कोजाग्रत पूर्णिमा मेला : पुरुष भलिबलको उपाधि बोङखानीलाई

कात्तिक ७ गते बुर्तिबाङ कोजाग्रत पूर्णिमाको अवसरमा बुर्तिबाङ राइजिङ यूवा क्लबले आयोजना गरेको कोजाग्रत पूर्णिमा मेला तथा पालिका कप समापन भएको छ ।

आयोजित कार्यक्रम अन्र्तत ठुलो धन राशीको पालिकास्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधी तमानखोला गाउँपालिका बोङखानीले हात पार्न सफल भएको छ । बेस्ट अफ फाईभमा भएको फाइन खेल सुनचाँनी व्यवसायी संघ बुर्तिबाङ ३÷१ सेटले पछि पार्दे बोङगाखानीले प्रथम स्थान हासिल गरेको हो ।

त्यस्तै सुनचाँदी व्यवसायी सङ्घले दिर्तिय स्थानमा चित्त बुझाएको छ । कुल ८ समुह विच पुरुष भलिबलमा प्रतिस्पर्धा भएको थियो । त्यस्तै महिला भलिवल प्रतियोगिता वडिगाड गाउँपालिका प्रथम र तमानखोला गाउँपालिका दिर्तिय भएका छन । ३५ बर्ष माथिको भेट्रान्स भलिबलमा निसीखोला गाउँपालिका ढाँडखर्क समुह प्रथम र ढोरपाटन नगरपालिका २ दिर्तिय भएको हो । समापन सत्रको कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य माननिय दोर्ण कुमार कुवँरले उद्घाटन गर्नुभएको थियो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दे सांसद कुवँरले खेलकुद र संस्कृतिको संरक्षण गर्दे यहाँको विकास र निकासका सन्दर्भमा सबै राजनैतिक दल समाजसेवी बुद्धिजीवीलाई एक ठाउँमा ल्याउने माध्यमको रुपमा बुर्तिबाङ राइजिङ यूवा क्लबको महत्वपूर्ण भुमिका रहेको बताउनु भयो ।

सांसद कुवँरले विकास निर्माणका सन्दर्भमा आफनो धारणा राख्दै यहाँको समृद्धिका निम्ती आफुरुहले निरन्तर काम गरिरहेको बताउँदै निर्माण कम्पनी र राज्यकै कारण अलपत्र बनीरहेको सालझण्डी ढोरपाटन सडकका विषयमा आफूहरूले निरन्तर आवाज उठाएको बताउनु भयो ।

मन्त्रालय र प्रधानमन्त्री समक्ष आफुले यस विषयमा ध्यानाकर्षण गराइसकेको बताउँदै अब चाँडै सडक निर्माणको कामले गति लिने बताउनु भयो । यस क्षेत्रका नागगिरकले आर्थिक अभावकै कारण अकालमा ज्यान गुमाउनु पर्ने वाध्यतालाई आत्मसाथ गर्दे बुर्तिबाङ स्वास्थ्य केन्द्रलाई ५० शैयाको प्रदेश स्तरीय अस्पताल बनाउने कार्यमा स्थानीय तहदेखि आफूहरू निरन्तर लागिरहेका कारण अब चाँडै उद्‌घाटन गरेर सेवाको सुभारम्भ हुनेमा जोड दिनुभयो ।

चाँचलघाट मोटरेवल पुल, उत्तरगंगा जलाशय युक्त आयोजना लगायतका विषयमा समेत आफूहरूले निरन्तर ध्यानाकर्षण र पहल गरिरहेको बताउँदै बुर्तिबाङ बसपार्क क्षेत्र र आसपासमा सरकारी जग्गा अतिक्रमण गरि बनाइएका संरचना हटाउने अभियानमा ढोरपाटन नगरपालिकालाई आग्रह गर्नुभएको हो ।

क्लब अध्यक्ष मिथुन विकको अध्यक्षता रहेको कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत, वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा , जनप्रतिनिधी, कर्मचारी, सहयोगी दाता लगाएतको आतिथ्यता रहेको थियो । आज सबै कार्यक्रम सम्पन्न गरी पुरस्कार वितरण कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित