Home Blog Page 69

जैमिनीमा पीकअप जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, १ जना घाइते

0

बागलुङको जैमिनी नगरपालिका- ७ जैदीको व्यार्थला नजिकै  ‘पिकअप भ्यान’ दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ।

जैमिनी नगरपालिका-८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको भ्यान सोमबार बिहान दुर्घटना हुँदा चालकसहित पाँचजनाको मृत्यु भएको हो। मृतकहरूको पहिचान खुलिनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए।

जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार ६ जना सवार भ्यानमा गम्भीर घाइते भएका एक जनाको जीवितै उद्धार गरिएको छ। उनलाई थप उपचारका लागि धौलागिरी अस्पताल बागलुङ ल्याइएको छ।

घटनाको थप विवरण आउन बाँकी रहेको थापाले बताए।

बडिगाड १० मा एक दम्पत्तिको झुण्डिएको अवस्थामा शव फेला

0

फाइल फोटो

कात्तिक २३ गते बुर्तिबाङ

बागलुङको बडिगाडमा एक दम्पत्तिको शव घरमा झुण्डिएको अवस्थामा फेला परेको छ ।

बडिगाड गाउँपालिका १० निगलपानी का २० बर्षिय जीवन परियार र निजकी २१ बर्षिया श्रीमती सन्ध्या परियार घरमा एकै डोरीको पासो लगाई बिहीबार साँझ झुण्डिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले बताउनु भयो ।

गतवर्ष मात्र निसीखोला गाउँपालिका ५ निसीबाट विवाह गरेका जीवन दम्पतीको २ महिने एक छोरा रहेका छन ।

पोखराको एक होटलमा काम गर्दे आएका जीवन केही दिन पहिले मात्रै घरमा आएको र श्रीमती सन्ध्या परियार माइतमा बस्दै आएको बुझिएको छ ।

परियारले बुधबार मात्रै माइतमा रहेकी श्रीमती र छोरालाई लिएर घर गएका थिए बिहीबार साँझ दुबै जना एकै डोरीको पासोमा झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन ।

प्रहरीका अनुसार घटनाको विषयमा अनुसन्धान भइरहेको र शव पोष्ट मार्टमका लागी बुर्तिबाङ स्वास्थ्य केन्द्रमा राखिएको हो ।

देविस्थान बहुउद्देश्यीय सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा

0

 कात्तिक २१ बुर्तिबाङ

निसीखोला गाउँपालिका २ मा रहेको देविस्थान बहुउद्देश्यीय सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षतामा आयोजित कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि घर्तिले बोल्दै सहकारी गरीबधनी बिचको खाडल पुर्दै स्थानीय श्रोत र साधनको उच्चतम् प्रयोग गर्दे आत्मनिर्भर, उद्यमशील बनाउने माध्यम सँगै दुख सुखमा नजिकको आर्थिक श्रोतको माध्यम रहेको बताउँदै सहकारीलाई सबैले जोगाएर व्यवस्थापन गर्न सके आर्थिक आर्जनको महत्वपूर्ण माध्यम रहेको बताउनु भयो । कुल ५ सय ५१ सेयर सदस्य रहेको उक्त संस्थाले आर्थिक बर्ष २०८०÷०८१ सम्म आइपुग्दा १ अर्ब ७ करोड बढिको कारोबार गर्दे आएको संस्थाले २ करोड ९५ लाख ६८३ रुपैयाँको सम्मानित तथा शेयर विभिन्न कोष रहेको जनाइएको छ ।

त्यस्तै बैँक नगद र मौज्दात गरी ९ करोड १८ लाख ४३ हजार रुपैयाँ रहेको जनाईएको छ । सहकारीले गत बर्ष ९२ लाख आम्दानी गर्दे २९ लाख रुपैयाँ नाफा कमाउन सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । निसीखोला गाउँपालिका २ का अध्यक्ष कुविर विश्वकर्मा, जग्गा दाता तुल बहादुर कुवँर, त्रिवेणी साकोस का अध्यक्ष उत्तम बहादुर महत, सल्लाहकार भविन्द्र बहादुर कुवँर लगायतको आतिथ्यता एवम् शुभकामना मन्तव्य रहेको थियो ।

