Home Blog Page 67

ढोरपाटन उपत्यकामा टेक्वान्डो प्रतियोगिता सुरु : माननीय दिलमाया पौवी द्धारा उद्‌घाटन

0

 

ढोरपाटन उपत्यकामा राष्ट्रिय सिएच आईटिएफ तेक्वान्डो प्रतियोगिता तथा प्रथम ढोरपाटन भ्याली कप सोमबार देखि सुरु भएको छ ।

बागलुङ सिएच आईटिएफ तेक्वान्डोको आयोजनामा सुर भएको प्रतियोगितामा विभिन्न क्षेत्रका १५० खेलाडीको सहभागिता रहेको छ । सोमबार आयोजित उद्‌घाटन सत्रको कार्यक्रमलाई गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले प्रमुख अतिथिको रुपमा उद्‌घाटन गर्नुभएको हो ।

सांसद पौवीले बोल्दै खेलाडीको क्षमता विकास गर्न, अनुशासन सिक्न र देशको पहिचान दिलाउन खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो । खेलको माध्यमबाट धेरै नेपाली युवाहरूले प्रगति गरिरहेको बताउँदै विशेष गरी छोरीहरूका निम्ती आत्मरक्षा गर्नपनि तेक्वान्डो प्रतियोगिताले महत्वपूर्ण सहयोग पुग्ने बताउँदै यस्ता महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यबाद दिनुभयो ।

फरक प्रसङ्गमा बोल्दै् सांसद पौवीले बुर्तिबाङमा प्रादेशिक अस्पतालको अब चाँडै उद्‌घाटन भएर सेवा शुभारम्भ हुने बताउँदै प्रादेशिक अस्पताल सञ्चालनमा आएपछि यहाँका दुर दराजका गरीब, विपन्न नागरिकले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने बताउनु भयो ।

ढोरपाटन नविमा मोटरेवल पुल निर्माणका निम्ती डिपिआर भइसकेका कारण आगामी बर्ष पुल बन्ने र यहाँका नागरिक सँगै पर्यटक आवागमनमा समेत सहज हुने बताउनु भयो ।

ढोरपाटनमा धेरै विकास निर्माण र समृद्धि हुँदै गर्दा यहाँका विकासको बाधक ढोरपाटन सिकार आरक्ष रहेका कारण जनताले सास्ती खेप्दै आइरहेको बताउँदै समग्र विकासमा निरन्तर आरक्ष कार्यालय संग छलफल बहस हुने गरेको बताउनु भयो ।

कार्यक्रममा तमानखोला गाउँपालिका ३ का अध्यक्ष झक बहादुर बूढा, सिएच आइटीएफ तेक्वान्डो केन्द्रिय अध्यक्ष तारा प्रसाईँ , हरि बहादुर घर्ति लगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी, खेलाडीको उपस्थिति रहेको थियो । कुशल घर्तिको अध्यक्षता अनुप बुढाको सञ्चालनमा उद्घाटन सत्रको कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रम बुधबार सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

 

 लेखनका सन्दर्भहरुमा इतिहासमा नियाल्दा

0

रहर लाग्दो चलन पत्रमित्रता गर्ने युवायुवतीहरु

मैले छ सात कक्षामा अध्ययन गर्दा युवा मन्च मासिक पत्रिका, मधुपर्क र गरिमा पत्रिका धेरै सख्यामा प्रकाशन हुने गरेको अवस्था थियो । मैले युवामञ्चको पछिल्ला पानामा भएको फोटो सहितको ठेगानामा आखाँ लगाउँथे । ठेगाना र नाम सहित रुचि पढी पत्रमित्रताका लागि रुचि भएका मानिसहरुको नामावली अध्ययन  गर्थे  ।

तर पत्रमित्रताका लागि पत्र लेख्ने जाँगर र लगाव बढेको थिएन । तर म भन्दा माथिल्लो कक्षामा अध्ययन गर्ने केही बाबा आमा पैसावाला भएका साथीहरुले खुब धेरै साथीहरुसँग पत्रमित्रता कायम गरेर टाढा टाढाका पत्रमित्र साथीहरुबाट पत्र आएको भनेर पढने र  देखाउने गर्दथे । मलाई पत्रमित्रता गर्न पाए हुन्थ्यो भन्ने रुचि जगाउँथे । तर मसँग पत्रमित्रताको लागि प्रस्ताव गर्ने मनपरेका साथीहरुलाई पत्र पठाउन टिकट किन्ने पैसा नभएकोले पत्रमित्र साथीहरु बनाउन असर्मथ बनेको  थिए । केटी साथीहरुले मैले चिनेकाहरुले पत्रमित्रता स्तम्भमा पठाएको कम जानकारी हुन्थ्यो । अधिकांश  केटा साथीहरुले केटी साथीहरुलाई धेरै मात्रामा पत्रमित्रता स्वरुप पत्र लेखेको पाउँथे । मैले पत्रमित्रता आइ.ए. अध्ययन गर्ने समयमा मात्र थोरै पाँच छ जना साथीहरुसँग एक वर्षसम्म पत्राचार गरेपछि छोडिदिए । पत्रमा पुर्व धरानका एक जनाले भ्रमण गर्न आउनका लागि प्रस्ताव गरेका थिए । लामो यात्रा र महँगो यात्रा हुने भएको अन्जान स्थलमा सफलता हासिल हुन सकेन ।  रेडियो नेपालको केन्द्रिय प्रशारण सिंहदरबार,काठमाडौ र क्षेत्रीय प्रशारण मालेपाटन, पोखराबाट छोटो समय पत्रमित्रता गर्न इच्छुक साथीहरुका लागि कार्यक्रम संचालन गरेको हुन्थ्यो । रुचि,भावना र ठेगाना मिल्दोसँग पत्रमित्रता गर्न इच्छा लागेमा पत्र लेख्न सकिन्थ्यो । राम्रा राम्रा अर्थ लाग्ने, फिल्मका हिरो हिरोइनका नामहरुबाट आफनो पनि उपनाम लेख्ने चलन थियो । मैले पनि दुई वटा अन्जान थापा र याम बहादुुर रामजाली मगर जस्ता उपनाम राखे तर नागरिकता, शैक्षिक प्रमाणपत्रहरुमा फरक फरक पर्ने भई अप्ठयारो पर्न थाले पछि उपनामबाट नाम लेख्न छाडिदिए । पछि त युवा मञ्च, नवयुवा मञ्च, विमोचन मासिक पत्रिका, कामना पत्रिका, साप्ताहिक पत्रपत्रिकाहरुमा थुप्रै महानुभावहरुको नाम, ठेगाना हुन्थ्यो खासै रहर लाग्न छोडयो ।  च्याटियो अटो डायरी

