Home Blog Page 68

बुर्तिबाङमा सञ्चालित निःशुल्क आँखा शिविरमा पहिलो दिन करिब ६ सय नागरिले लिय सेवा ।

0

मंसिर १ गते बुर्तिबाङ

लायन्स क्लब अफ ढोरपाटनको आयोजना र ढोरपाटन नगरपालिकाको साझेदारीमा सञ्चालित निः शुल्क आँखाको चेकजाँच, मोतिविन्दुको अप्रेसन शिविर आजदेखि सुरु भएको छ ।

पहिलो दिनको शिविरमा ५ सय ८१ जना नागरिकले आँखाको चेकजाँच गराएका छन शिविरमा सहभागि मध्ये आज २२ जनाको २३ आँखाको मोतिविन्दुको अप्रेसन गरिएको छ । त्यस्तै १५५ जनालाई पावर अनुसारको चस्मा वितरण, ३७० जनालाई चेकजाँच पछि औषधि उपलब्ध गराइएको छ ।

बिरामीको चेकजाँच संगै आवश्यकताका आधारमा औषधि र चस्मा उपलब्ध गराइएको नेत्र रोग विशेषज्ञ रुद्ध बहादुर खत्रीले बताउनु भयो । मंसिर १ गतेदेखि ३ गते सम्म बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन भइरहेको शिविरको पहिलो दिन बिहान औपचारिक कार्यक्रम सहित सुरुवात गरिएको छ ।

लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष छविलाल पाण्डेको अध्यक्षता, ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी कायतले बोल्दै दुर्गम वस्तिका नागरिकको समस्यालाई मध्यनजर राख्दै लायन्स क्लब अफ ढोरपाटन र विभिन्न निकायको साझेदारीता मा आँखा शिविर भइरहेको बताउँदै आर्थिक रुपमा कमजोर र चेतनाको अभावका कारण उपचार बाट बञ्चित नागरिले यो शिविरबाट लाभ प्राप्त गर्ने अपेक्षा गर्दे लायन्स क्लबले यस क्षेत्रमा महत्वपूर्ण कार्यक्रम गर्दे आइरहेको बताउँदै आगामी दिनमा पनी नगरपालिकाले सहयोग गर्दे जाने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँरले बोल्दै शिविर सञ्चालन गर्दे गर्दा यहाँका सयौँ नागरिकले निः शुल्क रुपमा आँखाको चेकजाँच र उपचार प्राप्त गर्ने बताउँदै आयोजक र सहयोगी संस्थालाई धन्यबाद ज्ञापन गर्नुभयो । ताकम फाउन्डेसन नेडरल्यान्डको विशेष सहयोग रहेको शिविरमा संस्थाका प्रमुख तवान रोवेत्सले बोल्दै  आफूहरूले नेपालका विभिन्न दुर्गम क्षेत्रमा विगत ६ बर्षदेखि यस्तै यस्तै सामाजिक कार्य गर्दे आइरहेको र आगामी दिनमा पनि सहकार्य गर्न तयार रहेको बताउनु भयो ।

कार्यक्रमका अवसरमा ढोरपाटन नगरपालिका १ का अध्यक्ष वान बहादुर छन्त्याल, वडा नम्बर २ का अध्यक्ष भेक बहादुर खत्री, वडा नम्बर ६ का अध्यक्ष उमेश बुढा, ढोरपाटन उद्योग वाणिज्य सङ्घका अध्यक्ष ढालेन्द्र छन्त्याल, नेपाल नेत्रज्वती संघ बागलुङका सभापति विन्दु सागर राज भण्डारी लगाएत पत्रकार, प्रहरी, सहयोगी दाताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका अध्यक्ष छविलाल पाण्डेले बोल्दै विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको क्लबले पश्चिम बागलुङमा आँखाको समस्या भई उपचार बाट बञ्चित रहेका नागरिकलाई लक्षित गर्दे शिविर आयोजना गरिएको र यस शिविरबाट धेरै नागरिकले सेवा लिने बताउँदै आफूहरूले क्लबको माध्यमबाट धेरै सामाजिक कार्य गर्दे आइरहेको बताउनु भयो ।

कार्यक्रम लायन्स क्लब अफ ढोरपाटनका उपाध्यक्ष तेजेन्द्र केसीको स्वागत सचिब हेमेन्द्र घर्तिको सञ्चालनमा सम्पन्न भएको हो ।

