Home Blog Page 66

रोजगारको कार्यसम्पादनमा ढोरपाटन नगरपालिका र रोजगार संयोजक हिरालाल खनाल सम्मानित

0

ढोरपाटन मंसिर २३ गते

रोजगार सेवा केन्द्रको कार्य सम्पादनमा गण्डकी प्रदेशमा बागलुङको ढोरपाटन नगरपालिका सम्मानित भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको प्रधानमन्त्री रोजगार कार्यक्रममा विगत ३ वर्षदेखिको लागत साझेदारी, कार्य सम्पादन र रोजगार सेवा केन्द्रबाट प्रवाह हुने सेवाहरूको प्रभावकारी रुपमा कार्य सम्पन्नको आधारमा मुल्यांकन गर्दा गण्डकी प्रदेशमा बागलुङको बरेङ गाउँपालिका प्रथम भएको हो ।

त्यस्तै बागलुङकै ढोरपाटन नगरपालिका दोश्रो भएको छ । भने नवलपरासी पूर्वको विनयत्रीवेणी गाउँपालिका तेस्रो भएको छ । गण्डकी प्रदेशमा ८५ स्थानीय तह छन् ।

शनिबार पोखरामा सम्पन्न भएको वार्षिक समीक्षा कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्री बिन्दु कुमार थापा, मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला र प्रधानमन्त्री रोजगार कार्यक्रम राष्ट्रिय कार्यक्रम निर्देशकको टिमले स्थानीय तहको श्रम तथा रोजगारीका क्षेत्रमा क्रियाशील रही त्यस क्षेत्रको विकासमा पुर्याएको योगदानको उच्च कदर गर्दै ढोरपाटन नगरपालिकालाई सम्मान गरेको हो । त्यस्तै नगरपालिका रोजगार संयोजक हिरालाल खनाल समेत उत्कृष्ट कार्यसम्पादन गरेबापत सम्मानित हुनुभएको छ ।

ढोरपाटन नगरपालिका कार्यपालिकाको कार्यालयमा रही रोजगार सेवा केन्द्रले प्रवाह गर्नुपर्ने सेवा प्रभावकारी रुपमा सम्पन्न गरी उत्कृष्ट काम, कर्तव्य गरेको, रोजगारीको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याकंन गर्दै उल्लेखनीय योगदान पुर्याउने अपेक्षासहित खनाललाई कदर पत्रले सम्मान गरेको नगरपालिकाले जनाएको छ ।

तमानखोला गाउँपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।

0

मंसिर २२ बुर्तिबाङ

बागलुङको तमानखोला गाउँपालिकामा आर्थिक बर्ष २०८१÷०८२ अन्र्तगत प्रथम चौमासिक सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम वडा नम्बर ३ तमानमा शनिबार सम्पन्न भएको छ ।

तमानखोला गाउँपालिकाको आयोजना, सामुदायिक रेडियो ढोरपाटनको सहजिकरणमा सम्पन्न कार्यक्रममा सहभागि नागरिकले गाउँपालिको दिगो विकासलाई पुरा गर्नका निम्ती टुक्रे योजना नभई दिगो परिणाम दिने खालका योजनाको छनौट गरेर पुरा गर्नुपर्नेमा जोड दिएका छन ।

गाउँपालिकाले आफनो श्रोत र क्षमताले भ्याए सम्म नागरिकको समस्या सम्वोधन गर्ने गरी काम भइरहेको बताउँदै अझैपनी सहज सडक, कृषिमा बजारीकरण, व्यवसायिक उत्पादनमा जोड दिनुपर्ने र अनुदानका कार्यक्रमलाई थप विस्तार गर्नुपर्ने, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्नका निम्ती नियमित शिक्षण सिकालाई प्रभावकारी वनाउने र विद्यालय अनुगमन गर्दे नराम्रा गतिविधीलाई रोक्ने काम गर्नुपर्नेमा जोड दिएका हुन । स्थानीय विधुतमा निरन्तर समस्या रहने भएका कारण चाँडै केन्द्रिय विधुत जडानमा पहल गर्नुपर्ने लगाएतका माग स्थानीयको थियो ।