विद्यालय छोडेर उच्च अध्ययन गर्नका लागि अन्यत्र जानु भन्दा पहिला आत्मीय साथीहरुले आपसी समन्वय र समझदारीमा भावनाका शब्दहरु सहित फोटो टाँसेर राम्रो डायरीलाई अटो ग्राफ बनाउने प्रचलन थियो । कोही विचमा भारतीय सेनामा भर्ती भैसकेपछि, कुनै बसाइ सराई गरेर पोखरा,बुटवल, नारायणगढ जाने समयमा फोटो लिने दिने गरिन्थ्यो । एस एल सी पास पछि, क्याम्पसमा आइ ए अध्ययन , वि ए अध्ययन गर्दाको समयमा समेत अटो लेख्ने चलन थियो ।

मलै एस एल सी पासको समयमा एक वटा बनाए । तर क्याम्पस अध्ययन गर्दा बनाउने काम गरिन । सहपाठी साथीहरुको तिन चारको अटो ग्राफ डायरी भरिदिने काम गरेको थिए । बढी मात्रामा माया प्रेमका प्रसग, भनाइहरु लेखेर सम्झना स्वरुप उपहार दिने चलन थियो । कक्षा दशमाव पढने समयमा अब छिटै एस एल सी को परिक्षा पछि तितर वितरण हुने भएकोेले मेरो सोच र विचारसँग नजिक भएका साथीहरुले एक एक वटा अटो डायरी बनाउने योजना बनायौ । मैले केटा केटी सबैलाई दिएको थिए । सामान्य खालको डायरी थियो । मन परेका र डायरी भरिदिए हुन्थ्यो भन्नेहरुलाई प्रस्ताव गर्न सकेको थिएन । मैले पनि पाँच छ जना साहीहरुको डायरी भरिदिएको थिए ।

डायरीमा मेरो बढीमा १५ जना महिला पुरुष साथीहरु भएका थिए ।  अटो डायरी पनि कसैले त नभरि दिए हुन्थ्यो भन्नेले हामीलाई भर्न नदिने हो भनी मागी मागी भरिदिए । कोही साथीलाई पटक पटक अनुरोध गरेर भर्ने काम भयो । कसैले बहुत परिश्रम गरेर रगिन बनाएका हुन्थे र हिरो हिरोइनका पोष्टकार्डले कभर गरेका हुन्थे । मेरो एक जना मिल्ने साथीले पनि अलि गुणस्तरीय डायरी खरिद गरेर अटो बनाएका थिए । उहाँको डायरी अटोमा पनि केटा केटीहरुले नै भरेका थिए । तर एक जना केटीले अति भावनात्मक र प्रेममय आत्मीय तरिकाले शब्दहरु लेखेको र अति राम्रो फोटो राखेर भरेको डायरीलाई आलो पालो गरेर साथीहरु माझमा अध्ययन गर्ने गरिन्थ्यो । ति केटी साथीको भाईले समेत त्यो डायरी भरेको अध्ययन गर्न पुगेछ । दिदीले घरमा भाइलाई थाहा नदिई भरेकी रहिछिन् ।

दिदीको फोटो र भावनाका शब्दहरु देखेर भाईलाई सायद रिस र नकारात्मक भावना सृजना भएर होला । केटीको भाइले अटो डायरीमा भएको दिदीको फोटा च्याँटेर लगेछन र साथी मार्फत अटो फिर्ता गरेछन । साथीहरुले अध्ययन गरेर फिर्ता गरेको होला भनेर फिर्ता भएको डायरी पल्टाएर हेर्दा त फोटो च्यातेको भेटदा त हामी अक्क न बक्क भयौ । अर्का एक जना साथी चुप चाप बस्नका लागि अनुरोध गरे । हामीले केही प्रतिक्रिया जनाउने कुरा गरेनौ । पछि बुझदै जादा ति फोटो च्याँटेर लाने साथीले बढी प्रेम भावनामा डुबेर अन्तर जातीय विवाहका लागि योजना समेत हुन्छ कि भन्ने ठानेर अपमानित तरिकाले फोटो च्याटेर प्रतिक्रिया जनाएको हामीले अव्यक्त गर्न नसक्ने भाव अनुभव गयौ । अटोको फोटो च्याँटीको घटना पछि हामी थप साथीहरुलाई भर्न दिने कि नदिने भनेर दोधाँरमा परयौ । थप फरक साथीहरुलाई अटो भर्नका लागि अनुरोध गर्ने कार्यमा पछाडी सरेर नयाँ साथीहरुलाई भर्न नदिने अवस्थामा हामी पुग्यौ ।

गाउँ भरिकालाई चिन्ने हुलाकी अंकल

पहिला हुलाकीको काम गर्ने मानिसलाई बहुत सम्मान गर्दथे गाऊँघरमा । आफना परिवारका सदस्यहरु परदेशमा हुने गर्दथे । भारतीय सैनिकका रुपमा, नेपालका टाढा पुर्व पश्चिममा, जिल्लामा कार्यरत नागरिकहरुले घरपरिवारमा समाचार आदान प्रदान गर्ने एक मात्र माध्यम चिठी पत्रहरु हुलाक मार्फत पठाउने चलन सस्कार थियो । हाम्रो भकुण्डे गाऊँमा अतिरिक्त हुलाक केन्द्मा हरि प्रसाद शर्मा नामका हुलाकी काका हुन्थ्यो ।

उहाँलाई हुलाक सेवा अनुसार कुन पदमा काम गर्नुहुन्छ भन्ने गाउँका कमै मानिसलाई थाहा थियो । तर हुलाकी बाजे वा निफन्नीको हुलाकी बाहुन बाजे भनेर सम्बोधन गर्दथे । हुलाकी बाजेको नाम हरि प्रसाद शर्मा हो भनेर कमै मात्र मानिसहरुले जानकारी राख्दथे । मगर समुदायमा साना देखि ठुला बडा मानिसहरुले पनि साना साना उमेर देखि पाका उमेरका बाहुन समुदायका पुरुष मानिसलाई बाजे र महिलालाई बाहुनी बज्यै भनेर सम्बोधन गर्दथे । साना उमेर साथीहरु बाजे भन्दा कोही कोही रिसाउँने गर्दथे । कोहीले हजुर मात्र भन्थे र सही थाप्थे ।  तर बाबा आमा र समाजले मलाई पनि बाहुन बाजे भन्न नै सिकायो । हुलाकी हरि प्रसाद शर्मालाई गाऊँका हरेक जसो मानिसहरुले चिन्दथे ।