कार्यक्रमका अवसरमा जग्गा दाता सम्मान, एसईईमा उत्कृष्ट नतिजा ल्याउने सेयर सदस्यका छोरा छोरी सम्मान, असल ऋणी, असल बचत कर्ता, उत्कृष्ट बचत कर्ता, उत्कृष्ट लघुवित्त समुह, सहकारी संस्थालाई योगदान पुर्याउने सञ्चालक समिति लगायतलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।

कार्यक्रममा ऋण असुली समिति संयोजक तम बहादुर कुवँर, लगानी समिति संयोजक इद बहादुर रसाइली, लेखा समिति संयोजक तेजेन्द्र कुमार शर्मा, सल्लाहकार संयोजक भविन्द्र बहादुर कुवँर, संस्थाका सचिव ओम बहादुर खत्री, कोषाध्यक्ष आत्माराम चालिसे द्धारा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संस्थाले निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका कार्यक्षेत्र बनाई सेवा प्रवाह गर्दे आइरहेको छ । कार्यक्रम सचिव ओमलाल खत्रीको सञ्चालनमा सम्पन्न भएको हो ।

निसी बस दुर्घटना २६ जना घाइते ५ जनालाई थप उपचारका लागी रेफर गरियो ।

0

कात्तिक २१ बुर्तिबाङ
रुकुमबाट काठमाडौं जाँदै गरेको बस बागलुङको निसीखोला ६ जाउले पानीमा दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन । रुकुमबाट काठमाडौं जाँदै गरेको ना ८ ख ८४१४ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा परि पाँच जना गम्भिर र २१ जना सामान्य घाइते भएका प्रहरीले जानकारी दिएको छ । बसमा ६६ जना यात्रु रहेको अनुमान गरिएपनी ४४ जनाले मात्र टिकट लिएको एक यात्रुले बताए ।

निसीखोला र रुकुमको सिमानामा पर्ने जाउने पानी भन्ने स्थानमा माथिदेखि झर्दे गरेको बस अनाचन हुँयकिन थालेपछि यात्रुहरु त्रसित भएका थिए । करिब एक सय मिटर तल घुम्टीमा आई पुग्दा बस अनियन्त्रीत भएर पल्टिएको अवस्थामा छ । सडक छेउँमा लगाइएको पर्खालका कारण थप मानविय क्षेतिहुनबाट रोकिएको स्थानीयले बताएका छन ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङ, निसी प्रहरी चौकी, झिवाखोला प्रहरी चौकी ,स्थानीय जनप्रतिनिधी, स्थानीय बासी लगाएतको सक्रियतामा घाइतेको उद्धार गरि बुर्तिबाङ स्वास्थ्य केन्द्रमा उपचारको लागी ल्याइएको छ । घाइते मध्ये सिस्ने गाउँपालिका पुवी रुकुमका ४९ बर्षिय पदम बुढा, जाजरकोट नलगाड नगरपालिका ३१ बर्षिय अमृता बिसी, काठमान्डौ बस्ने २४ बर्षिय सुमन खड्का, निसा बुढा र विनोद शाहीलाई थप उपचारका लागी पोखरा रेफर गरिएको हो ।

अन्य घाइतेको अवस्था सामान्य रहेका कारण बुर्तिबाङ स्वास्थ्य केन्द्रमा उपचार भइरहेको हो ।
ब्रेकफेल भएर बस दुर्घटना भएको प्रारम्भिक अनुमान प्रहरीको रहेको छ ।

घटनाको थप विवरण भने आउन बाँकी रहेको प्रहरीले बताएको छ । केही महिना अगाडी सोही ठाउँ नजिकै बस दुर्घटना भएको थियो ।

भोलि तिहारको अन्तिम दिन भाइटीका, ११ बजेर ३७ मिनेटमा उत्तम साइत

0

तिहारको अन्तिम दिन भोलि भाइटीका । दिदीबहिनीले दाजुभाईलाई टीका लगाइदिएर भाइटीका पर्व मनाइन्छ ।

भाइटीकाको उत्तम साइत भोलि बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । दिदीबहिनी पूर्व र दाजुभाई पश्चिम फर्किएर भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ ।

भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक १८ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।

तिहारको टीकाको दिन दिदीबहिनीले दाजुभाईलाई तथा दाजुभाईले दिदीबहिनीलाई टीका लगाइ दिने चलन छ । टीका लगाएपछि दाजुभाईले दिदीबहिनीलाई दान, दक्षिणा एवम् वस्त्र दिने परम्परा छ ।

परापूर्वकालमा बहिनी यमुनाले यसै दिन दाजु यमराजलाई विशेष मान सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्व छ । दिदीबहिनी नहुनेहरुले भोलि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पुगेर टीका लगाउने चलन छ ।

लायन्स क्लब अफ ढोरपाटनको स्वास्थ्य शिविर सञ्चालनार्थ देउसी कार्यक्रम

0

कात्तिक १७ बुर्तिबाङ

लायन्स क्लब अफ ढोरपाटनले तिहार पर्वको अवसरमा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।

विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको क्लबले कात्तिक १५ र १६ गते बुर्तिबाङ बजारमा देउसी भैलो कार्यक्रम सञ्चालन गरेको हो ।

स्वास्थ्य, शिक्षा, दैवी विपद, वातावरणीय क्षेत्र लगायतमा महत्वपूर्ण कार्यक्रम गर्दे आइरहेको क्लबले विभिन्न शिविर सञ्चालन गर्न, आर्थिक अभावका कारण पढाइबाट बञ्चित बालबालिकाको शिक्षालाई अगाडि बढाउन, विपदमा परेका नागरिकको सेवामा लगानी गर्ने उद्देश्य सहित देउसी कार्यक्रम सञ्चालन गरिएको क्लब अध्यक्ष छविलाल पाण्डेले बताउनु भयो ।

क्लबले दुई दिन सम्म सञ्चालन गरेको देउसी कार्यक्रममा दुई लाख पैँतालीस हजार रुपैयाँ सङ्कलन गर्न सफल भएको अध्यक्ष पाण्डेले बताउनु भयो ।

विगत ५ वर्षदेखि सक्रिय रुपमा अगाडि बढेको लायन्स क्लब ढोरपाटन ३२५ के अन्तराष्ट्रिय क्लब भएका कारण विभिन्न माध्यबाट नागरिकको सेवा भाव सँग जोडिएर काम गर्दे आइरहेको क्लबका पूर्व अध्यक्ष राम प्रसाद आर्चाय ले बताउनु भयो । क्लबका पदाधिकारी, स्थानीय कलाकार सहित सुचारु गरिएको देउसी कार्यक्रम हिँजो साँझ सम्पन्न गरिएको हो ।

क्बल ले निः शुल्क स्वास्थ्य शिविर ,बाढी पहिरो पीडितलाई सहयोग, अनाथ जेहनदार, बालबालिकालाई सहयोग, सचेतना मूलक कार्यक्रम वृक्षारोपण, सर्ने नसर्ने रोग सम्बन्धी सचेतना मूलक कार्यक्रम लगायतका गतिविधि गर्दे आइरहेको छ ।

अलपत्र बन्यो ढोरपाटन सडक‍‍– आयोजना प्रमुखको ध्यानाकर्षण : निर्माण कम्पनी सम्पर्क बिहिन

0

कात्तिक १२ गते बुर्तिबाङ

बागलुङको पर्यटकीय एवम् धार्मिक स्थल पुग्ने सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगतको बुर्तिबाङ ढोरपाटन सडक निर्माणमा निर्माण कम्पनीले ढिलासुस्ती गरिरहँदा यहाँका नागरिक निर्माण कम्पनी, आयोजना र राज्यका निकायसँग आक्रोशित बन्दै गएका छन ।

उनीहरूले सालझण्डी ढोरपाटन नामको सडक आयोजना बुर्तिबाङ देखि ढोरपाटन सम्म कतौटी गरेर छुट्टै निकायबाट काम गर्ने गरी प्रकृया बढाउन आयोजना कार्यालयको ध्यानाकर्षण गराएका हुन ।