सहभागिले पालिका र वडा तहबाट योजना छनौट गर्दा जनसहभागितालाई प्राथमिकता दिएको, सबैको अपनत्व हुने गरी योजना छनौट गरिएको, जनप्रतिनिधी जनता प्रति उत्तरदायी रहेको बताउँदै तमानखोलाको शुसासन र समृद्धिमा अझै सक्रिय पूर्वक अगाडी बढ्नुपर्नेमा नागरिकले जोड दिएका छन ।

सहभागि नागरिकको प्रश्न, जिज्ञासाको विषयमा गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बोल्दै जनताको आवाज सुन्न र अझै सचेत भएर अगाडी बढ्नका निम्ती सार्वजनिक सुनुवाई कार्यक्रम प्रत्यक चौमासिकमा गर्ने गरिएको बताउँदै जनताबाट आएका रचनात्मक सुझावलाइ आफुहरुले ग्रहण गरेर अगाडी बढिने बताउनु भयो ।

संघियताको कार्यान्यन संगै स्थानीय सरकारको रुपमा स्थापित तमानखोला गाउँपालिकाले आफनो सामर्थले भ्याए सम्म विकास निर्माणमा अगाडी बढिरहेको बताउँदै ठुला योजना र परियोजनामा प्रदेश र केन्द्रको साथ आवस्यक रहने भएका कारण निरन्तर पहल गर्ने गरिएको बताउनु भयो ।

सडक निर्माणले गति लिएको, यसबर्ष केन्द्रिय विधुत प्रसारणको ठेक्का भइसकेका कारण केन्द्रिय विधुत सबै वडामा पुर्याउने गरी पहल भइरहेको, खानेपानीको क्षेत्रमा करिब ९० प्रतिशत नागरिक पहुँचमा पुगिसकेको, स्वास्थ्य क्षेत्रमा क्रमिक सुधार भइरहेका कारण , रोजगारी, शिक्षा, सचेतना लगाएतका कार्यक्रमलाई पनी प्राथमिकता दिएर गाउँपालिका अगाडी बढेको बताउनु भयो ।

कार्यक्रममा सहभागिबाट उठेका प्रश्न, जिज्ञासा र गुनासोको सन्दर्भमा सम्बन्धित जनप्रतिनिधी, विषयगत शाखा प्रमुख, लगाएतले प्रस्ट पार्नुभएको हो । गाउँपालिकाको चालु आर्थिक बर्षको कुल ३१ करोड ६२ लाख २५ हजार ५०० बजेट मध्ये चालु र पुँजीगत गरी कुल बजेटको १३ दशमलब १ प्रतिशत खर्च भएको जनाइएको छ ।

कुल ६३ योजना मध्ये अधिकांसको उपभोक्ता समिती गठन गरेर अनुशिक्षण कार्यक्रम भएको र प्राविधीक स्टेमिट समेत भएका कारण अब क्रमिक रुपमा काम सम्पादन हुने निमित्त प्रशासकिय अधिकृत मुना विश्वकर्माले बताउनु भयो ।

पोषण मैत्री गाउँपालिको रुपमा कार्यक्रम अगाडी बढिरहेका कारण यसबर्ष पनी १ करोड ६० लाख बराबरको कार्यक्रम सञ्चालन हुने जनाइएको छ । आयोजित कार्यक्रममा एक सय १० जनाको सहभागिता रहेको थियो ।

गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षता, उपाध्यक्ष हिरा कुमारी छन्त्यालको स्वागत, निमित्त प्रशासकिय अधिकृत मुना विश्वकर्मा द्धारा चालु आर्थिक बर्षको हालसम्मको बजेट र प्रगति प्रतिवेदन पस्तुत गर्नुभएको कार्यक्रम पत्रकार छविलाल पाण्डेले सहजिकरण गर्नुभएको थियो ।

सेरा टोल विकासको अगुवाईमा क्यान्सर पीडित छम सेन लाई आर्थिक सहयोग ।

0

मंसिर १९ गते बुर्तिबाङ विगत तिन महिना देखि क्यान्सर जस्तो घातक रोग बाट पीडित हुनुभएका ढोरपाटन नगरपालिका २ सेराका छम सेन लाई स्थानीय सेरा टोल विकास संस्थाको सक्रियतामा गाउँमा सङ्कलन गरिएको आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । 

लामो समयदेखि राजनैतिक र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनु भएका छम सेन को आन्द्रामा क्यान्सर सङ्क्रमण देखिएपछि उपचाररत हुनुहुन्छ ।

बिरामीलाई उपचारमा आर्थिक समस्या भएपछि गाउँमा सङ्कलन गरिएको ७९ हजार ६ सय ८० रुपैयाँ उपलब्ध गराइएको टोल विकास संस्थाका अध्यक्ष अमर बहादुर क्षेत्री (ओम) ले भयो । रकम हस्तान्त्रण कार्यक्रममा स्थानीय टोल विकास संस्थाका पदाधिकारी, स्थानीय बासी लगाएतको उपश्थिती रहेको थियो । 

उपचारमा आर्थिक समस्या भएपछि आर्थिक सहयोग गरिदिन परिवारले सबैसँग आग्रह समेत गरेको छ । 

 

बुर्तिबाङ क्षेत्रमा समय समयमा नेपाल टेलिकमको नेटवर्कमा समस्या ।

0

मंसिर १८ बुर्तिबाङ

बागलुङको दोश्रो व्यापारिक केन्द्र समेत रहेको बुर्तिबाङ बजारमा पछिल्लो समय पटक पटक नेपाल टेलिकमको नेटवर्कमा समस्या भइरहँदा सेवा ग्राही नागरिकले सास्ती खेप्दै आइरहेका छन ।

जिल्लाको पश्चिम क्षेत्रमा केन्द्रिय विधुत सेवा सञ्चालन भएपनी दैनिक जसो विधुत सेवा नियमित नहुँदा टेलिकमको नेटवर्कले काम नगर्ने समस्या रहेको टेलिकमका कर्मचारीको भनाई छ ।

दैनिक २०÷२५ पटक जस्तो केन्द्रिय विधुत अवरुद्ध हुने समस्या छ केन्द्रिय विधुत नहुँदै गर्दा फोन सेवा समेत अवरुद्ध हुने गरेको स्थानीय नागरिकको गुनासो रहेको हो । विधुतको समस्याका कारण व्यवस्थापन गर्न नसक्दा प्रत्यक दिन नेटवर्कमा समस्या देखिने गरेको पाइएको छ । 

यस विषयमा नेपाल टेलिकम बागलुङका प्रमुख सन्तोष शर्मालाई ध्यानाकर्षण गराउँदा हालसम्म यस विषयमा आफूलाई जानकारी नभएको तर पौष मसान्त सम्म बुर्तिबाङमा कार्यालय स्थापना गर्ने र टावर राखेर सेवालाई थप प्रभावकारी गराइने बताउनु भयो ।

हाल कुत्थाप्लामा रहेको टावरमा आवश्यक ब्याकप नभएको र यस्तो समस्या रहेको हुन सक्ने बताउँदै चाँडै समस्याको समाधान गरिने बताउनु भयो । 

 

बागलुङका ४ पालिकामा लैङ्गिक हिंसा विरुद्धका सचेतना मूलक कार्यक्रम ।

0

 मंसिर १७ गते बुर्तिबाङ

हामी सबैको प्रतिबद्धता , लैङ्गिक हिंसा अन्त्यका लागी अभियान भन्ने नाराका साथ गत मंसिर ९ गतेदेखि सुरु भएको १६ दिने अभियान देशभर सञ्चालन भइरहँदा बागलुङ जिल्लाको विभिन्न पालिकामा सचेतना मुलक कार्यक्रम भइरहेका छन ।