मध्यम स्तरको निलो रगंको झोला बोकेर हिडनहुन्थ्यो । चिठी पत्र सम्बन्धीत घर परिवारलाई बुझाइ सकेपछि कुनै घरमा चिठी पत्र पढन नजान्नेहरुको सदस्य भएमा पत्र पढेर समेत सुनाइदिनु हुन्थ्यो । परदेशमा भएको नातेदारहरुको सन्चै र सकुशल भएको खबरबाट खुशी भएर हुलाकी बाजेलाई तरकारी,कुचो, फलफुलहरु उपहार स्वरुप सौजन्य दिन्थे । घरमा आउदाँ खाली निलो झोला लिएर गएको गाऊँबाट फर्किदा झोला भारी बनाएर घरमा फिर्ता हुने गर्दथे । साधारण चिठी, रिजष्ट्रर चिठीहरु स्वय घरधनीको रोहवरमा नै बुझाउनु पर्ने बाध्यता थियो ।

तत्कालीन भुकण्डे गाऊँ विकास समिति भरिका मानिसहरुको परदेशमा भएका मानिसहरुको नातागोतालाई नजिकबाट चिन्नुहुन्थ्यो । टेलिफोन, इन्टरनेट, मोबाइलको विकास नभएको अवस्था थियो । नेपाल टेलिकममा आवा आउने पठाउने काम दुरसंचारबाट भएपनि अत्यन्त कम मात्रामा जनसमुदायमा पहुँच भएको हुन्थ्यो ।

अहिले हुलाकी काकाको कथा सुनाउँदा केटाकेटीहरुले विश्वास गर्न सक्दैनन । हुलाक सेवाको महत्व समसामयिक समयमा घटदो क्रममा रहेको छ । तर कुरियर्स सेवाको सेवा प्रवाहमा भने निरन्तरता नै रहेको पाउन सकिन्छ । कुरियर्स सेवाको काम हुलाक कार्यालयको सेवा अन्तर्गत पर्ने भए पनि हुलाकको क्षेत्राधिकारमा संकुचन भएको छ । हुलाक कार्यालयले कुरियर्सको काममा व्यवस्थापन गर्न सकेमा सस्तो र भरपर्दो सेवा सहित कम शुल्कमा सेवा लिन सकिने थियो ।

हुलाक सेवाको प्रभाव र प्रयोग सुचना प्रविधिको विकासले घटेपछि हुलाली काकाहरुले समेत सेवाबाट उमेर हद म्यादका कारणले अवकाश  भए । अहिले त एउटै समुदायका मानिसहरु समेत चिनजान गर्ने हुने परिपाटीमा कमी आएको छ । सामाजिक सञ्जालको बढदो प्रयोग स्थानीय अपनत्वका कला,सस्कृति र चालचलनहरु हराउँदै गएको अवस्था पाउन सकिन्छ । हुलाकी काकाहरुले सबै गाऊँमा सेवा दिएर अहिलेका संचारकर्मीहरुको जस्तो सुचना र सचारको अतुलनीय कामकाज गरेका थिए ।

जाडोमा शिक्षकहरुको पुस्तक पोल्ने काम

मैले विद्यालयको सुरुवाती सिकाइ र अध्ययन भैरव माध्यमिक विद्यालय, भकुण्डेमा गरेको हो । पढने समयमा किताब बाहेक अन्यत्र बाहय किताबहरु कम मात्रामा अध्ययन गरेका हुन्थ्यो । वर्ष भरि अध्ययन गरिसके पछि विद्यालयमा फिर्ता गर्नु पर्ने नियम थियो । केही वर्षसम्म मात्र चल्यो । पछि कोही साथीहरुले नयाँ पुस्तक किन्न नसक्नेहरुले पुराना पुस्तकहरु नै सापटी लिएर पढने गर्दथे । विद्यालय भवन साँघुरो थियो ।

विद्यालय फर्निचर सुविधा सन्तोषजनक थिएन घरबाट चकटी लिएर विद्यालय कक्षामा ओछयाएर वर्षौसम्म पढने काम भयो । विद्यालयको स्टोर कोठामा पुराना किताबहरु संग्रहीत थियो । सायद त्यो पुस्तकालय भावी दिनमा परिणत भयो कि जस्तो लाग्दछ । हाम्रो गाऊँमा पुस माघ महिनामा बहुत जाडो हुन्थ्यो । कुनै वर्षको पुस र माघमा हिउँ समेत पर्दथ्यो । सिमसिम झरी समेत परेको समयमा विद्यार्थीहरुलाई पानी आएको छ भन्दै पढाइ नगरी छुरुछुरु जाडोमा बाक्लो ज्याकेट विना कक्षाकोठामा बसी रहेका थियौ । तर शिक्षकहरुको समुहले पुराना किताब, कापीहरु डढाएर आगो फुकेर न्यानो वातारणमा बसी रहेका हुन्थे । त्यतिबेला जाडोको समयमा किताबहरु पोलेर आगो तापेको बेलामा खासै अनुभुति र थप भावनाहरु सोचमा आएन । बोधको ज्ञान समेत बालापनमा आत्मसात भएन ।

तर अहिले ति पोेलेर आगो तापेका पुस्तकहरु अरु विद्यार्थीहरुलाई समानुपातिक तरिकाले बाँडेर अध्ययन गर्न दिएको भयो हुन्थ्यो जस्तो लाग्दछ । स्टोर कोठामा पुस्तकालय स्थापना गरेको भए अहिलेको शिक्षा प्रणालीक र सिकाइको मापन हुने बुक कर्नरको अवधारणा त्यहि बेलामा उपयोग गर्न सकिन्थ्यो । शिक्षकहरु मात्रलाई उपयोग हुने गरी पुराना पुस्तकहरु संग्रह गरेर राख्ने योजना नबनाएकोमा अहिले महत्व बुझदा त्यो समयमा पुस्तक जलाएकोमा बहुत पश्चाताप लाग्दछ  । मैले भन्न खोजेको विषय विद्यार्थीहरुका अगाडी जाडोका समयमा थोत्रा पुस्तकहरु हो भनेर आगोमा नपोलेको भए हुन्थ्यो भन्ने आशय मात्र हो । किताब पोलेको देख्दा कसै कसै विद्यार्थीहरुमा समेत आफुले अध्ययन गर्ने पुस्तकलाई माया,संरक्षण गर्ने र पठन संस्कृतिलाई बढावा दिन नसक्लान कि भन्ने सोच मात्र विकास भएर ममा आएको हो ।

