व्याक्तिले कृर्षिमा लगानी गर्दे गर्दा दियो लक्ष्यका साथ अगाडी बढ्न सुझाव समेत दिनुभयो ।

 

सिटिजन लाईफले दियो लमजुङ पहिरो प्रभावितलाई राहात

0

बुर्तिबाङ कात्तिक ७ गते
सिटिजन लाईफ इस्स्योरेन्स लमजुङ शाखाले बुधबार एक कार्यक्रमका विच लमजुङ बगुमका बाढि पहिरोबाट प्रभावित ११ बर्षिय निरज गुरुङलाई कम्पनीको तर्फदेखि पाँच हजार बराबरको स्टेशनरी र पाँच हजार ५ सय नगद रकम हस्तान्त्रण गरिएको शाखा प्रवन्धक हिरा घलेले जानकारी दिनुभयो ।
गत असार ११ गतेको बाढि पहिरोबाट परिवारका एका मात्र जिवीत सदस्य निरज गुरुङलाई उक्त राहात रकम हस्तान्त्रण गरिएको जनाइएको छ । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले ७ औँ बार्षिकोत्सबका अवसरमा विभिन्न शाखा मार्फत सामाजिक उत्तरदायित्व र समाज रुपान्तरण मुलक कार्यक्रम भइरहेका छन । लमजुङ शाखाले विभिन्न निकायको रहोबरमा उक्त राहात उपलब्ध गराएको हो ।

कोजाग्रत पूर्णिमा मेला : पुरुष भलिबलको उपाधि बोङखानीलाई

0

कात्तिक ७ गते बुर्तिबाङ कोजाग्रत पूर्णिमाको अवसरमा बुर्तिबाङ राइजिङ यूवा क्लबले आयोजना गरेको कोजाग्रत पूर्णिमा मेला तथा पालिका कप समापन भएको छ ।

आयोजित कार्यक्रम अन्र्तत ठुलो धन राशीको पालिकास्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधी तमानखोला गाउँपालिका बोङखानीले हात पार्न सफल भएको छ । बेस्ट अफ फाईभमा भएको फाइन खेल सुनचाँनी व्यवसायी संघ बुर्तिबाङ ३÷१ सेटले पछि पार्दे बोङगाखानीले प्रथम स्थान हासिल गरेको हो ।

त्यस्तै सुनचाँदी व्यवसायी सङ्घले दिर्तिय स्थानमा चित्त बुझाएको छ । कुल ८ समुह विच पुरुष भलिबलमा प्रतिस्पर्धा भएको थियो । त्यस्तै महिला भलिवल प्रतियोगिता वडिगाड गाउँपालिका प्रथम र तमानखोला गाउँपालिका दिर्तिय भएका छन । ३५ बर्ष माथिको भेट्रान्स भलिबलमा निसीखोला गाउँपालिका ढाँडखर्क समुह प्रथम र ढोरपाटन नगरपालिका २ दिर्तिय भएको हो । समापन सत्रको कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य माननिय दोर्ण कुमार कुवँरले उद्घाटन गर्नुभएको थियो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दे सांसद कुवँरले खेलकुद र संस्कृतिको संरक्षण गर्दे यहाँको विकास र निकासका सन्दर्भमा सबै राजनैतिक दल समाजसेवी बुद्धिजीवीलाई एक ठाउँमा ल्याउने माध्यमको रुपमा बुर्तिबाङ राइजिङ यूवा क्लबको महत्वपूर्ण भुमिका रहेको बताउनु भयो ।

सांसद कुवँरले विकास निर्माणका सन्दर्भमा आफनो धारणा राख्दै यहाँको समृद्धिका निम्ती आफुरुहले निरन्तर काम गरिरहेको बताउँदै निर्माण कम्पनी र राज्यकै कारण अलपत्र बनीरहेको सालझण्डी ढोरपाटन सडकका विषयमा आफूहरूले निरन्तर आवाज उठाएको बताउनु भयो ।

