Home Blog Page 67

कांग्रेस बागलुङको विशेष सांगठनिक अभियान क्षेत्र नम्बर २ मा सुरु ।

0

नेपाली काङ्ग्रेसले १ सय दिने विशेष साङ्गठनिक अभियान बागलुङको क्षेत्र नम्बर २ मा सुरु भएको छ । 

बुधबार  बुर्तिबाङमा सम्पन्न पार्टीको क्षेत्रीय कार्यसमिति सहितको बैठकले पार्टीले २०८१ असोज १ गतेदेखि पौष १० गतेसम्म विशेष साङ्गठनिक अभियान सञ्चालन गर्ने निर्णय बमोजिम केन्द्र र जिल्लाको परिपत्रलाई मध्यनजर राख्दै मंसिर १० गतेदेखि १५ गतेसम्म क्षेत्र नम्बर २ का ६ वटै पालिकामा कार्यक्रम गर्ने निर्णय गरिएको क्षेत्रीय सभापति जोक लाल बुढाले बताउनु भयो । वडा  तहमा मंसिर ६ गतेदेखि नै प्रतिनिधि पुग्ने र कार्यक्रम सुरु भएको जनाईको छ । 

नेपाली कांग्रेस केन्द्रिय सदस्य शिव प्रसाद हुमागाईँको प्रमुख आतिथ्यता मा आयोजित कार्यक्रममा प्रमुख अतिथी हुमा गाईले बोल्दै पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन अभियान सञ्चालन गर्ने बताउनु भयो ।

त्यस्तै अभियानका दौरान विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमुखीकरण कार्यतालिका निर्माण लगायतका कार्य समयमै गर्न गराउन, अभिलेखीकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउन पनि अभियान गर्न लागिएको उल्लेख गर्नुभयो ।

अभियानबाट नेपाली कांग्रेसका सबै भातृ संगठनलाई ऊर्जाशील वनाउने र सबै नेता कार्यक्रता सकृय पुर्वक लाग्न जिल्ला सभापती जित बहादुर शेरचनले बताउनु भयो । पार्टीका जनप्रतिनिधिसँगको समन्वय र सहजीकरण संयन्त्रलाई नियमित र व्यवस्थित गर्ने लगायतका साङ्गठनिक कार्यमा केन्द्रित हुने क्षेत्रीय सभापती जोकलाल बुढाको भनाई छ ।

पालिका र सबै वडा तहमा गरिने कार्यक्रमलाई समय छनौट गरिएको छ । पालिका तहमा हुने कार्यक्रम अन्र्तगत मंसिर १०गते गल्कोट नगरपालिकामा हुने छ । उक्त कार्यक्रमलाई केन्द्रिय महाधिवेशन प्रतिनिधी सागर छन्त्यालले सम्बोधन गर्नुहुने छ ।

११ गते वडिगाड गाउँपालिकामा केन्द्रिय महाधिवेशन प्रतिनिधी मञ्जेश वम मल्ल, १२ गते ढोरपाटन नगरपालिका जिल्ला उपसभापती तारानाथ पौडेल, १३ गते तमानखोला गाउँपालिका जिल्ला सचिब गण्डकी थापा अधिकारी, मंसिर १४ गते ताराखोला गाउँपालिका फम बहादुर खत्री र १५ गते निसीखोला गाउँपालिका रेनुका काउचाले सम्बोधन गर्ने कार्यतालिका तय गरिएको हो । त्यस्तै वडा तहमा समेत कार्यक्रम गर्ने निर्णय भएको जनाइएको छ ।

 खानेपानीको हाहाकार हुने निसीखोला २ र ढोरपाटनका दर्जन बढि गाउँमा पानी ल्याउने माननीय दोर्ण को सक्रियता ।

0

मंसिर ८ बुर्तिबाङ

जन्मिएको ५९ बर्ष भयो– आफूले थाहा पाउँदा देखिनै सँधै खानेपानीको अभाव भोगियो धेरैलाई चुनाब गराएर जिताएर पनी पठाइयो पानी खुवाउँछौँ भन्दै धेरै आए तर— “अँह पानी अझै आएन” यो भनाई हो अर्नाकोट देउरालीका लाल बहादुर कुवँरको लाल बहादुर कुवँर जस्तै सयौँ घरका सयौँ नागरिकको हो । 

गाउँमा मोटर पुग्यो, फोन पुग्यो , अरु सामान्य विकास पनि भयो तर खानेपानी पुगेन अब सबै छोडेर खानेपानी पाएमा आफुहरुले गाउँ नछोड्नेमा अर्नाकोट, देउराली, लगाएत आसपासका गाउँका नागरिकको भनाई छ ।

 कहिले कुवाको पानी, कहिले पम्पिङ, कहिल घैँटामा संकलन गरेर पनी पानीको अभाव खेप्दै आएका निसीखोला गाउँपालिका २ सहित ढोरपाटन नगरपालिका २,५,७,८ र ९ का नागरिकलाई खानेपानीको पहुँचमा पुग्ने गरी यसै बर्षदेखि काम सुरु गर्ने गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले प्रतिबद्धता जनाउनु भएको छ । 

शनिबार जनताको माझमा पुगेका माननिय कुवँरले अब जनता खानेपानी समस्या प्रतिको गुनासो र समस्या चाँडै सुल्झिने प्रतिबद्धता जनाउँदै यसै बर्षदेखि ४० करोड बराबर लागतमा दुई हजार १ सय घरधुरीलाई प्रर्याप्त खानेपानीको पहुँच पुग्ने गरी काम हुने बताउनु भयो ।

 खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्र्तगत संचालन हुने जलवायु अनुकुलन वृहत खानेपानी आयोजना कार्यान्वयनका निम्ती आवश्यक प्रकृया पुरा भइसकेका कारण चाँडै आयोजना निर्माणको कामले गति लिने बताउनु भयो । कुल ४० करोड ३६ लाख ९४ हजार लागतमा बन्ने उक्त आयोजना ढोरपाटन नगरपालिका ९ स्थित ठुलो खोलीबाट पानी लिएर जनताको घरघरमा पुर्याउने गरी योजनाको स्रोत सुनिश्चितता भएको बताउनु भयो । 

सरकारको तर्फदेखि कुल लागतको ९० प्रतिशत अर्थात ३६ करोड ३३ लाख २५ हजार र स्थानीय उपभोक्ताको तर्फदेखि १० प्रतिशत जनश्रमदान वेहोर्ने गरी आयोजना निर्माण हुने बताउँदै विभिन्न २३ स्थानमा ट्याँकी निर्माण गरेर खानेपानीको समस्या रहेका बस्तिमा सहज पानी उपलब्ध गराउने बताउनु भयो । 

चाँडै प्राविधिक सहितको टिम फिल्डमा आउने र काम सुचारु हुने माननीयको भनाई छ । गाउँमा प्रर्याप्त पानी आउने खबर पाएपछी स्थानीय नागरिक खुसि भएका छन । आफूहरूको चाहाना, समस्या चाँडै सम्बोधन हुनेमा आफुहरु विश्वस्त रहेको स्थानीय ओम बहादुर रसाइलीले बताउनु भयो । 

ढोरपाटन नगरपालिका ९ देखि गण्डकी प्रदेस र ढोरपाटन नगरपालिकाको पहलमा खानेपानी ल्याइएपनी व्यवस्थित हुन नसक्दा उक्त आयोजनाबाट अधिकांस नागरिक लाभान्वित हुन सकेका छैनन ।

अब बन्ने योजना सफल भएपछि निसीखोला गाउँपालिका २ देउराली गाउँ, ढोरपाटन नगरपालिका २ खल्बाङ, अर्नाक, माडे, तुसारे, अर्नाकोट, वडा नम्बर ५ को मस्ति, चौर, निन्नेचौर, पाखापानी , वडा नम्बर ७ को घम्पु लगायत वडा नम्बर ८ र ९ का अधिकांस घरधुरी सहज खानेपानीको पहुँचमा पुग्ने जनाइएको छ । 

उद्योग व्यापार संगठन बागलुङको दोस्रो साधारण सभाको तयारी : पालिका स्तरमा समिती गठन

0

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको दोस्रो साधारण सभा यही मंसिर २२ गते बागलुङ बजारमा गरिने भएसंगै विभिन्न पालिकामा प्रतिनिधी छनौटको कार्यलाई तिव्रता दिइएको छ ।