शिविरलाई सफल पार्न नेपाल नेत्र ज्वती संघ, हिमालय आँखा अस्पताल पोखरा, धवलागिरी आँखा अस्पत्ताल बागलुङको प्राविधिक सहयोग रहेको हो । त्यस्तै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, नेपाल रेडक्रस सोसाइटी उपशाखा बुर्तिबाङ, ढोरपाटन उद्योग वाणिज्य संघ, बुर्तिबाङ राईजिङ युवा क्लब लगायत विभिन्न सामाजिक संस्थाको सहयोग रहेको हो ।

भोलि आज टिक लिएका मध्ये १७ जनाको मोतिविन्दुको अप्रेसन सहित अन्य बिरामीको चेकजाँच तथा उपचार हुने भएको हो । भोलि बिहान ८ बजेदेखि शिविर सुरु हुने छ । नागरिकले

 

लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा बुर्तिबाङमा निःशुल्क आँखा शिविर हुँदै ।

0


कात्तिक ३० गते बुर्तिबाङ
लायन्स क्लब अफ ढोरपाटनको आयोजना  र ढोरपाटन नगरपालिकाको साझेदारीमा मंसिर १ गतेदेखि ३ गते सम्म बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निः शुल्क आँखाको चेकजाँच उपचार तथा मोतिविन्दुको शल्यक्रिया अप्रेसन शिविर हुने भएको छ ।

विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको क्लबले पश्चिम बागलुङ आँखाको समस्या भई उपचार बाट बञ्चित रहेका नागरिकलाई लक्षित गर्दे शिविर आयोजना गरिएको क्लबका अध्यक्ष छविलाल पाण्डेले बताउनु भयो । शिविरलाई सफल पार्न ताकम फाउन्डेसनले विशेष सहयोग गरेको छ । 

नेपाल नेत्र ज्वती संघ, हिमालय आँखा अस्पताल पोखरा, धवलागिरी आँखा अस्पताल बागलुङको प्राविधिक सहयोग रहेको हो । शिविरलाई सफल पार्न बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, नेपाल रेडक्रस सोसाइटी उपशाखा बुर्तिबाङ, ढोरपाटन उद्योग वाणिज्य संघ, बुर्तिबाङ राइजिङ यूवा क्लब लगायत विभिन्न सामाजिक संस्थाको सहयोग रहने भएको हो ।

मंसिर १,२ र ३ गते हुने शिविरको आवश्यक तयारी पुरा भइसकेको आयोजकले जनाएको छ । भोली बिहान ८ बजेदेखि शिविर सुरु हुने छ । 

 चाडपर्वको समयमा शनिबार खुल्ला रहँदै आएको बुर्तिबाङ बजार भोलिदेखि बन्द रहने 

0


कात्तिक ३० गते बुर्तिबाङ
ढोरपाटन उद्योग वाणिज्य सङ्घको पहलमा प्रत्यक शनिबार बागलुङको दोश्रो व्यापारीक केन्द्र बुर्तिबाङ बजार बन्द हुँदै आएको छ । व्यवसायिक हक हित स्थापित गर्ने उद्देश्य सहित स्थापित संस्थाले चाडपर्वको समय बाहेक अन्य समयमा बजार बन्द गर्दे आइरहेको हो । चाडपर्व सकिएसँगै भोलि अर्थात मंसिर १ गतेको शनिबार देखि प्रत्यक शनिबार बन्द हुने भएको छ ।
चाडपर्वको अवसरमा शनिबार पनी व्यापार व्यवसाय खुल्ला गर्ने गरी गत तिज पर्वदेखि खुल्ला गरिँदै  आएको मा भोलि देखि प्रत्यक शनिबार पसल व्यवसाय बन्द गर्ने निर्णय भएको उद्योग वाणिज्य संघ ढोरपाटनका अध्यक्ष ढालेन्द्र छन्त्यालले बताउनु भयो ।
शनिबार व्यवसाय बन्द गरेर व्यवसायीले आराम गर्ने, हिसाव मिलान गर्ने, सामान व्यवस्थापन गर्ने गरी शनिबार बन्द गर्ने निर्णय भएको पाइएको छ । शनिबार फेन्सी, गल्ला किराना, हार्डवेयर, भाँडा पसल, इलेक्ट्रोनिक्स पसल, तरकारी पसल, उद्योग लगायतका व्यवसाय बन्द रहने गर्दछन । 