सडक निर्माणका निम्ती पटक पटक ताकेता गर्दा समेत सडकको अवस्था झनै जीर्ण हुँदै जान थालेको र स्थानीय नागरिक संगै ढोरपाटन पुग्ने पर्यटकले खेपिरहेको सास्तिको अवस्थालाई अवहेलना गरिएको भन्दै स्थानीय नागरिक आक्रोशित बनेका हुन ।

गत शनिबार ढोरपाटन नगरपालिका ८ मा आम भेला गरेर सङ्घर्ष समिति गठन गरेका स्थानीयले सोमबार ढोरपाटन नगरपालिका कार्यालयमा सालझण्डी ढोरपाटन सडक आयोजना कार्यालयका परियोजना प्रमुख गागल बहादुर भण्डारी सँगको भेटमा कि तत्काल सडक निर्माणको कामले गति लिनुपर्ने अन्यथा ठेक्का तोडेर भएपनि नयाँ प्रकृयामा जानका लागी आग्रह गर्दे पटक पटक ताकेता गर्दा समेत स्थानीयको माग सुनुवाइ नभएमा चरणबद्ध शसक्त कार्यक्रम अगाडि बढाउने स्थानीय जनप्रतिनिधि र नागरिकले धारणा राखेका हुन ।

बुर्तिबाङ देखि फल्लेघर सम्म २२ किलोमिटर सडक खण्ड ३० महिनामा ग्राभेलिङ सम्पन्न गर्ने गरी २०७७ मा जिम्मा पाएको स्वच्छन्द निर्माण कम्पनीले ओम बुद्ध जेवी लाई निर्माणको जिम्मा दिएको थियो । ३० महिना सम्म पनी ३० प्रतिशत काम गर्न नसकेको उक्त निर्माण कम्पनीले समय सकिएपछि पनि पुनह यहि पौष मसान्त सम्मका लागी म्याद थप गर्दे काम सक्ने प्रतिबद्धता जनाएको पाइएको छ ।

तर गत चैत्र महिनादेखि निर्माणको काम रोकेको ओम बुद्ध निर्माण कम्पनीका सञ्चालक पछिल्लो समय सम्पर्क विहीन रहेको सालझण्डी ढोरपाटन सडक आयोजना कार्यालयका परियोजना प्रमुख गागल बहादुर भण्डारीले बताए ।

पटक पटक ताकेता गर्दा समेत निर्माण कम्पनी सम्पर्कमा नआएको र ओम बुद्धले काम नगरेपछि स्वच्छन्द निर्माण कम्पनीले कात्तिक मसान्त देखि आफुहरुले नै काम अगाडी बढाउने प्रतिबद्धता जनाएका कारण उक्त समय सम्म धैर्य गर्न आग्रह गर्दे त्यस पश्चात पनी काम नभएको खण्डमा आवश्यक थप प्रकृया अगाडि बढाउन सकिने बताएका हुन ।

ढोरपाटन नगरपालिकाले आयोजना गरेको आयोजना कार्यालय जनप्रतिनिधि र स्थानीय नागरिक विचको छलफलका क्रममा स्थानीय नागरिक र जनप्रतिनिधिले बोल्दै आफूहरूले धेरै सास्ती खेप्दै आइरहेको र जनप्रतिनिधिले समेत बाहिरबाट आउने प्रर्यटकको गुनासो सुन्ने काम मात्रै भएका कारण तत्काल निर्माणको कामलाई अगाडि बढाउन आग्रह गर्दे काम नहुने भए ठेक्का सम्झौता टोडे्र बुर्तिबाङ —ढोरपाटन खण्डलाइ सालझण्डी सडक आयोजनाबाट हटाउने प्रकृयामा सहयोग गरिदिन आयोजना प्रमुखलाई ध्यानाकर्षण गराइएको हो ।

छलफलका क्रममा सहभागिले अझैपनी समयमा काम नभएको खण्डमा बुर्तिबाङ देखि ढोरपाटन सम्मको खण्डलाई सालझण्डी आयोजनाबाट टुक्राएर स्थानीय तह, प्रदेश र संघ सरकार समक्ष पहल गर्दे निर्माणमा अगाडि बड्ने प्रकृया अगाडि बढाउन पहल गर्ने विषयमा समेत छलफल भएको हो ।

ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले बोल्दै आफूहरूले पटक पटक सडक निर्माणका सन्दर्भमा ध्यानाकर्षण गराइरहे पनि निर्माण कम्पनीको व्यववास्तका कारण समयमा सडक निर्माणले गति नलिएका कारण अब जनप्रतिनिधि र यहाँका नागरिक चुप लागेर नबस्ने बताउँदै आयोजना कार्यालयले समेत निर्माण कम्पनीलाई समयमै ध्यानाकर्षण गराउन आग्रह काम नगरे ठेक्का टोड्ने र सालझण्डी आयोजनाबाट खण्डीत गर्न सहयोग गर्न आयोजना प्रमुखलाई आग्रह गर्नुभयो ।

त्यस्तै गण्डकी प्रदेश सभा सदस्य माननिय दिलमाया पौवीले बोल्दै आफु सहित माननिय दोर्ण कुवँर, जित बहादुर शेरचन तिनैजना प्रदेश सभा सभा सांसदले आयोजना कार्यालय, मन्त्रालय लगाएतका निकायमा पटक पटक ध्यानाकर्षण गराइएको बताउँदै निर्माण कम्पनीकै कमजोरीका कारण यस्तो अवस्था आएको बताउनु भयो ।

अबपनी काम सुरु नभए ठेक्का तोडेर अर्काे विकल्प नखोजे सडकले गति नलिने बताउनु भयो । कात्तिक मशान्त सम्म कम्पनीको विषयमा पर्ख र हेरको अवस्थामा रहने र त्यस समय सम्म पनी काम नगरे ढोरपाट नगरपालिका र स्थानीय संघर्ष समिती पुनह डेलिगेशन लगाएत संघर्षका कार्यक्रममा अगाडी बढ्ने जनाइएको हो । 

कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधी, संघर्ष समितीका पदाधिकारी, निर्माण व्यवसायी लगाएतको उपश्थिती र धारणा रहेको हो । कार्यक्रमको सहजिकरण ढोरपाटन नगरपालिकाले गरेको थियो । 

सालझण्डी ढोरपाटन सडक निर्माणका निम्ती यसबर्ष ४५ करोड बजेट विनीयोजन भएको छ । जसमध्ये गतबर्षको भुक्तान गर्नुपर्ने १७ करोड बजेट भुक्तानी भएको र जम्मा २८ करोडको काम यसबर्ष हुने भएको हो । पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङ खण्डमा काम हुँदै गर्दा बागलुङ र पाल्पा खण्ड अलपत्र अवस्थामा रहेको छ ।

सडक निर्माण समयमा नभएपछि गण्डकी प्रदेश सभा सदस्य दोर्णकुमार कुवँर, दिलमाया पौवी, जित बहादुर शेरचन सहित ढोरपाटन नगरपालिकाले पटक पटक आयोजना कार्यालय, निर्माण कम्पपनी र मन्त्रालय समक्ष ध्यानाकर्षण गराउँदै आएको पाइएको छ ।

अलपत्र बुर्तिबाङ–ढोरपाटन सडकका विषयमा छलफल: सम्पर्कमा छैन निर्माण कम्पनी

0

कात्तिक १२ गते बुर्तिबाङ

बागलुङको पर्यटकीय एवम् धार्मिक स्थल पुग्ने सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगतको बुर्तिबाङ ढोरपाटन सडक निर्माणमा निर्माण कम्पनीले ढिलासुस्ती गरिरहँदा यहाँका नागरिक निर्माण कम्पनी, आयोजना र राज्यका निकायसँग आक्रोशित बन्दै गएका छन ।

उनीहरूले सालझण्डी ढोरपाटन नामको सडक आयोजना बुर्तिबाङ देखि ढोरपाटन सम्म कतौटी गरेर छुट्टै निकायबाट काम गर्ने गरी प्रकृया बढाउन आयोजना कार्यालयको ध्यानाकर्षण गराएका हुन ।