अहिले त थोत्रा किताब कापी किन्न कब्वाडी वालाहरु गाउँ गाउँँमा दैनिक जसो सकलन गर्नका लागि डुलिरहेको अवस्था समेत पाउन सकिन्छ । थोत्रा पुस्तक, कापीहरु पनि कुनै कुनै पुस्तकहरु पुस्तकालय,संग्राहलयमा संकलन गरेर राख्नुपर्ने हुन सक्दछन भन्ने खोजी र पहिचान गर्न बाँकी छ । अमुल्य र बौद्धिक सम्पत्तिका रुपमा भावी पुस्ताका लागि ज्ञान हस्तान्तरणका लागि राख्नु पर्ने सामानहरु हुन कि खेर फाल्नु पर्ने कवाडी सामानहरु हुन भनी छुटाएर राख्नुपर्छ भन्ने मात्र हो । अहिले त सुचना र प्रविधिको युगमा एआई सहित डिजिटल मिडियामा इबुक, इपेपरको बढदो प्रयोग र उत्पादनमा रात दिनमा बढोत्तरी रुपमा विकास भएको अवस्था छ । साइबर अपराधबाट बच्नका लागि हरेक नागरिकलाई जनचेतना कार्यक्रम बस्ती बस्तीमा भाइरल बनाउन जरुरी भएको छ ।

दुने प्रणालीमा आलु साटने इतिहासका पानामा

भकुण्डे गाऊँको माथिल्लो भेगमा वर्षे आलु मौसम राम्रो भएमा खुब आलु उत्पादन हुन्छ । आलु खेती गरेर धेरै भन्दा धेरै जिवीकोपार्जन गरेका मानिसहरु छन् । एक समय वर्षमा आलु राम्रो फल्ने मौसम परेको थियो । आलुलाई ठुलो भकारी, डोकामा भरेर स्टोर गर्ने काम हुन्थ्यो ।

हिउदँमा चैते आलु लगाउन अमलाचौर, पैयुपाटा, कुश्मीशेरा, फलेवास, नारायणस्थान लगायतका मानिसहरु धान,कोदो,मकै लिएर आलुको बिउ लिन थुप्रै मानिसहरु लाइन लगाएर भारी बोकेर आउँथे । धेरै जसोले धान साटनका लागि पहल गर्दथे । दुई पाठी धानको सट्टामा एक पाठी आलु अर्थात चामल एक पाठीको एक पाठी आलु साटफेर गर्दथे । राम्रो धान खोजी खोजी साटने भए पनि चामल लिएर भने आएका हुदैनन्थे । तिन चार माना चामल लिएर भागो अचारका लागि साटेर लैजान्थे । धानको महत्व बढी मात्रामा थियो ।

धान उत्पादन गर्ने खेत कम थियो । कोदो, मकै भकुण्डेमा नै उत्पादन हुने भएकोले त्यति महत्वमा पर्ने थिएनन । मकै र कोदो लिएर आलुको बिऊ साटन आउने मानिसहरु बहुत मुश्किलले आलु पाउथे । आलुलाई प्रति पाठी भनेर पैसामा कम मात्रामा बेच्ने गर्दथे । मेरो मानसपटलमा आलु भन्दा चामल दुने प्रणालीमा साटफेर धान महँगो हुन्छ भन्ने अनुभव गर्दथे । तर पछि बुझदै जादा आलुको बिउ मुल्यको बेमौसमी तरकारीको बराबर जस्तो नै हुदो रहेछ । आलुको बिउलाई दुने साटफेर प्रणालीमा धानलाई सकलन गरेर खाद्यान्न जोहो गर्ने आत्मनिर्भर भकुण्डेबासीहरु अहिले उल्टो आलुका बोराका बोरा जिपमा हालेर अमलाचौर, पैयुँपाटा, नारायणस्थान गाउँमा लैजाने गरेको पाउन सकिन्छ ।

अहिले साउन, भदौको समयमा नै जिपमा बेच्न लैजाने आलु उत्पादन हुँदै आएको छ । दुने प्रणालीको आलु साटफेर प्रणाली ओझेलमा परेको छ । धेरैले पैसामा नै किनबेच गर्दछन् । चामल त २० वा २५ केजीको बोरामा आउने चामललाई उपभोग गर्ने चालन चलन र  सस्कार विकास भएको छ । अहिले बागलुङ बजारमा त ढोरपाटन, ताराखोलाको आलु उपभोगका लागि धेरै मात्रामा आउने गरेको पाउन सकिन्छ । नगद कारोवारमा बढी मात्रामा कृषिजन्य उत्पादन खरिद बिक्री हुने चलन आएको छ ।

अन्तमा

मैले लेखलाई आफु अनुकुल व्याख्या र विश्लेषण गर्ने तर बुझने फरक तरिका र भावमा बुझिदिने गरेको पाए । मैले आफुले अनुभव र विगतका दैनिकीलाई सस्मरणका रुपमा प्रस्तुत गर्ने कामले निरन्तरता पाओस भन्नका लागि हो । तर एक जान साथीले मैले बसिबियालोको लेखनी भनेर लेखेको साथीले बुझदा पुरा आलेख नपढेको कारणले कहाँ याम जी तपाई त बागलुङो लेखानीमा भएको खबर थियो त भनेर भेटघाटमा भनेका थिए । मैले आफना भावना र विचारलाई प्रस्तुत गर्दा लेखको माध्यमबाट गर्ने बानीको विकास भएको छ ।