सदस्यता वितरण अभियान सञ्चालन गर्ने, सबै पालिकाहरुबाट प्रतिनिधि र पर्यवक्षेक छनौट र पालिकाहरुमा साधारण सभा आयोजन गरेर नयाँ कार्यसमिति निर्माण गर्ने, महिला व्यवसायीहरुलाई संगठित गरी आय आर्जनको कार्य गर्ने, कर, भ्यात, वस्तुको गुणस्तर संम्बन्धी अभिमुखीकरण, वित्तीय संस्था र तीन तहको सरकारबाट उद्योगी व्यवसायीहरुले पाउने सेवा सुविधाको बारे जानकारी दिन तालिम आयोजना गर्ने निर्णय गरिएको छ ।

त्यस्तै शुक्रबार ढोरपाटन नगरपालिका स्तरीय समितीको गठन गरिएको छ । भिम भण्डारी अध्यक्ष रहेको २३ सदस्य समितीको गठन गरिएको हो । त्यस्तै तमानखोला गाउँपालिकामा झक प्रसाद विक अध्यक्ष रहेको ७ सदस्य समितीको गठन गरिएको छ ।

निसीखोला गाउँपालिकामा कृष्ण बहादुर पुन अध्यक्ष रहेको १९ सदस्य उद्योग व्यापार संगठनको गठन गरिएको जनाइएको हो ।
त्यस्तै नेकपा माओबादी केन्द्रको पालिका स्तरीय सम्मेलन सुरु भएको छ । ढोरपाटन नगरपालिकामा दोश्रो नगर सम्मेलन कार्यक्रम मंसिर २५ गते गर्ने निर्णय गरिएको जिल्ला संयोजक राजिव घिमिरेले बताउनु भयो ।

त्यस्तै तमानखोला गाउँपालिकामा २६ गते सम्मेलन गर्ने निर्णय भएको चन्द्र बुढा सागरको भनाई छ । पार्टीले सबै पालिकामा सम्मेलन गर्ने निर्णय गरेको हो ।

 

सिवाईसी  साकोस को १५ औं साधारण सभा : बुर्तिबाङ सहित विभिन्न १० सेवा केन्द्रमा सम्पन्न ।

0

मंसिर ८ गते बुर्तिबाङ

सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा शनिबार विभिन्न बागलुङको बुर्तिबाङ सेवा केन्द्र सहित १० वटा सेवा केन्द्रमा एकैदिन सम्पन्न भएको छ ।

बागलुङको बुर्तिबाङ सेवा केन्द्र सहित तमान सेवा केन्द्र, निसी सेवा केन्द्र, भिमगिठे, खर्वाङ , गल्कोट सहित १० सेवा केन्द्रमा एकै दिन कार्यक्रम सम्पन्न गरिएको सिवाईसि बचत तथा ऋण सहकारी संस्थाका केन्द्रिय प्रतिनिधी शालिकराम पौडेलले बताउनु भयो ।

बुर्तिबाङ सेवा केन्द्रमा आयोजित कार्यक्रममा बुर्तिबाङ सेवा केन्द्र व्यवस्थापन समिती उप संयोजक अविन महतको अध्यक्षता, इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँरको प्रमुख आतिथ्यता रहेको हो ।

कार्यक्रममा प्रमूख अथिति कुवँरले बोल्दै सहकारी सिद्धान्ततः धनिगरिव विचको दूरीलाई नजिक बनाउँदै एक आपसमा आत्मनिर्भर बनाउने माध्यम रहेको बताउनु भयो । सहकारीको माध्यमबाट सहकार्य गर्दे उत्पादन, बचत, नागरिकको जिवन स्तर उठान गर्न महत्वपूर्ण भूमिका निर्वाह हुने बताउँदै सिवाईसी सहकारीले सेयर सदस्यको मर्म र भावना अनुरुप रचनात्मक कार्य गर्दे आइरहेकोमा जोड दिँदै सहकारीलाई दिगो, व्यवस्थित र मर्यादित बनाउन सेयर सदस्य, सञ्चालन टिक सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका अवसरमा विभिन्न १७ प्रस्ताव उपर छलफल गर्दे बन्द सत्रबाट प्रस्ताव सर्वसहमती बाट पारित गरिएको हो । कार्यक्रममा असल बचत कर्ता, असल ऋणी, असल सदस्य, असल बाल बचत कर्ता लगायतलाई संस्थाको तर्फदेखि सम्मान गरिएको हो ।

सहकारीले ऋण र बचतको कारोबार संगै प्रविधी मैत्री गुणस्तरीय सेवा प्रवाह गर्दे आइरहेको सेयर सदस्यहरुले बताएका हुन । कार्यक्रममा ढोरपाटन नगरपालिका १ का अध्यक्ष वान बहादुर छन्त्याल, वडा नम्बर ७ का अध्यक्ष धन बहादुर अदै , संस्थाका सिवाईसी साकोसका पूव केन्द्रिय सदस्य मेशलाल शर्मा, सिवाईसी साकोसका केन्द्रिय प्रतिनिधी ज्ञानेन्द्र राज पन्त, शालिकराम पौडेल, बुर्तिबाङ सेवा केन्द्रका पदाधिकारी केश कुमारी बुढा, सेवा केन्द्र प्रमुख गंगा देवी थापा लगाएतको आतिथ्यता एवम् शुभकामना मन्तव्य रहेको थियो । कार्यक्रम हिरालाल पौडेलले सञ्चालन गर्नुभएको हो ।

सहकारीले दोश्रो चरणमा मंसिर २२ गते ९ सेवा केन्द्र र तेश्रो चरण पौष ६ गते केन्द्रिय कार्यालयमा साधारण सभा कार्यक्रम गर्ने तयारी अगाडी बढाएको हो । सहकारीको विभिन्न २५ वटा सेवा केन्द्र रहेका छन ।

अलपत्र बनेको सालझण्डी –ढोरपाटन सडक खण्ड अन्तरगतको बुर्तिबाङ खण्डमा काम सुरु ।

0

मंसिर ७ गते बुर्तिबाङ

लामो समय देखि निर्माणको जिम्मा पाएको कम्पनीले समयमा काम सम्पन्न नगर्दा अलपत्र अवस्थामा रहेको सालझण्डी ढोरपाटन सडक खण्ड अन्तर्रगतको बुर्तिबाङ– ढोरपाटन खण्डको २२ किलोमिटर सडक निर्माणको कामले गति लिने भएको छ ।

स्वच्छन्द ,ओम बुद्ध जेभी दुई निर्माण कम्पनीले जिम्मा लिई सडक निर्माणको काम थालेको तिन वर्ष बितिसक्दा समेत कामले गति नलिएपछि पुनह पौष मसान्त सम्मको म्याद थपको समयलाई मध्यनजर राख्दै स्वच्छन्द निर्माण कम्पनीले जिम्मा लिनेगरि हिरादेवी कन्ट्रक्सनका प्रतिनिधि दाल बहादुर कुवँरलाई सडक ग्राभेलिङ सहित बाँकी रहेको काम सम्पन्न गर्न जिम्मेवारी दिएको छ ।

उक्त कम्पनीले शुक्रबार देखि काम सुरु गरेको छ । हालसम्म ओम बुद्ध जेभिले काम गर्दे आइरहेकोमा उक्त कम्पनीले समयमा काम गर्न नसकेपछि उक्त सम्झौता तोडेर स्वच्छन्द निर्माण कम्पनीले आयोजना कार्यालय संग सम्झौता गरेर तत्काल काम अगाडि बढाउने गरि कुवँरलाई निर्माणको जिम्मा दिएको सालझन्डी ढोरपाटन सडक आयोजना कार्यालयका प्रमुख गागल बहादुर भण्डारी ले जानकारी दिनुभयो ।

आगामी पौष मसान्त सम्म म्याद थप गरिएको उक्त आयोजनामा म्याद सकिन अब दुई महिना मात्र बाँकी रहेको छ । अबको दुई महिनामा काम सन्तोषजनक भएमा म्याद थप हुने र काम नभएको खण्डमा सम्झौता तोडेर नयाँ प्रकृयामा जान कार्यालय बाध्य हुने कार्यालय प्रमुख भण्डारीले बताउनु भयो ।

हालसम्मको प्रगति अनुसार ३० प्रतिशत हाराहारीमा मात्रै काम भएको पाइएको छ । विभिन्न ठाउँमा कल्भर्ट निर्माण र स्टक्चरको मात्र काम भएका कारण बाँकी काम निरन्तर सुरु भएमा आगामी असार मसान्त सम्म म्याद थप गरेर भएपनी योजना सम्पन्न गर्ने तयारीमा कार्यालय रहेको बताउनु भयो । यता सडक निर्माणको जिम्मा पाएका डाल बहादुर कुवँरले आवश्यक मेसिनरी सामाग्री, इक्युपमेन्ट लगायतको व्यवस्थापन भइरहेका कारण अब धमाधम काम हुने बताउनु भयो ।