मन्त्रालय र प्रधानमन्त्री समक्ष आफुले यस विषयमा ध्यानाकर्षण गराइसकेको बताउँदै अब चाँडै सडक निर्माणको कामले गति लिने बताउनु भयो । यस क्षेत्रका नागगिरकले आर्थिक अभावकै कारण अकालमा ज्यान गुमाउनु पर्ने वाध्यतालाई आत्मसाथ गर्दे बुर्तिबाङ स्वास्थ्य केन्द्रलाई ५० शैयाको प्रदेश स्तरीय अस्पताल बनाउने कार्यमा स्थानीय तहदेखि आफूहरू निरन्तर लागिरहेका कारण अब चाँडै उद्‌घाटन गरेर सेवाको सुभारम्भ हुनेमा जोड दिनुभयो ।

चाँचलघाट मोटरेवल पुल, उत्तरगंगा जलाशय युक्त आयोजना लगायतका विषयमा समेत आफूहरूले निरन्तर ध्यानाकर्षण र पहल गरिरहेको बताउँदै बुर्तिबाङ बसपार्क क्षेत्र र आसपासमा सरकारी जग्गा अतिक्रमण गरि बनाइएका संरचना हटाउने अभियानमा ढोरपाटन नगरपालिकालाई आग्रह गर्नुभएको हो ।

क्लब अध्यक्ष मिथुन विकको अध्यक्षता रहेको कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत, वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा , जनप्रतिनिधी, कर्मचारी, सहयोगी दाता लगाएतको आतिथ्यता रहेको थियो । आज सबै कार्यक्रम सम्पन्न गरी पुरस्कार वितरण कार्यक्रम रहेको छ ।

 

विवाईसी द्धारा दिगो पर्यटन प्रर्वद्धन परियोजनाका सन्दर्भमा सरोकारवाला बिच छलफल तथा अन्तरक्रिया

0

 

कात्तिक ६ गते बुर्तिबाङ

सिवाइसी बागलुङको आयोजनामा बुर्तिबाङमा दिगो पर्यटन प्रर्वद्धन परियोजनाका सन्दर्भमा सरोकारवाला बिच छलफल तथा अन्तरक्रिया कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ ।

टीडीएच विएमजेठ जर्मनीको आर्थिक सहयोगमा सञ्चालित ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा सञ्चालित दिगो पर्यटन प्रर्वद्धन परियोजना अन्र्तगत संस्थाले गरिरहेका काम, त्यसको उपलब्धीको अवस्था र आगामी रणनीतिका विषयमा छलफल गरिएको हो ।

डोनर भिजिट कार्यक्रम अन्र्तगत संस्थाले स्थापना गरेका विभिन्न वाल क्लबका प्रतिनिधि, महिला समुह, युवा समुह, होम स्टे सञ्चालन समुह, शिक्षक प्रतिनिधि लगायत सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपालका लागी कार्यक्रम कोर्डिनेटर अम्मर थापा, जर्मनीका कार्यक्रम प्रमुख क्रिसको उपस्थिति रहेको थियो । उनीहरूले यहाँ विवाइसी ले दिगो पर्यटन प्रर्वदन परियोजनाका सन्दर्भमा अन्र्तक्रया तथा छलफल गर्दे भइरहेका कामको अवस्थाको विषयमा जानकारी लिएको हो ।

दिगो पर्यटन प्रर्वद्धन परियोजनाका अन्र्तगत होमस्टे सञ्चालक र व्यवस्थापकलाई तालिम, अनुदानका कार्यक्रम, विभिन्न विद्यालयमा बाल क्लब गठन, आमा समुह गठन, युवा क्लब गठन, शिक्षकलाई दिगो पर्यटन प्रर्वद्धन परियोजना र शिक्षण गुणस्तर वृद्धि सम्बन्धी तालिम लगायतका कार्यक्रम गर्दे आइरहेको संस्थाले आगामी ३ बर्ष सम्म परियोजनाको रुपमा काम गर्ने भएको पाइएको छ ।