बाँकी गन्थन मन्थन अर्को टिपन टापनमा बसिबियालोका सन्दर्भहरुमा लेखौला । म भन्दा अझै पुराना पाकाहरुको पुराना यादकर जिवन शैलीहरु पुर्नलेखन गर्न पाएमा राम्रो हुने थियो भन्ने लाग्दछ । मैले त सुरुवाती अवस्थाको समयमा मात्र लेखेको युवा पुस्ताको लेखन यात्रा हो । जुन एक्काइसौ शताब्दीको भन्दा पनि फरक पर्दैन ।  सुरु देखि अन्त सम्म अध्ययन नगरी शिर्षक मात्र पढेर प्रतिक्रिया दिने बानीमा सुधार गरौ ।

लेखक  याम बहादुर थापा मगर

बागलुङ नगरपालिका वडा नं. १० भकुण्डे, धौलेचउर, बागलुङ

बुर्तिबाङ राईजिङ युवा क्लबद्धारा गत बर्षको आम्दानी खर्च विवरण सार्वजनिक

0


बुर्तिबाङ राईजिङ युवा क्लबद्धारा गत बर्षको आम्दानी खर्च विवरण सार्वजनिक गरेको छ । 


सोमबारको भेला मार्फत क्लबले आर्थिक बर्ष २०८०÷०८१ को आम्दानी खर्चको विवरण प्रस्तुत गर्दे आगामी कार्यक्रमको सन्दर्भमा सुझाव संकलन गरेको हो । क्लबको गतबर्ष कोजाग्रत पूर्णिमा मेला सञ्चालनको सन्दर्भमा कुल १८ लाख ४५ हजार ९ सय ३६ रुपैयाँ आम्दानी र २२ लाख २६  हजार ६ सय ४० रुपैयाँ खर्च गर्दा अझै ३ लाख ८० हजार ७ सय ३ रुपैयाँ क्लब घाटामा हरेको विवरण प्रस्तुत गरिएको हो । 


उठन बाँकी १ लाख ८० हजार १ सय रुपैयाँ रहेको बताइरहँदा सहभागिले क्लबले क्षमता अनुसारका कार्यक्रम गर्न र मेला अवधीलाई छोटो बनाएर सभ्य बनाउन सुझाव दिएका छन । 


क्लबले तिर्न बाँकी रकम पहिलो प्राथमिता दिएर तिर्नुपर्ने् र यसबर्षको कोजाग्रत मेलाको तयारीमा जुट्न आग्रह गर्दे एतिहासिक मेलालाई जोगाएर अगाडी बढ्न सबैको साथ सहयोग लिएर अगाडी बढ्न आग्रह गरेका छन ।

कार्यक्रममा क्लब अध्यक्ष मोतिलाल विश्वकर्माले बोल्दै आफुहरुले तिर्न बाँकी रकम चाँडै तिर्ने र यसबर्षको कार्यक्रमको तयारी अगाडी बढाउने बताउँदै क्लबले गरिरहेका रचनात्मक कार्यमा सबैले साथ सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

विपी जयन्तीमा नेपाली काँग्रेस बागलुङ द्धारा गल्कोटमा कार्यक्रता भेला तथा प्रशिक्षण

0

 नेपाली काङ्ग्रेस बागलुङको आयोजनामा सोमबार गल्कोटमा १११ औँ विपी जयन्ती मनाइएको छ ।

नेपाली कांग्रेसका संस्थापक नेता जननायक विश्वेस्वर प्रसाद कोइरालाको जन्म जयन्तीको अवसरमा पार्टीले कार्यक्रता भेला तथा प्रशिक्षण कार्यक्रम गरिएको हो ।

नेपाली कांग्रेस महासमिती सदस्य तथा प्रशिक्षण विभाग सदस्य छन्द पहराई मगरको विशेष उपश्थितीमा रहेको प्रशिक्षण कार्यक्रममा पहाईले एक आपसमा दोषारोपण गरेर मात्रै पार्टी र देशको हित नहुने भन्दै स्वयम आफु परिवर्तन भएमा मात्र सबै कुराको सम्भव रहेको बताउँदै पछिल्लो समयमा अरुलाई दोष थुपारेर मात्रै बस्ने प्रवृत्तिको हाबी भएको बताउँदै खराब प्रवृत्तिको खबरदारी गर्दे आफु पनी चलायमान हुनुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसका महामानव बिपीले गरेरको योगदानका कारण नेपाली कांग्रेस यहाँसम्म आइपुगेको बताउँदै देशको भविष्यको रेखा कोर्ने पार्टी नेपाली कांग्रेस मात्रै रहेको बताउनु भयो ।

जिल्ला सभापति जित बहादुर शेरचनको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रिय सदस्य चम्पादेवी खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथी खड्काले बोल्दै नेपाली कांग्रेस देश र जनताको पार्टी भएको बताउँदै पार्टीलाई अझै शसक्त र चलायमान बनाउने गरि सक्रियताका साथ एक आपसमा समन्वय गरेर अगाडी बड्न नेता कार्यक्रतालाई आग्रह गर्नुभयो ।

संविधान सभा सदस्य निरज पुन, केन्द्रिय महाधिवेशन प्रतिनिधि दोर्ण कुमार कुवँर, क्षेत्रीय सभापती जोकलाल बुढा लगायत नेता कार्यक्रताको मन्तव्य रहेको कार्यक्रममा पालिकाबाट प्रतिनिधि मूलक रुपमा सङ्गठनको अवस्था, पार्टीमा नेतृत्व तहबाट सुधार हुनुपर्ने विषय, आगामी रणनिति लगायतका विषयमा आफ्नो धारणा राखेका हुन ।  गल्कोट नगर सभापती विरजंग भण्डारीको स्वागत जिल्ला सचिव गण्डकी थापाको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा करिब तिन सय नेता कार्यक्रताको सहभागिता रहेको थियो । 

उत्तरगंगा जलविद्युतको काम तत्कालै सुरु हुने

0

 

काठमाडौं, २१ भदौ

ढोरपाटनस्थित उत्तरगंगा जलाशययुक्त जलविद्युत परियोजनाको कामलाई तत्कालै सुरु गर्न विद्युत प्राधिकरणलाई अर्थमन्त्री विष्णु पौडेलले निर्देशन दिएका छन् । आयोजना पुरा गर्नका लागि लाग्ने बजेट सरकारले व्यवस्था गर्ने प्रष्टयाउँदै पौडेलले प्राधिकरणलाई काम थाल्न निर्देशन दिएका हुन ।