आफूलाई सबै निकायबाट सहयोग भएमा असार मसान्त सम्म काम सम्पन्न गरेर छाड्ने कुवँरको प्रतिबद्धता रहेको छ ।

ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ,संघर्ष समितीको पदाधिकारी लगाएतको उपश्थितीमा स्थलगत अध्यन गर्दे सडक निर्माणको कामको सन्दर्भमा सहजिरकण गरिएको बताउनु भयो ।

हामीहरुले अब काम हुनेमा विस्वस्त हुँदै आवस्यक सहयोग पनी गरिरहेका छौँ फेरी पनी सन्तोष जनक काम नभएमा कार्वाहीका लागी आवस्यक प्रकृया अगाडी बढाउन पहल गर्ने बताउनु भयो । निर्माण कम्पनीले स्टान्डर्ड ग्राभेलिङ सहित बुर्तिबाङ देखि ढोरपाटन खण्डको २२ किलोमिटर सडक निर्माण गर्नुपर्ने छ ।

लामो समयदेखि सडक जिर्ण हुँदै गर्दा स्थानीय नागरिक देखि ढोरपाटन पुग्ने प्रर्यटकले निरन्तर शास्ती खेप्दै आइरहेका छन । पटक पटक मन्त्रालय, आयोजना कार्यालय र निर्माण कम्पनीलाई ताकेता गरिरहँदा पुन काम सुचारु भएको बताउँदै पौष सम्म राम्रो काम भएमा यसै कम्पनीलाई म्याद थप गरी आगामी असार मशान्त सम्म काम सक्ने गरी म्याद थपका लागी पहल गरिने र काम नभएमा कार्वाही प्रकृया अगाडी बढाएर अर्का विकल्प खोजिने गण्डकी प्रदेश सांसद दोर्ण कुमार कुवँरले बताउनु भयो ।

आफुले फल्लेघर देखि ढोरपाटन सम्म १२ किलोमिटर सडक कालोपत्रेका निम्ती निरन्तर पहल गरिरहेका कारण उक्त क्षेत्रमा पनी चाँडै काम हुने बताउनु भयो । सालझण्डी ढोरपाटन सडक अन्र्तगत ढोरपाटन नगरपालिका ९ फल्लेघर देखि ढोरपाटन सम्म १२ किलोमिटर खण्ड आयोजनाको हालसम्म स्टेमिटरमा थिएन ।

सडक निर्माणका निम्ती सम्बन्धीत निकायलाई ध्यानाकर्षण गराउन संघर्ष समितीनै गठन भएको छ । स्थानीय तह , यस क्षेत्रबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य माननिय लगाएतको सक्रिय पहलमा सरकार, निर्माण कम्पनी र आयोजना कार्यालयलाई ध्यानाकर्षण गराइराखेको अवस्था छ ।

 

कांग्रेस बागलुङको विशेष सांगठनिक अभियान क्षेत्र नम्बर २ मा सुरु ।

0

 

नेपाली काङ्ग्रेसले १ सय दिने विशेष साङ्गठनिक अभियान बागलुङको क्षेत्र नम्बर २ मा सुरु भएको छ । 

बुधबार  बुर्तिबाङमा सम्पन्न पार्टीको क्षेत्रीय कार्यसमिति सहितको बैठकले पार्टीले २०८१ असोज १ गतेदेखि पौष १० गतेसम्म विशेष साङ्गठनिक अभियान सञ्चालन गर्ने निर्णय बमोजिम केन्द्र र जिल्लाको परिपत्रलाई मध्यनजर राख्दै मंसिर १० गतेदेखि १५ गतेसम्म क्षेत्र नम्बर २ का ६ वटै पालिकामा कार्यक्रम गर्ने निर्णय गरिएको क्षेत्रीय सभापति जोक लाल बुढाले बताउनु भयो । वडा  तहमा मंसिर ६ गतेदेखि नै प्रतिनिधि पुग्ने र कार्यक्रम सुरु भएको जनाईको छ । 