जिल्लाको निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा सचेतना मूलक कार्यक्रम सम्पन्न गरिएको हो ।

स्थानीय पालिकाको आयोजना, जिल्ला सम्मन्य समिति बागलुङको समन्यय, तथा धौलागिरी अस्पताल बागलुङको सहजिकरणमा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्वास्थ्य कर्मी, पत्रकार लगायतको विचमा सचेतना मुलक कार्यक्रम गर्दे समाजमा भइरहने लैङ्गिक हिंसा अन्त्य गर्नका निम्ती सबै निकायबाट सक्रिय भूमिका खेल्नुपर्ने बताउँदै हिंसा जन्य घटनाबाट पीडितलाई उद्धार र न्यायका निम्ती सहयोग आवश्यक रहेकोम जोड दिइएको हो ।

बागलुङ स्थित धौलागिरी अस्पतालबाट लामो समयदेखि एक द्वार सङ्कट व्यवस्थापन केन्द्र मार्फत लैङ्गिक हिंसामा परि समस्यामा परिरहेका व्यक्तिको उद्धार, उपचार, परामर्श लगायतका कार्यक्रम भइरहेको जनाउँदै जिल्ला भित्र र बाहिरबाट वार्षिक एक सय बढि नागरिक एक द्वार सङ्कट व्यवस्थापन केन्द्रमा पुग्ने गरेको पाइएको छ ।

त्यस्तै जिल्लामै बागलुङ नगरपालिकामा अल्पकालिक महिला सेवा केन्द्र रहेको र उक्त सेवा केन्द्रबाट जिल्लाका १० वटै पालिकामा रहेका नागरिकले सेवा लिइरहेको जनाउँदै बढि मात्रामा महिला हिंसा रहेको जनाउँदै सबै पालिकामा परामर्श केन्द्र र हिंसा न्यूनिकरण जन्य गतिविधि कम गर्ने खालका कार्यक्रम अगाडी बढाउन आवस्यक रहेको जनाइएको हो ।

कार्यक्रममा बागलुङ नगरपालिका उपप्रमुख राजु खड्का, जिल्ला सम्मोन्य अधिकारी कृष्ण राज गौतम, धौलागिरी अस्पताल बागलुङका डा. सन्दिप के.सी., बरिष्ठ अस्पताल नर्सिङ निरीक्षक देवी भट्टराई, अल्पकालिन महिला सेवा केन्द्र बागलुङका अधिकृत रचना आर्चायले कार्यक्रमको उद्देश्य, जिल्लामा हिंसा पीडितको अवस्था, त्यसको व्यवस्थापन र स्थानीय तहले खेल्नुपर्ने भूमिका लगायतका विषयमा जानकारी गराउनु भएको हो ।

ढोरपाटन नगरपालिकामा आयोजित कार्यक्रम वडा नम्बर १ का अध्यक्ष वान बहादुर छन्त्यालको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवी घिमिरे, जनप्रतिनिधि, कर्मचारी लगायतको उपश्थितीमा सम्पन्न भएको हो । आइतबार निसीखोला गाउँपालिका र वडिगाड गाउँपालिका, सोमबार तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला सबै पालिकामा कार्यक्रम गरिने बागलुङ नगरपालिका उपप्रमुख राजु खड्काले बताउनु भयो ।

निसीखोला गाउँपालिकामा लैंगिक हिंसा विरुद्धका सचेतना मूलक कार्यक्रम सम्पन्न ।

0

मंसिर १६
हामी सबैको प्रतिबद्धता , लैङ्गिक हिंसा अन्त्यका लागी अभियान भन्ने नाराका साथ गत मंसिर ९ गतेदेखि सुरु भएको १६ दिने अभियान अन्तर्गत बागलुङको निसीखोला गाउँपालिकामा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
३३ औँ अन्तराष्टिय« लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान देशभर सञ्चालन भइरहेको हो ।
निसीखोला गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले लैङ्गिक हिंसा अझै पनी जारी रहेका कारण त्यसको अन्त्यका निम्ती सबैले हातेमालो गरेर समाजमा भइरहेको हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।
निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिको अध्यक्षता रहेको कार्यक्रममा बागलुङ नगरपालिका उपप्रमुख राजु खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।प्रमुख अतिथी खड्काले बोल्दै आफुहरुले जिल्लाका सबै तहमा सचेतना मुलक कार्यक्रम गर्दै आइरहेको बताउँदै यस वर्ष पनि विभिन्न पालिकामा कार्यक्रम सुरु भइरहेको बताउँदै समाजमा व्यापक रुपमा हिंसा जन्य गतिविधी भइरहेको र त्यसको न्यूनीकरणका निम्ती स्थानीय तह देखि सबै निकायको सक्रिय भूमिका रहनुपर्नेमा जोड दिनुभयो ।

बागलुङमा हिंसा पीडितका निम्ती बागलुङ नगरपालिकाले छुट्टै डेस्क स्थापना गरेर हिंसा पीडितलाई न्याय दिने गरी कार्यक्रम गरिरहेको बताउँदै धवलागिरी अस्पतालमा रहेको ओसीएमसी मार्फत पनि धेरै हिंसा पीडित नागरिकले सेवा लिइरहेको बताउँदै त्यस्तो समस्या रहेमा नागरिकले सहज रुपमा उद्धार र राहातसँगै उनीहरुलाई न्याय दिने कार्य भइरहेको बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष समेत रहनुभएका निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले बोल्दै समाजमा अझै पनि हिंसा जन्य गतिविधि बढिरहेको र महिला मात्र नभई पुरुष समेत पीडित रहेको र हिंसा न्यूनिकरणमा स्थानीय सरकारले विभिन्न सचेतना मूलक कार्यक्रम अगाडि बढाउने बताउनु भयो ।
अशिक्षा, गरिबी, चेतनाको अभाव जस्ता समस्याका कारण पनी हिंसा जन्य गतिविधी भइरहेको बताउँदै त्यसलाई रोक्न सबै सचेत नागरिक सङ्घ खसंस्था र सरकारबिच समन्वय आवस्यक रहेको बताउनु भयो ।
त्यस्तै निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिले बोल्दै समाजमा हुने लैङ्गिक हिंसालाई रोक्नका निम्ती विद्यालय तहबाट र विभिन्न सचेतना मूलक कार्यक्रम गरेर नियन्त्रण गर्न सकिने बताउँदै हिंसा दिने व्याक्तिलाई कानुनी दायरामा ल्यान सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समिति बागलुङका जिल्ला समन्वय अधिकारी कृष्णराज गौतम, धौलागिरी अस्पताल बागलुङका बरिष्ठ अस्पताल नर्सिङ निरीक्षक देवी भट्टराई, लगाएत धौलागिरी अस्पालको टिम, जनप्रतिनिधि , निसीखोला गाउँपालिका अन्तर्गत सामुदायिक विद्यालयका प्रधानाध्यापक एव्म प्रतिनिधि शिक्षक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम निमित्त प्रशासकीय अधिकृत दिलिप चन्दको सञ्चालनमा सम्पन्न भएको हो ।

रिठाखोला लघुजलविद्युत आयोजना द्धारा घोसाखानी मा.वि.मा शैक्षिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम

0

 रिठाखोला लघुजलविद्युत आयोजना द्धारा घोसाखानी माध्यमिक विद्यालयमा शैक्षिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