शुक्रबार अर्थमन्त्री पौडेलको अध्यक्षतामा परियोजना सम्बन्धि बैठक बसेको थियो । ऊर्जा दिपक खड्का, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उत्तरगंगा पावर कम्पनीका प्रतिनिधि, सांसद देवीप्रकाश भट्टचन, अर्थ र उर्जा मन्त्रालयका सचिवसहितको संयुक्त बैठक बसेको थियो ।

यो आर्थिक वर्षमा उत्तरगंगा जलशाययुक्त जलविद्युत आयोजनामा बजेट नपारिएकाले बजेट कहाँबाट जुटाउने भनि सांसद भट्टचनले बैठकको पहल गरेका थिए । ‘तत्कालै परियोजना सुरु गर्नका लागि कति बजेट चाहिन्छ, तत्काल प्रस्ताव पठाउनुस् । क्याविनेटबाट बजेटको व्यवस्था गर्ने जिम्मा मेरो भयो’, प्राधिकरणका निर्देशक घिसिङलाई पौडेलले भने । उत्तरगंगा जलाशययुक्त विद्युत परियोजना मुलुककै मुहार फेर्ने परियोजना भएकाले मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको ऊर्जा मन्त्री खड्काले बताए ।

प्राधिकरणको मुख्य लगानीमा काम सुरु गर्नका लागि सबै स्रोतको व्यवस्था गरिने आश्वस्त पार्दै पौडेलले भने– ‘यो राम्रो परियोजना भएकाले विद्युत प्राधिकरणले आफै लगानी गर्छ । त्यसका लागि चाहिने थप स्रोतको खोजी र व्यवस्था सरकारले गर्छ । म अर्थमन्त्री भएकै बेला यसको व्यवस्था गर्छु ।’

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका भई बग्ने उत्तरगांलाई बागलुङको निसीखोला गाउँपालिकामा ‘डाइभर्सन’ गरिने भएकाले विरोध रहेको निर्देशक घिसिङले जानकारी गराएका थिए । ‘यो माथिबाटै राजनीतिक तहमा हामी समाधान गर्छौं । प्राधिकरणले काम सुरु गर्नुस्’, अर्थ र ऊर्जामन्त्रीद्वयले समूहिक रुपमा घिसिङलाई काम गर्न निर्देशन दिएका थिए ।

रुकुम पूर्वका लागि अहिले बग्ने खोलाको पानी भन्दा धेरै पानी छोडिने उत्तरगंगा पावर कम्पनीको प्राविधिक पक्षले जानकारी गराएको थियो । कम्पनीका प्रतिनिधिले भने– ‘रुकुम पूर्वका जनतालाई यो परियोजनाबाट हानी हुँदैन । अहिले बग्ने भन्दा बढि पानी बाह्रै माहीना छोड्छौं । र विद्युत उत्पादनबाट त्यहाँका जनतालाई निश्चित रोयल्टी दिने प्राधिकरणले भनि सकेको छ ।’
ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिकासहितको प्रतिनिधिले यसअघि परियोजना तत्काल सुचारु गर्न माग राखेको थियो । गत साउन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पारियोजना छिट्टै सुचारु हुने जानकारी गराएका थिए । ‘प्रधानमन्त्रीज्यूले चार वर्षभित्रै काम सुरु हुने जानकारी गराउनु भयो । तर बजेट थिएन । तत्काल कामका लागि बजेट व्यवस्था कसरी गर्ने भनेर अर्थमन्त्रीको अध्यक्षतामा बैठक राखिएको हो । आजको बैठकबाट ६ महीनाभित्र उत्तगंगा जलाशाययुक्त जलविद्युत परियोजनाको काम थालनी हुन्छ’, बैठकपछि भट्टचनले भने ।
आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भई वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत भइसकेको छ । जलाशायले प्रभावित जग्गा अधिकरण तथा मुआब्जाको लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा तत्कालै अध्ययन गर्न समेत प्राधिकरणलाई निर्देशन दिइएको छ । तत्कालै अधिकरण गरेर मुआब्जा नगरी खण्ड–खण्डमा गर्ने गरी काम अघि बढाउने बैठकमा सहमति भएको छ । जलशायबाट १६ सय हेक्टर जग्गा डुबानमा पर्ने छ । डुबानमा पर्ने सबै जग्गा व्यक्तिका नापीमा पर्दैनन् ।
अहिले विद्युत प्राधिकरण इन्जिनियरिङ कम्पनीमार्फत् आयोजनाको ‘रिभ्यु अफ फिजिबिलिटी स्टडी एन्ड इन बेसिन एन्ड इन्टर बेसिन अप्सन स्टडी’को कार्य भइरहेको छ । पहिलो अध्ययन प्रतिवेदनले ८२८ मेगावाट विजुली उत्पादन हुने देखाए पनि पछिल्लो पटक ८२१ मेगावाट उत्पादन हुने उल्लेख गरिएको छ । पहिलो चरणमा ८२१ मेगावाट उत्पादन भए पनि चरणबद्ध विद्युत उत्पादन गृह थप गरेमा १२ देखि १३ सय मेगावाटसम्म विद्युत उत्पादन हुने विज्ञहरुले बैठकमा जानकारी गराएका थिए ।

 

निसीखोलाको कानावगरमा ऐतिहासिक तिज मेला सुरु: सांसद कुवँर द्धारा उद्‌घाटन ।

0

बागलुङको निसीखोला गाउँपालिका ४ कानावगरमा शुक्रबार देखि जित विशेष कार्यक्रम सुरु भएको छ ।

तिज पर्वका अवसरमा परापूर्व कालदेखि मेला लाग्दै आएकोमा स्थानीय बृहस्पति युवा क्लबको सक्रियतामा पछिल्लो समय मेला लाग्दै आएको हो । क्लबले ११ औँ बार्षिक उत्सवका अवसरमा आयोजना गरेको विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य माननिय दोर्ण कुमार कुवँरले उद्‌घाटन गर्नुभएको हो ।

सांसद कुवँरले बोल्दै स्थानीय कला संस्कृतिको जर्गेना गर्नु सबैको दायित्व रहेको बताउँदै संस्कृतिलाई जर्गेना गर्नका निम्ती क्लबले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