नेपाली कांग्रेस केन्द्रिय सदस्य शिव प्रसाद हुमागाईँको प्रमुख आतिथ्यता मा आयोजित कार्यक्रममा प्रमुख अतिथी हुमा गाईले बोल्दै पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन अभियान सञ्चालन गर्ने बताउनु भयो । त्यस्तै अभियानका दौरान विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमुखीकरण कार्यतालिका निर्माण लगायतका कार्य समयमै गर्न गराउन, अभिलेखीकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउन पनि अभियान गर्न लागिएको उल्लेख गर्नुभयो ।

अभियानबाट नेपाली कांग्रेसका सबै भातृ संगठनलाई ऊर्जाशील वनाउने र सबै नेता कार्यक्रता सकृय पुर्वक लाग्न जिल्ला सभापती जित बहादुर शेरचनले बताउनु भयो । पार्टीका जनप्रतिनिधिसँगको समन्वय र सहजीकरण संयन्त्रलाई नियमित र व्यवस्थित गर्ने लगायतका साङ्गठनिक कार्यमा केन्द्रित हुने क्षेत्रीय सभापती जोकलाल बुढाको भनाई छ ।

पालिका र सबै वडा तहमा गरिने कार्यक्रमलाई समय छनौट गरिएको छ । पालिका तहमा हुने कार्यक्रम अन्र्तगत मंसिर १०गते गल्कोट नगरपालिकामा हुने छ । उक्त कार्यक्रमलाई केन्द्रिय महाधिवेशन प्रतिनिधी सागर छन्त्यालले सम्बोधन गर्नुहुने छ ।

११ गते वडिगाड गाउँपालिकामा केन्द्रिय महाधिवेशन प्रतिनिधी मञ्जेश वम मल्ल, १२ गते ढोरपाटन नगरपालिका जिल्ला उपसभापती तारानाथ पौडेल, १३ गते तमानखोला गाउँपालिका जिल्ला सचिब गण्डकी थापा अधिकारी, मंसिर १४ गते ताराखोला गाउँपालिका फम बहादुर खत्री र १५ गते निसीखोला गाउँपालिका रेनुका काउचाले सम्बोधन गर्ने कार्यतालिका तय गरिएको हो । त्यस्तै वडा तहमा समेत कार्यक्रम गर्ने निर्णय भएको जनाइएको छ ।

कार्यक्रममा केन्द्रिय महाधिवेशन प्रतिनिधी, जनप्रतिनिधी, जिल्ला पदाधिकारी, क्षेत्रीय पदाधिकारी, प्रदेश पदाधिकारी लगायतको उपश्थिती रहेको थियो ।

सकियो बुर्तिबाङमा सञ्चालित निःशुल्क आँखा शिविर ७४ जनाको मोतिविन्दुको अप्रेसन ११ सय बढि लाभान्वित ।

0

मंसिर ४ गते बुर्तिबाङ

बागलुङ जिल्लाको बुर्तिबाङमा शनिबार देखि सुरु भएको ३ दिने आँखाको चेकजाँच उपचार तथा मोतिविन्दुको शल्यक्रिया अप्रेसन शिविरमा ७४ जनाको ७५ आँखाको मोतिविन्दुको अप्रेसन संगै एक हजार एक सय नागरिकले सेवा पाएका छन ।

 जिल्लाको ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र वडिगाड गाउँपालिका अन्तर्रगतका नागरिकलाई लक्षित गर्दे सञ्चालन गरिएको शिविरबाट एक हजार एक सय  जना नागरिकले तिन दिन सम्म आँखाको चेकजाँच तथा उपचार गराएका छन ।  

लायन्स क्लब अफ ढोरपाटनको आयोजना र ढोरपाटन नगरपालिकाको साझेदारीमा सञ्चालित निः शुल्क शिविर सञ्चालन गरिएको हो । दुर्गम गाउँका नागरिकलाई लक्षित गर्दे सञ्चालन गरिएको शिविरबाट धेरै जनाले सेवा प्राप्त गरेको लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष छविलाल पाण्डेले बताउनु भयो ।

लामो समय देखि आर्थिक अभाव लगायतका समस्याका कारण आँखाको समस्या पालेर बसेका नागरिकले ठुलो राहत महसुस गरेको पाण्डेले बताउनु भयो । तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा सञ्चालन गरिएको शिविरबाट कुल १०८ जना नागरिकको मोतिबिन्दुको अप्रेसन संगै करिब दुई हजार नागरिक लाभान्वित भएको  धवलागिरी आँखा अस्पतालका आँखा रोग विशेषज्ञ विनम लामिछानेले बताउनु भयो । 