ढोरपाटन नगरपालिका ३ मा केन्द्रिय कार्यालय रहेको संस्थाले संस्थागत सुशासन अन्र्तगत विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने उदेश्य सहित विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक, व्यवस्थापन समिती, शिक्षक लगाएतको विचमा शैक्षिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरिएको संस्थाका अध्यक्ष गौरिश्वर पाण्डेले बताउनु भयो ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर विभिन्न समाज रूपान्तरण मुलक कार्यक्रम गर्दे आइरहेको छ । संस्थाका अध्यक्ष गौरीश्वर पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा ढोरपाटन नगरपालिका शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख गणेश रावलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी रावलले बोल्दै शिक्षाको गुणस्तर बृद्धि गर्नका निम्ती विद्यालय व्यवस्थापन समिती समुदाय, अभिभावक, विद्यार्थी संगै सरकार विचको सम्मोन्यकारी भुमिका आवस्यक रहेको बताउँदै रिठाखोला लघुजलविधुत आयोजनाले शिक्षाको क्षेत्रलाई उकास्नका निम्ती यस्तो महत्वपूर्ण कार्यक्रमको आयोजना गरिरहेकोमा धन्यबाद ज्ञापन गर्नुभयो ।

ढोरपाटन नगरपालिकाले शिक्षा क्षेत्रको विकास र गुणस्तर उकास्नका निम्ती निरन्तर कार्यक्रम गरिरहेको बताउँदै अवको शिक्षामा परिणाम आउने गरी आफुहरुले का गरिरहेको बताउनु भयो । अझैपनी बालविवाह लगाएतका समस्या रहेको बताउँदै त्यसलाई रोक्नका निम्ती आफुले विभिन्न कार्यक्रम गर्ने बताउनु भयो 

त्यस्तै कार्यक्रमका अध्यक्ष गौरिश्वर पाण्डेले बोल्दै शिक्षा क्षेत्रको विकास र वृद्धिका निम्ती सबैको जिम्मेवार भुमिका आवस्यक रहेको बताउँदै रिठाखोला लघुजलविधुत आयोजनाले विधुत प्रवाह संगै सेवामुखि, सचेतना मुखिगुण्स्तर मुखी कार्यक्रम गर्दे आइहरेको बताउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनु भएको ढोरपाटन नगरपालिका ३ का अध्यक्ष खिम बहादुर बिकले बोल्दै शिक्षा क्षेत्रको विकासमा समुदाय, अभिभावक संगै स्थानीय सङ्घसंस्थाको हातेमालो भएमा थप परिणाम ल्याउन सकिने बताउँदै रिठाखोला लघुजलविद्युत आयोजनाले शिक्षा क्षेत्रको गुणस्तर उकास्नमा महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो ।

कार्यक्रममा अभिभावकहरू विच अन्र्तक्रीया गरिएको थियो । अभिभावकहरूले यस्ता महत्वपूर्ण कार्यक्रमहरू समय समयमा गर्न सकेमा सबैलाई जिम्मेवार बनाएर लैजान र विद्यालयमा शिक्षाको विकास, गुणस्तर वृद्धिमा टेवा पुग्नेमा धारणा राखेका हुन ।

विद्यालय व्यवस्थापन समितीका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक, स्थानीय समाजसेवी,अभिभावक , विद्यार्थी लगायतको उपपश्थिती रहेको थियो । कार्यक्रम संस्थाका सचिव गंगा बहादुर घर्तिले सञ्चालन गर्नुभएको हो । 

ढोरपाटन नगरपालिकाले हल गोरु पाल्ने किसानलाई नगद सहित सम्मान गर्दे ।

0

 मंसिर १४ गते ढोरपाटन

बागलुङको ढोरपाटन नगरपालिकाले हल गोरु पाल्ने नगरपालिका भित्रका कृषकलाई नगद रकम सहित सम्मान गर्ने भएको छ ।