सांसद कुवँरले समग्र निसीखोलाको विकासका निम्ती आफूले क्रमिक रुपमा काम गर्दे जाने बताउँदै जनताले आफूलाई निर्वाचित गराएसँगै जनअपेक्षालाई पुरा गर्ने गरी आफु लागिरहेको बताउँदै असोज पहिलो हप्ता बुर्तिबाङ स्वास्थ्य केन्द्रलाई ५० शैयाको अस्पताल स्तरोन्नति गरी उद्घाटनको निम्ती आवश्यक तयारी भइरहेको बताउनु भयो ।

निसीखोला गाउँपालिकाले राखेका मागलाई क्रमश सम्बोधन गर्दे जाने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्ति, गल्कोट नगरपालिका अध्यक्ष भरत शर्मा गैरे, ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत, रूपा लोकेन्द्र सुनार, लगायतको शुभकामना मन्तव्य रहेको थियो ।

कार्यक्रममा निसीखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन, गण्डकी प्रदेश सभा पूर्व सांसद खिम विक्रम शाही, निसीखोला गाउँपालिका पूर्व अध्यक्ष तारानाथ पौडेल, वडा अध्यक्ष टिकानिधी पौडेल, चन्द्र सिंह रामजाली, कविर बिक, दीपक कुवँर , राजनैतिक दलका प्रतिनिधि, पत्रकार, प्रहरी, स्थानीय समाजसेवी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका अवसरमा स्थानीय महिलाहरूको तिज गित नृत्य संगै आईटीएफ तेक्वान्डोको प्रस्तुती समेत रहेको हो । कार्यक्रम क्लब अध्यक्ष मन बहादुर आर्चायको अध्यक्षता, सचिब भुवन खत्रीको स्वागत , भुमिराज आर्चायको सञ्चालनमा उद्‌घाटन सत्रको कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका अवसरमा ज्येष्ठ नागरिक सम्मान समेत गरिएको थियो ।

भोलिदेखि पुरुष भलिवल, रस्सास्सा, तिज गित प्रतियोगिता लगायतका कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ ।

बृहस्पति युवा क्लबको तिज मेलाको तयारी पुरा माननीय दोर्ण कुवँरले उद्‌घाटन गर्ने ।

0


बागलुङको निसीखोला गाउँपालिका ४ कानावगरमा स्थापित बृहस्पति युवा क्लबले आयोजना गरेको तिज विशेष मेलालाई शुक्रबार गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले उद्‌घाटन गर्नुहुने भएको छ ।


क्लबले प्रत्येक बर्ष हरितालिका तिजको अवसरमा क्लबले तिज गित नृत्य सँगै विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रमको आयोजना गर्दे आइरहेको छ ।
यसवर्ष पनी विभिन्न कार्यक्रमको आयोजना गरिएको र भाद्र २५ गतेसम्म मेला सञ्चालन हुने क्लबका अध्यक्ष मन प्रसाद आर्चायले बताउनु भयो ।
भोली हुने कार्यक्रमको माननीय दोर्ण कुमार कुवँर प्रमुख अतिथी रहने र गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवी , निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्ति, उपाध्यक्ष प्रेम बहाुदर घर्ति, ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, युवा नेता टेकराज पौडेल लगायत जनप्रतिनिधिको आतिथ्यमा उद्‌घाटन सत्रको कार्यक्रम तय गरिएको जनाइएको हो ।
क्लबले पुरुष भलिवल, तिज गित, नृत्य, रस्साकस्सी, ठेलो, ज्येष्ठ नागरिक सम्मान,गरिव तथा जेहेन्दार विद्यार्थी सहायता लगाएतका विभिन्न कार्यक्रमको आयोजना गरिएको क्लब सचिव भुवन क्षेत्रीले बताउनु भयो । खेलकुद कार्यक्रमको नाम दर्ता सुरु भइसकेको जनाइएको छ । 

आर्थिक अभावमा रोकिएको दाहसंस्कार सिटिजन लाईफ ले गर्यो उद्धार ।

0

भाद्र २० गते बुर्तिबाङ

आर्थिक अभावमा शवको दाहसंस्कार गर्नबाट रोकिएको परिवारलाई सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय बुर्तिबाङले उद्धार गरेको छ ।

बागलुङको वडिगाड गाउँपालिका १० दार्लिङ निगलपानीका भानसिंह विकको ११ बर्षिय छोरी गंगा विकको गत मँगलबार आत्महत्या गरी निधन भएपछि प्रहरी स्थानीयको सक्रियतामा बुर्तिबाङ स्वास्थ्य केन्द्रमा बुधबार पोष्टमार्टमका निम्ती ल्याइएकोमा बिहीबार बिहान पोष्ट मार्टम भएको थियो ।

पोष्ट मार्टम पश्चात शवको दाहसंस्कार गर्न परिवार सँग आर्थिक समस्या भएपछि दुई बजेसम्म अन्यौलमा बसेको परिवारलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङका शाखा प्रबन्धक छविलाल पाण्डे, एजेन्सी म्यानेजर अमर बहादुर क्षेत्री, शिवलाल पाण्डे लगायतको सक्रियतामा शवको दाहसंस्कार गरिएको छ ।

लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष समेत रहेका पाण्डे सहित , लायन्स कृष्ण भण्डारी, सिटिजन लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर ढोरपाटन नगरपालिका २ सेराका स्थानीयको सक्रियतामा दाहसंस्कारमा सहयोग गरिएको थियो ।

बुर्तिबाङ देखि सवारीका साधनमा घर पुग्न ४ घण्टा लाग्ने र सवारीमा यात्रा गर्न आर्थिक अभाव तथा पैदल शव लिएर जाँदा दिनभर लाग्ने अवस्था रहेको र बुर्तिबाङ आसपासमा दाहसंस्कार गर्नका निम्ती दाउरा खरिद गर्न सक्ने अवस्था समेत नभएपछि सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ र लायन्स क्लब अफ ढोरपाटनको टिमले दाउरा व्यवस्थापन सहित खाजाको समेत व्यवस्थापन गरेर पीडितको उद्धार गरेको सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ शाखा प्रमुख छविलाल पाण्डेले बताउनु भयो ।

दुर्गम गाउँमा ज्याला मजदुरी गर्दे आएको परिवारमा दुखद घटना घटेसँगै पीडित परिवारले शवको दाहासंस्कारमा समस्या भएको भन्दै सहयोग गरिदिन अपिल गरेका थिए ।