तमानखोलामा सञ्चालित निःशुल्क आँखा शिविरमा करिब ८ सय नागरिकले लिए सेवा ।

0

कात्तिक २९ बागलुङ

 जिल्लाको तमानखोला गाउँपालिकामा बुधबार देखि सुरु भएको निः शुल्क आँखाको चेकजाँच उपचार तथा मोतिया विन्दुको अप्रेसन शिविरमा ७ सय ८६ जना नागरिकले सेवा लिएका छन ।

पहिलो दिन ५४६ जनाले सेवा लिएकोमा दोश्रो दिन २ सय ४० जना नागरिकले सेवा लिएका हुन । सहभागि बिरामी मध्ये ६९ जना विरामीको मोतिया विन्दुको अप्रशेन गरिएको छ ।

अन्यको आँखाको चेकजाँच संगै निः शुल्क रुपमा चस्मा, औषधि उपलब्ध गराइएको छ । १ जनाको आँखाभित्र पलाएको मासुको अप्रेसन मार्फत हटाइएको हो ।

पालिकाको केन्द्र बोङगादोभान आधारभुत अस्पताल र तमान स्वास्थ्य चौकीमा गरी सञ्चालन गरिएको शिविरमा तमान स्वास्थ्य चौकीमा मोतिया विन्दुको शल्यक्रिया गरिएको हो ।

तमानखोला गाउँपालिकाको आयोजना, लायन्स क्लब अफ तमानखोलाको व्यवस्थापनमा सुरु भएको शिविरमा ताकम फाउन्डेसनको विशेष सहयोग, नेपाल नेत्र ज्वती संघ, हिमालय आँखा अस्पताल पोखरा, र धवलागिरी आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।

मोतिया विन्दुको अप्रेसन गर्नुपर्ने बिरामीको लागी गाउँपालिकाकाले तमान सम्म ल्याउने लैजाने व्यवस्था समेत गरेको छ ।

 

निसीखोला गाउँपालिकाका शिक्षकलाई सिकाईका रणनीति विषयक तालिम

0

कात्तिक २९ बाग्लुङ्ग
जिल्लाको निसिखोला गाउँ पालिका र कर्मफ्लाइट्स फाउण्डेशनको संयुक्त आयोजना तथा नेदरल्याण्ड स्थित केपिजेड विश्व बिद्यालय र थिओला फाउन्डेसनसँगको सहकार्यमा चम्किला आँखाहरु अभिप्रेरित विद्यार्थीलाई सिकाईका रणनीतिहरु भन्ने विषयमा केन्द्रित रहेर पालिका स्तरिय शिक्षक प्रशिक्षण शृङ्खलाको तेस्रो मोड्युल कार्यक्रम विहिबार सम्पन्न भएको छ ।

गाउँपालिकाको हलमा कात्तिक २८ र २९ गतेसम्म सञ्चालन भएको तालिमले शिक्षकहरुलाई आफ्ना विद्यार्थीको सिकाइ अभिरुचि र क्षमता पहिचान गरि उनीहरुको आँखामा देखिने जिज्ञासा र खुसीको चम्किलोपनको पहिचान गर्ने र विद्यार्थीको विकासका लागि सहयोगी वातावरण सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।

गाउँपालिका अन्र्तगतका ४५ वटै बिद्यालयका शिक्षकको सहभागिता रहेको तालिममा सहभागि शिक्षकहरुले आफुहरुले सिकेका ज्ञान र सिकाई उपलब्धीलाई व्यवहारीक बनाएर शिक्षण सिकाईमा अगाडी बद्ने प्रतिबद्धता जनाएका छन । अझैपनी सामुदायिक विद्यालयमा पुरानै तरिकाबाट गरिने शिक्षण विधीका कारण सिकाई उपलब्धी न्युन रहेको बताउँदै विद्यार्थीलाई सिकाई र पढाई प्रति केन्द्रित गराएर पठन संस्कृर्तिको विकास गरिनेमा शिक्षकहरुले चासो देखाएका हुन ।

समापन सत्रको कार्यक्रममा निसीखोला गाउँपालिका सामाजिक विकास संयोजक चन्द्र सिंह रामजालीको अध्यक्षता रहेको कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख घर्तिले बोल्दै निसीखोला गाउँपालिकाको शिक्षा क्षेत्रको विकासमा कर्मफलाईट्स फाउन्सेशनले महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको बताउँदै सहयोगी दाताहरुलाई धन्यबाद दिनुभयो ।

गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा बढि लगानी गरिरहेको तर शिक्षामा परिणाम कम देखिएका कारण विद्यालयको गुणस्तर, सिकाई उपलब्धी बृद्धि गर्नका निम्ती सबैको साथ र भुमिका अपरिहार्य रहेको बताउनु भयो ।

नेदरल्याण्ड्सको केपीजेड युनिभर्सिटीका प्रमुख सहजकर्ता प्राध्यापक क्रिस्टिना भोल्स्टरम्यान ले मुख्य मन्तब्य दिदै विश्वव्यापी चुनौती, युद्ध र निराशाका बीच पनि बालबालिकाका लागि आशावादी भविष्य निर्माण गर्न शिक्षकहरूले खेलेको व्यापक भूमिका र उनीहरूले शैक्षिक सिकाइलाई मार्गदर्शन मात्र नगरेर दया, करुणा र लचिलोपनको नमूना पनि देखिरहेको र यहाँ सबै शिक्षण पेशा गर्ने साझा उदेश्य र शिक्षाप्रतिको प्रेम, बालबालिका प्रतिको प्रेम र सिकाइप्रतिको प्रेमले हामी सबैलाई जोडेको कुरा बताउनुभयो।

उहाले शिक्षकको हैसियतमा शिक्षक हरुले शिक्षण भन्दा बाहिरका जिम्मेवारीहरू पनि बहन गरिरहेको र उनीहरुको भविष्यलाई पनि आकार दिइरहेका छौं जबकि हाम्रा बालबालिकाहरुले संसारमा युद्ध लगायत थुप्रै चुनौतीहरूको सामना गरिरहेको बर्तमान संसारमा हामीले आशाको दियो जलाउन सक्ने र प्रशिक्षणको दौडानमा ‘चम्कने आँखाहरू’ , तिनीहरूको अर्थ र तिनीहरूलाई कसरी हुर्काउने र शिक्षकको भूमिकामा हामी कसरी आफ्ना विद्यार्थीहरूको आँखा उज्यालो हुने अवस्था सिर्जना गर्न सक्छौं र हामी आफ्नो शिक्षणमा आनन्दको क्षण महसुस गर्न कसरी आफ्नो उत्प्रेरणालाई जिबन्त राख्न सक्छौं भनेर छलफल गरिने बताउनु भयो।

कार्यक्रममा निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्ति, निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार चन्द,वडा नम्बर २ का अध्यक्ष कुविर विश्वकर्मा  निसीखोला गापा युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद न्यौपाने लगाएतको आतिथ्यता रहेको थियो । तालिम संयोजक प्रेम बहादुर कुँवरले कार्यक्रमको सञ्चालन गुर्नभएको थियो ।

 

निसीखोला गाउँपालिकाका शिक्षकहरुलाई २ दिवसीय अन्तराष्ट्रिय शिक्षक तालिम

0

कात्तिक २९ बाग्लुङ्ग
जिल्लाको निसिखोला गाउँ पालिका र कर्मफ्लाइट्स फाउण्डेशनको संयुक्त आयोजना तथा नेदरल्याण्ड स्थित केपिजेड विश्व बिद्यालय र थिओला फाउन्डेसनसँगको सहकार्यमा चम्किला आँखाहरु अभिप्रेरित विद्यार्थीलाई सिकाईका रणनीतिहरु भन्ने विषयमा केन्द्रित रहेर पालिका स्तरिय शिक्षक प्रशिक्षण शृङ्खलाको तेस्रो मोड्युल सुरु भएके छ ।

गाउँपालिकाको हलमा कात्तिक २८ र २९ गतेसम्म सञ्चालन हुने कार्यक्रमले शिक्षकहरुलाई आफ्ना विद्यार्थीको सिकाइ अभिरुचि र क्षमता पहिचान गरि उनीहरुको आँखामा देखिने जिज्ञासा र खुसीको चम्किलोपनको पहिचान गर्ने र विद्यार्थीको विकासका लागि सहयोगी वातावरण सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।

गाउँपालिका अन्र्तगतका ४५ वटै बिद्यालयका शिक्षकको सहभागिता रहेको हो ।
प्हिलो दिनको तालिममा प्रमुख अतिथि निसिखोला गाउँप्ािलका उपाध्यक्ष प्रेम बहादुर घर्ति मगरले समुद्घाटन गर्दै नया ज्ञान र शीप आर्जन गर्न लामो उकाली ओराली पार गरेर तालिममा सहभागी हुन आउनुभएका शिक्षकहरुलाई २ दिने तालिमको अवसरलाई भरपुर सदुपयोग गर्दै सिकेका शैक्षणीक बिधि र असल अभ्यासहरु कक्षामा विद्यार्थी सामु पुरयाउन शुभकामना ब्यक्त गर्नुभयो ।