परियोजनाले महिलाहरूलाई पर्यटन, होम स्टे कृषि लगायतका माध्यमबाट आत्मनिर्भर संग जोड्ने, युवालाई पर्यटन संग जोड्ने र विदेश पलायन हुन बाट रोक्ने, विद्यार्थीहरूलाई वाल क्लब मार्फत पर्यावरण सुधार, अनुशासन र पर्यटन संग जोड्ने गरी सिकाइ बृद्धि गराउने, युवा क्लबलाई पर्यटन र रोजगारी संग जोड्न सक्ने कार्यक्रम अगाडि बढाउने लगायतका विषयमा कार्यक्रम अगाडि बढाएको पाइएको छ ।

निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका कार्यक्षेत्र बनाएर काम गरिरहेको संस्थाले स्थानीय तहसँग सहकार्य गरेर अगाडी बढिने जनाएको छ ।

छलफल तथा अन्र्तक्रिया कार्यक्रममा विवाइसी बागलुङका पदाधिकारी, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, बाल क्लबका पदाधिकारी, पत्रकार, आमा समुहका पदाधिकारी, युवा क्लब, होम स्टे सञ्चाल लगायतको सहभागिता रहेको थियो ।

 

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी द्धारा तमान बालगृहलाई सहयोग

0

 कात्तिक ५ बुर्तिबाङ

सिटिजन लाइफ इन्स्योरेन्स द्धारा कम्पनीको ७ औँ बार्षिकोत्सवका अवसरमा तमान बाल गृहलाई स्टेसनरी हस्तान्तरण गरिएको छ । कम्पनीको सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर कम्पनीको बुर्तिबाङ शाखा द्धारा कपी र कलम बालगृहलाई उपलब्ध गराइएको हो ।

बाबु आमा विहीन बेसहारा बालबालिकालाई राखेर तमान बाल गृह सञ्चालन समितीले विगत ३ बर्षदेखि पालिका भित्रका बालबालिकालाई पठन पाठन सँगै पालन पोषण गर्दे आइरहेको छ ।

पालिका भरका २३ जना बालबालिकाले बालगृहमा बसेर नजिकै रहेका धनगौज्वती माध्यमिक विद्यालय तमानमा अध्ययन गर्दे आइरहेका छन । उनिहरुलाई खान बस्न, स्टेशनरी लत्ता लपडा लगाएतका सामाग्रि व्यवस्थापन बालगृह व्यवस्थापन समितीतमानखोला गाउँपालिकाले गर्दे आइरहेको छ ।

समाजमा पढाईबाट बञ्चित रहेका बालबालिकालाई वालगृहले व्यवस्थापन गरिरहेको अवस्थामा सिटिजन लाईफले उनीहरूको पढाईमा सहजता होस भन्ने उद्देश्य सहित स्टेसनरी उपलब्ध गराएको कम्पनीका शाखा प्रवन्धक छविलाल पाण्डेले बताउनु भयो ।

बालगृह व्यवस्थापन समिती अध्यक्ष तथा तमानखोला गाउँपालिका ३ का अध्यक्ष झक बहादुर बुढा, धन गौज्वती माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक, जनप्रतिनिधि, समितिका पदाधिकारी लगायतको उपश्थितीमा आयोजित कार्यक्रममा वडा अध्यक्ष झक बहादुर बुढाले बोल्दै सिटिजन लाईफले नागरिकको जीवन रक्षा संगै दुर्गममा रहेको बालगृहलाई समेत सम्झिएर स्टेशनरी सामाग्रि उपलब्ध गराएकोमा धन्यबाद दिँदै सिटिजन लाईफले नागरिकलाई आर्थिक रुपमा बचत गर्ने बानीको विकास सँगै जीवनमा आइपर्ने जोखिमलाई  आर्थिक रूपबाट हस्तान्तरण गर्ने जिम्मेवारीमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको बताउनु भयो ।

कार्यक्रममा सिटिजन लाइफ इस्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर भिम कुमारी क्षेत्रीको समेत उपस्थिति रहेको थियो । 