 मंगलबार बिहान घरबाट पानी लिन घर नजिकैको धारामा जान्छु भनी हिँडेकी गँगा घर नफर्किएपछि परिवार र स्थानीयले खोज तलास गर्दा घरदेखि करिब १ किलोमिटर टाढा झुण्डीएको अवस्थामा शव फेला पारेका थिय ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङ को टोलीले घटना स्थलमा पुगेर घटनाको विषयमा बुझ्नुका साथै पोष्ट मार्टमका निम्ती बुर्तिबाङ  ल्याएको थियो । 

निसीखोला गाउँपालिकाले अनुगमनको क्रममा जफत गरेको अखाद्य बस्तु गर्‍यो नष्ट ।

0

भाद्र १९ गते बुर्तिबाङ

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाले पालिकाको विभिन्न स्थानमा गरिएको पसल अनुगमनको क्रममा फेला पारेका म्याद सकिएको खाद्य पदार्थ बिहीबार नस्ट गरेको छ ।

गत भाद्र १२ गतेदेखि १९ गतेसम्म ७ वटै वडाका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा भेटिएको जंकफुट, दाल, चामल, आटा, मैदा, चाउचाउ, बिस्कुट, चिसो प्य पदार्थ लगायतका सामाग्रीको म्याद गुज्रिएको भेटिएपछि पालिकाले जनप्रतिनिधि, कर्मचारी, पत्रकार, प्रशासन, प्रहरी लगायतको रोबरमा नष्ट गरेको हो ।

अनुगमनका क्रममा म्याद गुज्रिएको सामान फेला परेको र आफूहरूले सबैको रोबरमा नष्ट गरिएको गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तीले बताउनु भयो ।

ठूला व्यापारीले साना व्यापारी कहाँ म्याद गुज्रिन लागेका बस्तु लगेर बिक्री गर्ने परिपाटी बढि रहेछ त्यसलाई रोक्नका निम्ती व्यापारीहरूलाई सचेत बनाइएको र आगामी दिनमा व्यापारी समेत सचेत हुनुपर्ने र ग्राहकले समेत खाद्य वस्तुको मिति हेरेर मात्र खरिद गर्न सचेतना गराइएको अध्यक्ष घर्तिको भनाई छ ।

७ दिन सम्म गरिएको अनुगमनबाट करिब एक लाख मूल्य बराबरको अखाद्य बस्तु जफत गरिएको छ । अनुगमनका क्रममा सरसफाइ गर्न, आफ्नो व्यवसायको स्थानीय तहमा दर्ता गर्न, दर्ता बमोजिमको सामान बिक्री गर्न र घर भाडामा भएको भए सम्झौता गर्न आग्रह गर्दे दर्ता नगरी सञ्चालनमा आएका व्यवसायको भाद्र मसान्त सम्म दर्ता प्रकृयामा जान आग्रह गरिएको गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिले बताउनु भयो ।

बिहीबार जफत गरिएको सामान नष्ट गर्ने कार्यक्रममा गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्ति, उपाध्यक्ष प्रेम बहादुर घर्ति, प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगर , प्रशासकीय अधिकृत दिलिप कुमार चन्द, राजश्व परामर्श समिति सदस्य चन्द्रसिंह रामजाली, वडा अध्यक्ष कविर बिक, कार्यपालिका सदस्य, कर्मचारी, इलाका प्रशासन कार्यालय बुर्तिबाङका पवन थापा खाम्चा, प्रहरी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

पालिकाले ग्रामीण क्षेत्रमा अनुगमन गर्न बाँकी रहेका पसलको समेत निरन्तर अनुगमन गर्ने जनाईएको छ ।

राष्ट्रिय जनमोर्चाको विशेष सङ्गठनात्मक अभियान ढोरपाटन ६ मा सम्पन्न ।

0

 

भदौ १७ बुर्तिबाङ

राष्ट्रिय जनमोर्चाको विशेष सङ्गठनात्मक अभियान बागलुङको ढोरपाटन पालिका ६ मा सोमबार सम्पन्न भएको छ ।

गत भाद्र १२ गतेदेखि सुरु भएको अभियान अन्र्तगत ढोरपाटन नगरपालिकाको वडा नम्बर १ देखि ६ सम्मको कार्यक्रम सम्पन्न भइसकेको राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष तथा ढोरपाटन नगर अध्यक्ष दीपक थापाले बताउनु भयो ।

पार्टीको केन्द्रिय र जिल्ला तहको निर्णय बमोजिम बागलुङका सबै पालिका र वडा तहमा विशेष सङ्गठनात्मक अभियान र स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम भइरहेको हो । आगामी २५ गतेसम्म चल्ने अभियानमा वडा स्तरका कार्यक्रम भइरहेको जनाइएको छ । निसीखोला गाउँपालिकाको पालिका र ७ वटै वडामा कार्यक्रम सकिएको छ ।

तमानखोला गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्ने तयारी अगाडि बढाईको जनाइको हो । सोमबार ढोरपाटन नगरपालिका ६ मा आयोजित कार्यक्रममा पार्टीका वडा अध्यक्ष सब बहादुर छन्त्यालको अध्यक्षता, जिल्ला सचिव भिमलाल पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथी पोख्रेलले बोल्दै राष्ट्रिय जनमोर्चाले लिएको विशेष सङ्गठनात्मक अभियान वडा प्रशिक्षण सँगै देशमा मौलाएको बेतिथी, भ्रष्टाचार, सँगै गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ सङ्घीयताको खारेज गरौँ भन्ने मुल मन्त्रका साथ कार्यक्रम अगाडि बढिरहेको बताउनु भयो ।

देशमा ठुला दलहरूबाटै राष्ट्रियताको सवाल, संविधानको रक्षामाथि निरन्तर प्रश्न उठ्दै गइरहेको र अनियमितता, द्धन्द, शोषण दमन बदेकै कारण त्यसको खबरदारी गर्नका निम्ती राजमोले विशेष कार्यक्रम अगाडि बढाएको बताउनु भयो ।

कार्यक्रममा राजमो जिल्ला कोषाध्यक्ष दीपक थापा, सदस्य निम कुमारी भण्डारी, दुर्गा बहादुर भण्डारी, ज्ञान बहादुर भण्डारी लगायतको आतिथ्यता एवम् मन्तव्य रहेको थियो ।

कार्यक्रम खुम बहादुर अदैको स्वागत रुप प्रसाद भण्डारीको सञ्चालनमा सम्पन्न भएको जनाइएको छ ।