साथै समाजमा भएका कुरीति र कुसंस्कारलाइ चिर्न शिक्षक आफै रोल मोडेल भएर समाज र विद्यालयलाई रचनात्मक रुपले जोड्दै समाज रुपान्तरणमा योगदान दिन शुभकामना ब्यक्त गर्नुभयो।
बिशिष्ठ अतिथि निसिखोला गापाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार चन्दले शिक्षा र स्वास्थ्यको क्षेत्रमा कर्मफ्लाइट्सले गरेको साझेदारीकोको मुक्त कण्ठले प्रशंसा गर्दै नेदरल्याण्ड र नेपालको मौलिक शिक्षण पद्दतिलाई फ्युजन गरेर बिबिधतापूर्ण कक्षाका फरक फरक सिकारुलाइ सहजरुपमा सिकाउन सक्ने क्षमताको बिकास गर्न र सिकेका कुराहरुलाइ कक्षामा पुर्याई समग्र शिक्षाको रुपान्तरणको लागि प्रयास गर्न आग्रह गर्नुभयो।

नेदरल्याण्ड्सको केपीजेड युनिभर्सिटीका प्रमुख सहजकर्ता प्राध्यापक क्रिस्टिना भोल्स्टरम्यानले मुख्य मन्तब्य दिदै विश्वव्यापी चुनौती, युद्ध र निराशाका बीच पनि बालबालिकाका लागि आशावादी भविष्य निर्माण गर्न शिक्षकहरूले खेलेको व्यापक भूमिका र उनीहरूले शैक्षिक सिकाइलाई मार्गदर्शन मात्र नगरेर दया, करुणा र लचिलोपनको नमूना पनि देखिरहेको र यहाँ सबै शिक्षण पेशा गर्ने साझा उदेश्य र शिक्षाप्रतिको प्रेम, बालबालिका प्रतिको प्रेम र सिकाइप्रतिको प्रेमले हामी सबैलाई जोडेको कुरा बताउनुभयो।

वहाले शिक्षकको हैसियतमा शिक्षक हरुले शिक्षण भन्दा बाहिरका जिम्मेवारीहरू पनि बहन गरिरहेको र उनीहरुको भविष्यलाई पनि आकार दिइरहेका छौं जबकि हाम्रा बालबालिकाहरुले संसारमा युद्ध लगायत थुप्रै चुनौतीहरूको सामना गरिरहेको बर्तमान संसारमा हामीले आशाको दियो जलाउन सक्ने र प्रशिक्षणको दौडानमा ‘चम्कने आँखाहरू’ , तिनीहरूको अर्थ र तिनीहरूलाई कसरी हुर्काउने र शिक्षकको भूमिकामा हामी कसरी आफ्ना विद्यार्थीहरूको आँखा उज्यालो हुने अवस्था सिर्जना गर्न सक्छौं र हामी आफ्नो शिक्षणमा आनन्दको क्षण महसुस गर्न कसरी आफ्नो उत्प्रेरणालाई जिबन्त राख्न सक्छौं भनेर छलफल गरिने बताउनु भयो।

उहांले बिद्यार्थी का आखा अझ धेरै चम्काउन प्रोत्साहन दिनहिम्मतका साथ सिकाउने क्रम जारी राख्न किनकि प्रत्येक बच्चामा उनीहरूको हुर्कने र चम्कने क्षमतामा हुने किनभने अन्तमा, यही कुराले नै शिक्षणलाई मर्यादित र सुन्दर पेसा बनाउँछ र उनीहरूलाई असल कुरा देखाउन, सपना देख्न मदत गर्न र संसारमा परिवर्तन ल्याउन सक्छौं भनेर सिकाउन हाम्रो अजै धेरै आवश्यकता रहेको छु भन्नुभयो।

निसीखोला गापा युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद न्यौपानेले संचालन गरेको कार्यक्रममा सामाजिक बिकास समिति संयोजक श्री चन्द्रसिंह रामजालीको सभाध्यतामा सम्पन्न भएको थियो। तालिम संयोजक प्रेम बहादुर कुँवरले तालिमको बारेमा प्रकाश पार्नु भएको थियो भने नेपाल र नेदरल्याण्ड दुवै देशको राष्ट्रिय गान गाइएको थियो। तालिम आज पनी जारी रहने भएको छ ।