बुर्तिबाङ राईजिङ युवा क्लब द्धारा आयोजित कोजाग्रत पूर्णिमा मेलाको उद्घाटन

0


कात्तिक ४ गते

बुर्तिबाङ राइजिङ युवा क्लब द्धारा आयोजित कोजाग्रत पूर्णिमा मेला तथा पालिका कप कार्यक्रमको आइतबार उद्‌घाटन गरिएको छ । गत कात्तिक १ गतेदेखि विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले प्रमुख अतिथिको रुपमा कार्यक्रमको उद्‌घाटन गर्नुभएको हो ।

बुर्तिबाङ राइजिङ युवा क्लबको २२ औँ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमको उद्‌घाटन गर्दे मेयर कायतले खेलकुद कला संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउँदै ढोरपाटन नगरपालिकाले पालिका कपलाई समेत कोजाग्रत पूर्णिमा मेला सँग जोडेर कार्यक्रम गरिरहेको बताउनु भयो ।

बागलुङ संस्कृति र खेलकुदमा अब्बल रहेको बताउँदै यहाँ स्थापित क्लबहरूले खेलकुदका कार्यक्रममा मात्र सीमित नरही सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दे स्थानीय सरकारले आफ्नो क्षमताले भ्याए सम्म विकास निर्माणका काम गरिरहेको बताउँदै यस क्षेत्रको मुख्य आम्दानीको श्रोत र पर्यटकीय गन्तव्य ढोरपाटन पुग्ने सडक हालसम्म अलपत्र रहेको बताउँदै निरन्तर खबरदारी भइरहेको बताउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनु भएका बुर्तिबाङ राइजिङ युवा क्लबका संस्थापक अध्यक्ष चन्द्र अर्यालले बोल्दै ऐतिहासिक पूर्णिमा मेला यहाँको कला संस्कृर्ति र खेलकुदको जर्गेना गर्ने उद्देश्य सहित २२ बर्ष पहिले आफ्नो सक्रियतामा स्थापना भएको बताउनु भयो ।

यस क्लबले यहाँको संस्कृति, खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै आगामी दिनमा यस क्षेत्रको अब्बल सामाजिक संस्थाको रुपमा स्थापित गराई समाज रूपान्तरण मुखि काममा जोडिन सुझाव दिनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्ति, तमानखोला गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्याल, ढोरपाटन नगरपालिका १ का अध्यक्ष वान बहादुर छन्त्याल, मेलाका सल्लाहकार नर बहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमका अवसरमा चर्चित कलाकार समीक्षा अधिकारी स्थानीय कलाकारको बिजोड साङ्गीतिक प्रस्तुती रहेको थियो । मेलाका अवसरमा पालिका स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम भइरहेका छन ।मेला कात्तिक ७ गते सम्म सञ्चालन हुने भएको हो ।

 

बुर्तिबाङ राईजिङ युवा क्लबका विभिन्न कार्यक्रम जारी : भोली उद्घाटन हुँदै

0

पश्चिम बागलुङकै ऐतिहासिक कोजाग्रत पूर्णिमा मेलाको भोली आइतबार विधिवत उद्धघाटन हुने भएको छ ।
गत कात्तिक १ गतेदेखि सञ्चालन भइरहेको विभिन्न खेलकुद तथा सांस्कृर्तिक कार्यक्रमको भोली ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले उद्धघाटन गर्नुहुने भएको हो ।
आज सम्म भएको खेल अन्र्तगत ३५ बर्ष माथिको भेट्रान्स भलीवल प्रतियोगिता तर्फ ढोरपाटन नगरपालिका २ र निसीखोला गाउँपालिका धाँडखर्क फाइनलमा प्रवेश गरेका छन । विभिन्न ९ समुहको सहभागिता रहेको प्रतियोगिता फाइनल चरणको खेल बाँकी रहेको हो ।
त्यस्तै पालिका स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । दुई लाख दुई हजार २ सय २२ रुपैयाँ प्रथम पुरस्कार राशिको खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला पालिका स्तरीय महिला भेट्रान्स भलिवल,पुरुष महिला रस्साकस्सा, एकल नृत्य, सामूहिक नृत्य ,डान्स प्रतियोगिता, दोहोरी गित, कृषि प्रर्दशनी, तेक्वान्डो लगायतका कार्यक्रम आयोजना गरेको क्लबले विभिन्न सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको हो । खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता तर्फ हालसम्म थकाली सेवा समाज, सुनचाँदी व्यवसायी संघ,बोङखानी समुह, निसीखोला २, निसीखोला ७, आयोजक समुह र ढोरपाटन नगरपालिकाको नाम दर्ता भएको छ ।
मेलालाई सफल पार्न ढोरपाटन नगरपालिकाले मुख्य प्रायोजकको रुपमा दशलाख रुपैयाँ सहयोग गर्ने भएको छ । त्यस्तै विभिन्न सहयोगी दाताबाट आर्थिक सहयोग सङ्कलन भइरहेको जनाइएको हो । कार्यक्रम कात्तिक ७ गते सम्म सञ्चालन हुने जनाइएको छ ।