सडक निर्माणका निम्ती पटक पटक ताकेता गर्दा समेत सडकको अवस्था झनै जीर्ण हुँदै जान थालेको र स्थानीय नागरिक संगै ढोरपाटन पुग्ने पर्यटकले खेपिरहेको सास्तिको अवस्थालाई अवहेलना गरिएको भन्दै स्थानीय नागरिक आक्रोशित बनेका हुन ।

गत शनिबार ढोरपाटन नगरपालिका ८ मा आम भेला गरेर सङ्घर्ष समिति गठन गरेका स्थानीयले सोमबार ढोरपाटन नगरपालिका कार्यालयमा सालझण्डी ढोरपाटन सडक आयोजना कार्यालयका परियोजना प्रमुख गागल बहादुर भण्डारी सँगको भेटमा कि तत्काल सडक निर्माणको कामले गति लिनुपर्ने अन्यथा ठेक्का तोडेर भएपनि नयाँ प्रकृयामा जानका लागी आग्रह गर्दे पटक पटक ताकेता गर्दा समेत स्थानीयको माग सुनुवाइ नभएमा चरणबद्ध शसक्त कार्यक्रम अगाडि बढाउने स्थानीय जनप्रतिनिधि र नागरिकले धारणा राखेका हुन ।

बुर्तिबाङ देखि फल्लेघर सम्म २२ किलोमिटर सडक खण्ड ३० महिनामा ग्राभेलिङ सम्पन्न गर्ने गरी २०७७ मा जिम्मा पाएको स्वच्छन्द निर्माण कम्पनीले ओम बुद्ध जेवी लाई निर्माणको जिम्मा दिएको थियो । ३० महिना सम्म पनी ३० प्रतिशत काम गर्न नसकेको उक्त निर्माण कम्पनीले समय सकिएपछि पनि पुनह यहि पौष मसान्त सम्मका लागी म्याद थप गर्दे काम सक्ने प्रतिबद्धता जनाएको पाइएको छ ।

तर गत चैत्र महिनादेखि निर्माणको काम रोकेको ओम बुद्ध निर्माण कम्पनीका सञ्चालक पछिल्लो समय सम्पर्क विहीन रहेको सालझण्डी ढोरपाटन सडक आयोजना कार्यालयका परियोजना प्रमुख गागल बहादुर भण्डारीले बताए ।

पटक पटक ताकेता गर्दा समेत निर्माण कम्पनी सम्पर्कमा नआएको र ओम बुद्धले काम नगरेपछि स्वच्छन्द निर्माण कम्पनीले कात्तिक मसान्त देखि आफुहरुले नै काम अगाडी बढाउने प्रतिबद्धता जनाएका कारण उक्त समय सम्म धैर्य गर्न आग्रह गर्दे त्यस पश्चात पनी काम नभएको खण्डमा आवश्यक थप प्रकृया अगाडि बढाउन सकिने बताएका हुन ।

ढोरपाटन नगरपालिकाले आयोजना गरेको आयोजना कार्यालय जनप्रतिनिधि र स्थानीय नागरिक विचको छलफलका क्रममा स्थानीय नागरिक र जनप्रतिनिधिले बोल्दै आफूहरूले धेरै सास्ती खेप्दै आइरहेको र जनप्रतिनिधिले समेत बाहिरबाट आउने प्रर्यटकको गुनासो सुन्ने काम मात्रै भएका कारण तत्काल निर्माणको कामलाई अगाडि बढाउन आग्रह गर्दे काम नहुने भए ठेक्का सम्झौता टोडे्र बुर्तिबाङ —ढोरपाटन खण्डलाइ सालझण्डी सडक आयोजनाबाट हटाउने प्रकृयामा सहयोग गरिदिन आयोजना प्रमुखलाई ध्यानाकर्षण गराइएको हो ।

छलफलका क्रममा सहभागिले अझैपनी समयमा काम नभएको खण्डमा बुर्तिबाङ देखि ढोरपाटन सम्मको खण्डलाई सालझण्डी आयोजनाबाट टुक्राएर स्थानीय तह, प्रदेश र संघ सरकार समक्ष पहल गर्दे निर्माणमा अगाडि बड्ने प्रकृया अगाडि बढाउन पहल गर्ने विषयमा समेत छलफल भएको हो ।

ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले बोल्दै आफूहरूले पटक पटक सडक निर्माणका सन्दर्भमा ध्यानाकर्षण गराइरहे पनि निर्माण कम्पनीको व्यववास्तका कारण समयमा सडक निर्माणले गति नलिएका कारण अब जनप्रतिनिधि र यहाँका नागरिक चुप लागेर नबस्ने बताउँदै आयोजना कार्यालयले समेत निर्माण कम्पनीलाई समयमै ध्यानाकर्षण गराउन आग्रह काम नगरे ठेक्का टोड्ने र सालझण्डी आयोजनाबाट खण्डीत गर्न सहयोग गर्न आयोजना प्रमुखलाई आग्रह गर्नुभयो ।

त्यस्तै गण्डकी प्रदेश सभा सदस्य माननिय दिलमाया पौवीले बोल्दै आफु सहित माननिय दोर्ण कुवँर, जित बहादुर शेरचन तिनैजना प्रदेश सभा सभा सांसदले आयोजना कार्यालय, मन्त्रालय लगाएतका निकायमा पटक पटक ध्यानाकर्षण गराइएको बताउँदै निर्माण कम्पनीकै कमजोरीका कारण यस्तो अवस्था आएको बताउनु भयो । अबपनी काम सुरु नभए ठेक्का तोडेर अर्काे विकल्प नखोजे सडकले गति नलिने बताउनु भयो ।

कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधी, संघर्ष समितीका पदाधिकारी, निर्माण व्यवसायी लगाएतको उपश्थिती र धारणा रहेको हो । कार्यक्रमको सहजिकरण ढोरपाटन नगरपालिकाले गरेको थियो ।

सालझण्डी ढोरपाटन सडक निर्माणका निम्ती यसबर्ष ४५ करोड बजेट विनीयोजन भएको छ । जसमध्ये गतबर्षको भुक्तान गर्नुपर्ने १७ करोड बजेट भुक्तानी भएको र जम्मा २८ करोडको काम यसबर्ष हुने भएको हो । पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङ खण्डमा काम हुँदै गर्दा बागलुङ र पाल्पा खण्ड अलपत्र अवस्थामा रहेको छ ।

सडक निर्माण समयमा नभएपछि गण्डकी प्रदेश सभा सदस्य दोर्णकुमार कुवँर, दिलमाया पौवी, जित बहादुर शेरचन सहित ढोरपाटन नगरपालिकाले पटक पटक आयोजना कार्यालय, निर्माण कम्पपनी र मन्त्रालय समक्ष ध्यानाकर्षण गराउँदै आएको पाइएको छ ।

बुर्तिबाङमा प्रहरीको आयोजनामा नागरिक सुनवाई कार्यक्रम

0

कात्तिक ११ गते बुर्तिबाङ

बुर्तिबाङमा प्रहरी द्धारा नागरिक सुनुवाइ कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङको आयोजना ढोरपाटन नगरपालिकाको सम्मोन्यमा स्थानीय जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपश्थिती मा यस क्षेत्रमा भइरहेका विकृति, विसङ्गति, समस्या, गुनासोका सन्दर्भमा अन्र्तक्रृया गरिएको हो ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतको अध्यक्षता, ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सहभागि नागरिकको तर्फदेखि युवा तथा बालबालीका बढि मात्रामा लागु पर्दाथ दुर्व्यसनीमा लागेका कारण रोकथामका निम्ती पहल गर्नुपर्ने, दुर्गम गाउँवस्तिमा प्रहरीको सुरक्षा व्यवस्था मजबुत बनाउनु पर्ने, ग्रामीण क्षेत्रमा सवारी भाडा र यात्रा गर्दा यात्रुसंख्या मनपरी राख्ने प्रबृर्ति रहेका कारण त्यसलाई रोक्नुपर्ने, बजार व्यवस्थापन, जुवातास नियन्त्रण गर्नुपर्ने, ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम गर्नुपर्ने, सानै उमेरका किसोर कसोरी यौन क्षेत्रमा सक्रिय भएको , खोलाहरूमा करेन्ट लगाएर माछा मार्ने काम भइरहेको लगाएतका विषयमा जिज्ञासा र प्रश्न राख्दै यस्ता महत्वपूर्ण विषयमा सम्बन्धित निकायबाट प्रभावकारी कार्यक्रम कार्यान्वयनमा जानुपर्नेमा अभागीले जोड दिएका छन ।