तमानखोलामा निःशुल्क आँखाको चेकजाँच तथा उपचार शिविर सुरु 

0


कात्तिक २८ बागलुङ
जिल्लाको तमानखोला गाउँपालिकामा मंगलबार देखि आँखाका विरामीका लागी निःशुल्क चेकजाँच, औषधि उपचार संगै मोतिया विन्दुको निःशुल्क अप्रेशन शिविर सुरु भएको छ । आज र भोली हुने शिविमा पहिलो दिन करिब ५ सय ५० नागरिकले सेवा लिएका छन ।
पालिकाको केन्द्र बोङगादोभान आधारभुत अस्पत्तालतमान स्वास्थ्य चौकीमा गरी सञ्चालन गरिएको शिविरमा पहिलो दिन आधारभुत अस्पत्तालमा दुई सय ११ जनाको आँखा चेकजाँच गर्दा १७ जनाको मोतिया विन्दुको अप्रेसन गर्नुपर्ने अवस्था रहेको जनाइएको छ ।
त्यस्तै तमान स्वास्थ्य चौकीमा ३३५ चेकजाँच भएकोमा १९ जनाको को अप्रेसन गर्नुपर्ने भएको स्वास्थय कर्मीले जनाएका छन ।
तमानखोला गाउँपालिकाको आयोजना, लायन्स क्लब अफ तमानखोलाको व्यवस्थापनमा सुरु भएको शिविरमा ताकम फाउन्डेसनको विशेष सहयोग, नेपाल नेत्र ज्वती संघ, हिमालय आँखा अस्पत्ताल पोखरा, र धवलागिरी आँखा अस्पत्ताल बागलुङको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।

भोली सम्म सञ्चालन हुने शिविरमा तमानखोला गाउँपालिका अन्र्तगत ६ वटै वडाका नागरिकले निः शुल्क रुपमा सेवा लिन सक्ने भएका हुन । मोतिया विन्दुको अप्रेशन गर्नुपर्ने विरामीको लागी गाउँपालिकाकाले तमान सम्म ल्याउने लैजाने व्यवस्था समेत गरेको छ ।
शिविरको उद्घाट सत्रमा तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत ईश्वर लाल शाक्य ,वडा नम्बर ३ का अध्यक्ष झक बहादुर बुढा,जनप्रतिनिधी, लायन्स क्लब अफ तमानखोलाका प्रतिनिधी, ताकम फाउन्डेशनका प्रतिनिधी, नेपाल नेत्र ज्वती संघ, हिमालय आँखा अस्पत्ताल पोखरा, र धवलागिरी आँखा अस्पत्ताल बागलुङका पदाधिकारी, स्वास्थ्य कर्मी लगाएतको आतिथ्यता रहेको थियो ।

देशलाई अप्ठ्यारो पर्दा साथ दिने नेपाली काङ्ग्रेस हो पूर्व अर्थमन्त्री महत

0


कात्तिक २८ बागलुङ
देशमा विकासको नयाँ चरण सुरु गर्ने, शान्ति सम्झौता अगाडि बढाउने र आगामी दिनमा देशको विकास गर्ने पार्टी नेपाली कांग्रेस रहेको नेपाली कांग्रेका केन्द्रिय प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले बताउनु भएको छ ।
नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ प्रदेश सभा २ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका नेता महतले देशमा दुख परेमा छोडेर भाग्ने, अवसर पाए लिन आउने पार्टी नेपाली कांग्रेस नभएको बताउनु भयो 