बुर्तिबाङमा बल्छीले माछा मार्ने प्रतियोगिता

0

 कात्तिक ३ गते बुर्तिबाङ

बुर्तिबाङमा बल्छीले माछा मार्ने प्रतियोगिता सञ्चालन गरिएको छ । नौलो खेल संगै नदि नाला, प्राकृतिक सम्पत्तिको संरक्षण गर्ने उद्देश्य सहित नौलो प्रकृतिको कार्यक्रम सञ्चालन गरिएको हो ।

बुर्तिबाङ ब्याडमिन्टन क्लबको आयोजना बागलुङ ढोरपाटन समाज हङ्गकङको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता सञ्चालन गरिएको हो ।

शनिबार बिहान नदि सरसफाइ संगै दिउसो १ बजे सञ्चालन भएको प्रतियोगितामा १३ जना बल्छिले माछा मार्ने प्रतिस्पर्धीको सहभागिता रहेको थियो । एक घण्टाको समय दिइएकोमा सहभागिमध्ये सुनिल श्रेष्ठ प्रथम हुनुभएको छ । त्यस्तै धन बहादुर श्रीस दिर्तिय र कमल घर्ति तिर्तिय हुनुभएको हो ।

उत्कृष्ट हुनेले क्रमश नगद १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्राप्त गरेका छन । बुर्तिबाङ लक्ष्मिकुण्ड पुलदेखि घट्टबोट सम्म खेलिएको उक्त प्रतियोगितामा दर्शकहरूको सहभागिता रहेको थियो नौलो प्रकारको खेल भएका कारण पनी धेरैमा चासो देखिएको स्थानीय दर्शकले बताए ।

खोला नालामा पछिल्लो समय फोहोर गर्ने, माछा करेन्ट लगाएर मार्ने, प्राकृतिक श्रोत साधनको संरक्षणमा कसैको ध्यान जान छोडेपछि सरसफाइ संगै नयाँ प्रकारको खेल सञ्चालन गरिएको बागलुङ ढोरपाटन समाज हङ्कङका सदस्य राजकुमार श्रेष्ठले बताउनु भयो ।

ढोरपाटनमा यो यामका लागि शिकार शुरू : १२ नाउर, ८ झारल र ११ बँदेलको शिकार गर्न अनुमति

0

ढोरपाटन शिकार आरक्षमा यस यामको शिकार शुरू भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले १२ नाउर, आठ झारल र ११ बँदेलको शिकारका लागि अनुमति दिएकोमा एक जना अस्ट्रेलियाली नागरिकले नाउरको शिकार गरेसँगै यस यामको शिकार शुरू भएको हो ।

आरक्षमा पहिलो शिकार याम असोज–कात्तिक र दोस्रो चैत–वैशाखसम्म हुने गर्छ । निकुञ्जका वरिष्ठ व्यवस्थापन अधिकृत पेम्बा शेर्पाका अनुसार यस याममा चार कम्पनीमार्फत १२ विदेशी शिकारीले शिकारको अनुमति लिएका छन् ।