 शिविरमा नेपाल नेत्र ज्वती संघ, हिमालय आँखा अस्पताल पोखरा, धवलागिरी आँखा अस्पताल बागलुङको प्राविधिक सहयोग रहेको हो । ताकम फाउन्डेसन नेदरल्याण्ड्सको विशेष सहयोग त्यस्तै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, नेपाल रेडक्रस सोसाइटी उप–शाखा बुर्तिबाङ, ढोरपाटन उद्योग वाणिज्य संघ, बुर्तिबाङ राईजिङ यूवा क्लब लगाएत विभिन्न सामाजिक संस्थाको सहयोग रहेको हो

मंगलबार बिहान क्लबले औपचारिक कार्यक्रममा मार्फत शिविरको समापन गरेको हो । क्लब अध्यक्ष छविलाल पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नम्बर १ का अध्यक्ष वान बहादुर छन्त्यालको प्रमुख आतिथ्यता, इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँर, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख आनन्द बस्नेत, स्वास्थ्य कर्मी , ताकम फाउन्डेसन नेदरल्याण्ड्सको टिम लगायतको उपस्थिति रहेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि छन्त्यालले लायन्स क्लबको सक्रियतामा भएको शिविरबाट दुर्गम क्षेत्रका सयौँ नागरिकले सेवा प्राप्त गरेको बताउँदै आगामी दिनमा नागरिकको सेवा मुखी कार्यक्रममा थप सक्रिय भएर अगाडी बढ्न शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा बुर्तिबाङ स्वास्थ्य केन्द्रका प्रमुख डा. नविन्द्र ढकाल, लायन्स क्लब अफ ढोरपाटनका पूर्व अध्यक्ष राम प्रसाद आर्चाय, लगाएतको मन्तव्य रहेको थियो ।

कार्यक्रममा सहयोग गर्नेलाई संस्थाको तर्फदेखि मायाको चिनो र प्रशंसा पत्र द्धारा सम्मान गरिएको हो । कार्यक्रम लायन्स हेमेन्द्र घर्तिले सञ्चालन गर्नुभएको थियो । 

विभिन्न पार्टी परित्याग गर्दे ढोरपाटन ८ बाट २२ जना नेपाली कांग्रेस प्रवेश ।

0

मंसिर ४ गते बुर्तिबाङ

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका ८ बाट नेकपा एमाले, नेकपा माओबादी केन्द्र र राजमो पार्टी परित्याग गर्दे २२ जना कार्यक्रता नेपाली कांग्रेस प्रवेश गरेका छन ।

नेपाली कांग्रेसले गरिरहेको काम र पार्टीको सिद्धान्तलाई आत्मसाथ गर्दे आफुहरु नेपाली कांग्रेस प्रवेश गरिएको भविन्द्र विकले बताउनु भयो ।

नेपाली कांग्रेस ढोरपाटन नगर कार्यवाहक सभापती विनोद भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला सदस्य शैलेस घर्ति, कृष्ण भण्डारी, खुम बहादुर अदै , पार्टी ढोरपाटन नगर सभापती तथा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत क्षेत्रीय प्रतिनिधी दिपक कुमार अदै , वडा नम्बर ५ का सभापती भरत कुवँर, लगाएतले नव प्रवेशि कार्यक्रतालाई स्वागत गरेका हुन ।

नेपाली कांग्रेस जस्तो लोकतान्त्रीक पार्टीमा आवद्ध भएकोमा स्वागत गर्दे नेपाली कांग्रेसले जनताको समस्या र आवस्यकतामा संधै हातेमालो गर्दे आइरहेको वक्ताहरुले बताएका हुन ।

कार्यक्रमा जिल्ला सदस्य शैलेस घर्ति, पार्टी ढोरपाटन नगर सभापती तथा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत क्षेत्रीय प्रतिनिधी दिपक कुमार अदैले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम विनोद भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