“नेपाली कांग्रेसले देशको समृद्धि, विकास र हरेक परिवर्तनमा अग्रणी भुमिका निर्वाह गरिरहेको बताउँदै पार्टीले गरेका राम्रा कामको प्रचार हुन नसकेका कारण राम्रो कामको पनी प्रचार गर्न नेता कार्यकर्ता लाई आग्रह गर्नुभयो । ”
देशमा विभिन्न नयाँ पार्टीहरूको उदय भएपनी राम्रो काम गर्न नसकिरहेको बताउँदै पार्टीभित्र आसपमा मिलेर अगाडी बढ्नुको विकल्प नरहेको बताउनु भयो ।
ठुला पार्टीलाई बाहिर राखेर माओवादीले देशमा सत्ता चलाइरहेको बताउँदै सानो दलले दुइ ठुला दललाई प्रयोग गरेर चलखेल गरिरहेका कारण नेपाली काङ्ग्रेस र एमाले बिचको सरकार गठन भएको बताउँदै अव आउने चुनावमा एमाले र कांग्रेसले कसैलाई बोकेर नहिँड्ने बताउनु भयो ।
प्रवक्ता महतले थप बोल्दै सालझण्डी ढोरपाटन सडक आयोजना अन्र्तगत ढोरपाटन क्षेत्रमा विकासले गति नलिएको देखिएका कारण आफूले पनी चाँडै निर्माणको काम हुने गरी पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।


कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय सदस्य गोविन्द भट्टराई, नेपाली कांग्रेस जिल्ला सभापति माननीय जित बहादुर शेरचन, माननीय दिलमाया पौवी, माननीय दिपेन्द्र बहादुर थापा, जिल्ला उपसभापति तारानाथ पौडेल, क्षेत्रीय सभापती जोक लाल बुढा, ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत लगायतको शुभकामना मन्तव्य रहेको थियो ।

वक्ताहरूले पार्टीलाई थप मजबुतउचाइमा लैजाने गरी नेता कार्यक्रता एक ढिक्का भएर अगाडी बढ्नुपर्ने र पार्टीले गरेका राम्रो कामको प्रशंसा सहित गलत प्रवृत्तिको विरोध गर्नुपर्नेमा जोड दिएका छन ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि कृष्ण थापा, दिपेन्द्र श्रेष्ठ  गल्कोट नगरपालिका प्रमुख भरत शर्मा गैरे, निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्ती लगायतको आतिथ्यता रहेको हो । कार्यक्रम नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ प्रदेश सभा २ का सभापति मेषलाल शर्माको अध्यक्षता, सचिब हेमराज सापकोटाको सञ्चालनमा सम्पन्न भएको हो । 

विभिन्न पार्टी परित्याग गर्दे ढोरपाटन र तमानखोला बाट २० जना कार्यकर्ता काङ्ग्रेस प्रवेश ।

0

कात्तिक २८ बुर्तिबाङ

ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकाबाट विभिन्न पार्टी परित्याग गर्दे २० जना नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन ।

बुर्तिबाङ मङ्गलबार नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रता भेटघाट कार्यक्रमको अवसरमा नेकपा एमाले ढोरपाटन नगरकमिटी वडा नम्बर १ का अध्यक्ष सुरज विश्वकर्मा सहित २० जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।

नेकपा एमाले, नेकपा माओवादी र राष्ट्रिय जनमोर्चाका गरी २० जना कार्यकर्ता  नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको ढोरपाटन नगर कार्यवाहक सभापति विनोद भण्डारीले बताउनु भयो ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ प्रदेश सभा २ ले आयोजना गरेको कार्यक्रता भेटघाट तथा प्रशिक्षण कार्यक्रमा नेपाली कांग्रेसका केन्द्रिय प्रवक्ता तथा पूर्व अर्थमन्त्री प्रकाश सरण महतको उपश्थिती संगै आगन्तुक कार्यकर्तालाई स्वागत गर्नूभएको हो ।

कार्यक्रममा केन्द्रिय सदस्य गोविन्द्र भटराई, जिल्ला सदस्य जीत बहादुर शेरचन, प्रदेश सभापती जोकलाल बुढा, केन्द्रिय महाधिवेशन प्रतिनिधी दिलमाया पौवी, प्रदेश २ सभापती मेशलाल शर्मा ढोरपाटन नगर सभापती धन बहादुर कायत, कार्यवाहक सभापती विनोद भण्डारी लगाएतले स्वागत गर्नुभएको हो ।

कार्यक्रममा नेता कार्यक्रताको उपश्थिती रहेको थियो ।

 