विभागले शिकार गर्नका लागि न्यूनतम राजस्व निर्धारण गर्ने गरेको हुन्छ । अहिले नाउरको एक लाख ५० हजार, झारलको ७५ हजार र बँदेलको १० हजार रुपैयाँ न्यूनतम राजस्व तोकिएको छ । न्यूनतमभन्दा धेरै बोलपत्र आएमा बढाबढमा शिरको अनुमति प्राप्त गर्ने गर्छन् । यस याममा नाउरको सबैभन्दा बढी १२ लाख ३० हजार र झारलको सात लाख २५ हजार रुपैयाँ कबोल गरिएको अधिकृत शेर्पाले जानकारी दिनुभयो ।

शिकारका लागि अनुमति दिएका नाउर, झारल र बँदेलको गरी यो याममा एक करोड ४५ लाख ९२ हजार चार सय रुपैयाँ राजस्व आम्दानी भएको छ ।

ढोरपाटनको पर्यावरण जोगाउन सिसा र प्लास्टिक जन्य बस्तुको व्यवस्थापनमा  नगरपालिकाको चासो 

1


कात्तिक २ गते ढोरपाटन
ढोरपाटन उपत्यकामा मदिराजन्य बस्तुको प्रयोगले सिसा जन्य बस्तु जथाभावी फालिदिएपछि नगरपालिकाले कडाइ गर्दे नियमनमा सक्रियता देखाएको छ ।
पर्यटकीय एवम् धार्मिक स्थल ढोरपाटनमा विभिन्न होटलहरू सञ्चालन हुँदै गर्दा सिसा जन्य बस्तु खुलेयाम फालिएको र त्यहाँ पुग्ने पर्यटकले समेत सिसा र प्लास्टिक जन्य बस्तु खुलेयाम फाले संगै नगरपालिका र वडा नम्बर ९ को कार्यालयले चासो देखाएको हो ।
गत साउन महिनामा सूचना प्रकाशन गर्दे सिसा जन्य बस्तुमा राखिएको मदिरा निशेष गर्न र प्लास्टिक जन्य बस्तुको व्यवस्थापन गर्न आव्हान सँगै सचेत गराएको पालिकाले त्यसलाई स्थानीयबाटै कार्यान्वयन नगरेको भन्दै स्थानीय होटल व्यवसायी संग बिहीबार अन्तरकृया गरेको हो । 

होटलबाट बाहिरी क्षेत्रमा प्लास्टिक र सिसा जन्य बस्तु जथाभावी नफाल्न र सभ्य नागरिकको पहिचान आफबाटै सुरुवात गर्नुपर्ने बताउँदै पालिका र वडाले लिएको अभियानमा सबैले साथ दिएर ढोरपाटनलाई थप पर्यटन प्रर्वद्धनमा अगाडि बढाउन सबैले सहयोग गर्नुपर्ने वडा नम्बर ९ का अध्यक्ष खिम बहादुर घर्तीले बताउनु भयो ।
अन्र्तक्रृया कार्यक्रममा ढोरपाटन नगरपालिकाको तर्फदेखि वडा अध्यक्ष खिम बहादुर घर्ती, नगरपालिका कर्मचारी, नगर प्रहरीको उपश्थिती रहेको थियो । त्यस्तै स्थानीय होटल व्यवसायी, सिकार आरक्ष संरक्षणार्थ खटिएको आर्मीको टोली , स्थानीय बासिन्दा लगायतको उपश्थितीमा अन्तरकृया गरिएको हो ।
कार्यक्रमबाट आगामी दिनमा ढोरपाटन उपत्यकामा फोहोर व्यवस्थापनमा सबैले हातेमालो गर्ने, आन्तरिक र बाह्रय पर्यटन प्रर्वद्धनमा हातेमालो गर्ने लगायतका विषयमा छलफल भएको हो । सिसाका बोतलमा बिक्री गरिने मदिरा ढोरपाटन उपत्यकामा निशेध गर्न नगरपालिका र वडा कार्यालयले ध्यानाकर्षण गराएको थियो ।