सहभागीको तर्फबाट उठेका जिज्ञासाको विषयमा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले बाल्दै सबैको हातेमालो र सम्मोन्य भयो भने मात्र समाज रूपान्तरण हुन सक्ने बताउँदै सहभागि बाट उठेका प्रश्न र जिज्ञासा अतिनै महत्वपूर्ण रहेका कारण स्थानीय सरकारको तर्फदेखि गरिने सचेतना मूलक कार्यक्रमलाई यसवर्ष मुख्य प्राथमिकता दिएर काम गरिने, जुवातास जन्य गतिविधि कानुनले बर्जित गरेका कारण त्यसलाई सचेतना मूलक कार्यक्रमको माध्यमबाट रोक्न अभियान सञ्चालन गरिने, सवारी व्यवस्थापनका क्षेत्रका कार्यक्रम गरिने, नदिमा करेन्ट मार्फत माछा मार्ने कार्यलाई नियन्त्रणका निम्ती कडाइका साथ अगाडी बढिने र माछा संरक्षण कार्यक्रम गरिने विषयमा धारणा राख्नु भयो

। उहाँले थप बोल्दै बालविवाह, यौन, लागू औषध जस्ता विषयमा प्रत्यय विधालय मा पुगेर सरोकारवाला निकाय सहित सचेतना मुलक कार्यक्रम गर्ने गरि बजेट समेत व्यवस्थापन गरिएको बताउनु भयो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख आनन्द बस्नेतले बोल्दै सहभागि बाट उठेका महत्वपूर्ण जिज्ञासा र धारणाको सन्दर्भमा प्रहरीले आफ्नो क्षमताले भ्याए सम्म समाजमा हुने गलत कृयाकलाईपलाई रोक्ने र कानुनी कारवाहीका निम्ती अगाडि बढिरहेको बताउँदै विभिन्न समयमा सचेतना मूलक कार्यक्रम गरिरहेको र अबका दिनमा स्थानीय तह, विभिन्न निकाय संग सम्मोन्य गर्दे सचेतना मूलक कार्यक्रमलाई जोड्ने बताउनु भयो ।

यस क्षेत्रमा भइरहेका नराम्रा गतिविधीका विषयमा प्रहरीलाई खबर गरेर साथ दिन समेत अपिल गर्नुभयो । कार्यक्रम प्र.स.नी. कृष्ण कोइरालाले सञ्चालन गर्नुभएको थियो ।

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखाले दियो एक परिवारलाई मृत्यु दावी भुक्तानी

0

बागलुङ/कार्तिक ९

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखाले यहाँको एक परिवारलाई मृत्यु दावी भुक्तानी गरेको छ । सिटिजनमा बिमा गरेर मृत्यु भएकी स्व.थमन कुमारी रानाको परिवारलाई मृत्यु दावी वापतको वीमा रकम हस्तान्तरण गरिएको हो । बडिगाड गाउँपालिका वडा न . २ घर भएकी मृतकका परिवारलाई घरमै पुगेर २ लाख ५० हजार रुपियाँको चेक हस्तान्तरण गरेको शाखा प्रमुख कमला शर्माले बताइन् । रानाले २०८१ जेष्ठमा २ लाख रुपैयाँको १५ वर्षको लागि १६ हजार १ सय ५८ रुपियाँ बुझाएर वीमा गरेकी थिइन्। कम्पनीले मृतकको परिवारलाई बिहीबार दावी रकम हस्तान्त्रण गरेको हो । बागलुङ शाखाको शाखा प्रमुख कमला शर्माले उक्त रकमको चेक हस्तान्त्रण गरेको साथै त्यहाँ खर्वाङ एरियामा रहनुभएको एजेन्सी मेनेजरहरु पनि उपस्थित हुनुभएको थियो। घरमै पुगेर चेक हस्तान्तरण गरेकोमा उक्त परिवारले सिटिजन लाइफ इन्स्योरेन्स लाई धन्यवाद व्यक्त गरेका थिए।