बुर्तिबाङमा सुविधा सम्पन्न अस्पत्ताल बन्नेमा दुई मत छैन स्वास्थ्य मन्त्री पाठक

0

कात्तिक २६ गते
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले सोमबार बुर्तिबाङ स्वास्थ्य केन्द्रको निरीक्षण अनुगमन गर्दे अब चाँडै बागलुङ पश्चिमका नागरिकले स्वास्थ्य सेवाको पहुँचमा पुग्ने बताउनु भएको छ ।
गण्डकी प्रदेश स्ततरीय अस्पत्ताल निर्माणको काम अन्तिम चरणमा रहेको बताउँदै मंसिर दोश्रो साता उद्घाटन गरेर यहाँका नागरिकले स्वास्थ्य क्षेत्रमा राहातको अनुभुती गर्न पाउने बताउनु भयो ।
आफु स्वास्थ्य मन्त्री भएदेखिनै यहाँका निर्वाचित सांसद सहित स्थानीय तहका जनप्रतिनिधी लगाएतको उपश्थितीमा पटक पटक मुख्य मन्त्री, संघ सरकार , स्वास्थ्य मन्त्रालयमा ध्यानाकर्षण गराइएको र आवस्यक प्रकृया पुरा भइसकेका कारण मंसिरको दोश्रो हप्ता सम्म अस्पत्तालको उद्घाटन गरिने बताउनु भयो ।

आफनो कार्यकालमा सुगममा भन्दा बढि दुर्गम क्षेत्रको स्वास्थ्य क्षेत्रको विकास र पहुँच बृद्धि गरिने बताउँदै आफुले डेढ सय बढि महत्वपूर्ण योजना र लक्ष्य निर्धारण गरेर स्वास्थ्य क्षेत्रको सुधारमा अगाडी बढिसकेको बताउनु भयो ।
मन्त्रीले बुर्तिबाङमा ५० शैयाको अस्पत्ताल निर्माण गर्न भौतिक पूर्वाधार प्रर्याप्त रहेको बताउँदै जनशक्ति र आवस्यक श्रोत साधन आवस्यक रहेको बताउँदै यसबर्ष आँपपिपल र बुर्तिबाङ अपस्त्तालका लागी चालु र पूजीगत गरि कुल १२ करोड बजेट सुनिश्चत भइसकेको बताउनु भयो ।

कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादु कायतले बोल्दै यस क्षेत्रका नागरिकले स्वास्थ्य क्षेत्रमा निकै सास्ति खेपिरहेको अवस्थामा ढोरपाटन नगरपालिकाले कर्मचारी र आवस्यक बजेट व्यवस्थापन गरेर केही सेवा सुविधा उपलब्ध गराएपनी अव चाँडै प्रदेश मातमहतबाट सञ्चालन हुँदै गर्दा यहाँका नागरिकले खेप्दै आएको स्वास्थ्य समस्या कम हुनेमा आफुह? विश्वस्त रहेको बताउनु भयो ।


प्रदेश सरकारले जनअपेक्षा वमोजिम आवस्यक श्रोत र साधनको उच्चतम प्रयोग मार्फत सेवालाई बृद्धि गर्नेमा आफुह? विस्वत रहेको बताउँदै भब्य ?पमा अस्पत्तालको उद्घाटन गर्ने गरी तयारी भइरहेको बताउनु भयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशमा अधिकृत प्रशान्त सर्माले समेत चाँडै सेवाको सु?वात हुने बताउनु भयो ।
कार्यक्रममा बुर्तिबाङ स्वास्थ्य केन्द्रका प्रमुख डा. नविन्द्र ढकाललृ बोल्दै यहाँको वर्तमान अवस्था, आवस्यक पुर्वाधार, जनशक्तिको आवस्यकता र बजेटका सन्र्दभमा धारणा राख्दै मन्त्रीलाई रिर्पाट प्रस्तुत गर्नुभएको हो ।


गतबर्ष मात्रै ३५ हजार बढि नागरिकले स्वास्थ्य संस्थाबाट सेवा लिएको यहाँ बागलुङका ४ पालिका सहित गुल्मी, ?कुम लगाएतका ठाउँबाट समेत विरामी आउने गरेको बताउनु भयो ।

कार्यक्रम बुर्तिबाङ स्वास्थ्य केन्द्र व्यवस्थापन समितीका अध्यक्ष वान बहादुर छन्त्यालको अध्यक्षता, स्वास्थ्य कर्मी चुडामणी कँडेलको सञ्चालनमा सम्पन्न भएको हो ।
यहाँको स्थानीय तह ढोरपाटन नगरपालिका संगै यस क्षेत्रबाट निर्वाचित गण्डकी प्रदेश माननिय दोर्ण कुमार कुवँर, दिलमाया पौवी, जित बहादुर शेरचन लगाएतको पटक पटकको सक्रियता र पहलमा प्रदेश स्तरीय ५० शैयाको अस्पत्ताल बन्ने चरणमा रहेको हो ।