लायन्स क्लब अफ ढोरपाटन द्धारा छोरेगाउँ माविमा स्टेसनरी र चस्मा वितरण ।

0

लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा सोमबार छोरेगाउँ माध्यमिक विद्यालय ढोरपाटन नगरपालिका ४ मा करिब ३ सय विद्यार्थीलाई घाम, धुलो, धुवाँबाट आँखा जोगाउनका निम्ती चस्मा र पच्चिस हजार रुपैयाँ बराबरको स्टेशनरी उपलब्ध गराइएको छ ।
ताकम फाउन्डेशन नेडरल्यानसको सहयोगमा प्राप्त भएको चस्मा र क्लबको तर्फदेखि स्टेशनरी उपलब्ध गराइएको क्लब अध्यक्ष छविलाल पाण्डेले बताउनु भयो ।


जेहेन्दार विपन्न विद्यार्थीलाई लक्षित गर्दे स्टेशनरी संगै चस्मा उपलब्ध गराइएपछि विद्यार्थी सुखि भएका हुन । कक्षा १० सम्म पठन पाठन हुँदै आएको उक्त विद्यालयमा अध्ययनरत करिब ३ सय विद्यार्थीलाई उक्त सामाग्रि उपलब्ध गराइएको हो ।

कार्यक्रम लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष छविलाल पाण्डेको अध्यक्षता, ताकम फाउन्डेशनका प्रमुख तवान रोवेत्सको प्रमुख आतिथ्यता , फाउन्डेशनका पदाधिकारी, विद्यालय व्यवस्थापन समिती पदाधिकारी, शिक्षक, विद्यार्थी , लायन्स क्लबका पदाधिकारी लगाएतको उपश्थिती रहेको थियो । कार्यक्रम लायन्स क्लब अफ ढोरपाटनका सचिब हेमेन्द्र घर्तिले सञ्चालन गर्नुभएको हो ।

बुर्तिबाङमा निःशुल्क आँखा शिविर: एक हजार बढि नागरिक लाभान्वित ।

0


मंसिर २ गते बुर्तिबाङ
बागलुङ जिल्लाको बुर्तिबाङमा शनिबार देखि सुरु भएको ३ दिने आँखाको चेकजाँच उपचार तथा मोतिविन्दुको शल्यक्रिया अप्रेसन शिविरमा एक हजार बढि नागरिकले सेवा पाएका छन ।
जिल्लाको ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिका अन्तर्रगतका नागरिकलाई लक्षित गर्दे सञ्चालन गरिएको शिविरबाट एक हजार ५५ जना नागरिकले दोश्रो दिन सम्म आँखाको चेकजाँच तथा उपचार गराएका छन ।
लायन्स क्लब अफ ढोरपाटनको आयोजना र ढोरपाटन नगरपालिकाको साझेदारीमा सञ्चालित निः शुल्क शिविरमा पहिलो दिन ५ सय ८१ जना  र दोश्रो दिन ४७४ जना नागरिकले सेवा लिएका हुन ।
दुई दिनमा गरी कुल ५४ जना नागरिकको निः शुल्क मोतिविन्दुको शल्यक्रिया मार्फत अप्रशेन गरिएको छ । भोलीका लागि १५ जना नागरिक अप्रेशनका लागी सिफारिस भएको धवलागिरी आँखा अस्पतालका आँखा रोग विशेषज्ञ विनम लामिछानेले बताउनु भयो ।
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन भइरहेको शिविरमा नेपाल नेत्र ज्वती संघ, हिमालय आँखा अस्पताल पोखरा, धवलागिरी आँखा अस्पताल बागलुङको प्राविधिक सहयोग रहेको हो । ताकम फाउन्डेसन नेदरल्याण्ड्सको विशेष सहयोग त्यस्तै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, नेपाल रेडक्रस सोसाइटी उपशाखा बुर्तिबाङ, ढोरपाटन उद्योग वाणिज्य संघ, बुर्तिबाङ राइजिङ यूवा क्लब लगायत विभिन्न सामाजिक संस्थाको सहयोग रहेको हो ।
लामो समय देखि आर्थिक अभाव लगायतका समस्याका कारण आँखाको समस्या पालेर बसेका नागरिकले ठुलो राहात महसुस गरेका छन ।  विभिन्न सामाजिक कार्य गदैै आइरहेको लायन्स क्लब अफ ढोरपाटनले प्रत्यक बर्ष निः शुल्क आँखा शिविर सञ्चालन गर्दे आइरहेको संस्थाका अध्यक्ष छविलाल पाण्डेले बताउनु भयो ।