गाउँघरमा गोरु पाल्ने कृषकको सङ्ख्यामा कमी हुँदै जान थालेपछी हल गोरु पालिरहेका कृषकलाई प्रोत्साहन गर्ने उद्देश्य सहित नगरपालिकाले सम्मान गर्न लागेको कार्यवाहक मेयर धन बहादुर कायतले बताउनु भयो ।

आर्थिक बर्ष २०८१÷०८२ को निती कार्यक्रम र बजेट मार्फत बजेट विनियोजन गरेको नगरपालिकाले ९ वटै वडामा रहेका ५० जना किसानलाई प्रति किसान पाँच हजार रुपैयाँ प्रोत्साहन रकम सहित सम्मान गर्न लागेको हो । नगरपालिकाले हलगोरु पाल्ने कृषकको तथ्याङ्क सङ्कलन गर्न थालेको छ ।

गाउँगाउँमा मिनिटेलर हलोको बद्दो प्रयोग हुँदै जाँदा पशु चौपाया पाल्नेको सङ्ख्यामा समेत कमी हुँदै जान थालेको हो । गोरु पाल्दा गोरु संरक्षण संगै मल र कृषि उत्पादनमा वृद्धि ल्याउने उदेश्य सहित प्रोत्साहन कार्यक्रम गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

हलगोरु पाल्ने किसानले मंसिर १९ गतेसम्म निवेदन,नागरिकताको प्रतिलिपी, वडा कार्यालयको सिफारिस, ५ जना छिमेकीको सर्जिमन मुचुल्का र हलगोरुको फोटो पेश गर्न नगरपालिकाले सार्वजनिक सुचना मार्फत अनुरोध गरेको हो ।

 

 

पार्टीलाई थप उचाइमा पुर्याउन  विशेष अभियान : कांग्रेस नेता हुमागाईँ ।

0

मंसिर १२ गते

नेपाली कांग्रेसका केन्द्रिय सदस्य शिव प्रसाद हुमागाईँले देशलाई हाँक्ने स्थिर पार्टी नेपाली कांग्रेस मात्र रहेको बताउनु भएको छ ।

नेपाली कांग्रेसको एक सय दिने विशेष अभियान अन्र्तगत बागलुङको ढोरपाटन नगरपालिकामा आायेजित कार्यक्रमलाई सम्बोधन गर्दे नेता हुमाँगाईले नेपाली कांग्रेस पार्टी चार पुस्ता हस्तान्तरण हुँदै गर्दा सान्ती, लोकतन्त्र र मानव अधिकारको सिद्धान्तलाई बोकेर यहाँसम्म आएको बताउनु भयो ।

कांग्रेस नेता हुमागाँईले देशमा धेरै पार्टीको स्थापना भएपनी हचुँवाको भरमा देश हाँक्छु भनेर उत्रिएका रवि लामिछाने जस्ता नेता र नेपालका कम्युनिष्ट पार्टीले देशको समृद्धि अगाडी बढाउन नसकेको जिकीर गर्नुभयो । कम्युनिष्टहरुमा जनतामा भ्रम छर्ने, सत्ता मोहका लागी मरिहत्ते गर्ने प्रबृर्ति रहेको बताउँदै नेपाली कांग्रेस आफ्नै सिद्धान्त र अडानमा अडिग भएर देशको विकास, समृद्धि संगै जनताको हक अधिकार स्थापित गर्ने अभियानमा जुटिरहेको बताउनु भयो ।

नेपाली कांग्रेसले पार्टीका कार्यकर्ताको मर्म, भावना बुझ्न तल्लो तहमा संगठनको अवस्था बुझ्दै संगठनलाई मजबुध बनाउने गरी अभियान सञ्चालन गरिरहेको बताउँदै तल्लो तहदेखि नै पार्टीमा एकता र सकारात्मक चिन्तन आवस्यक रहेकोमा जोड दिनुभयो । बर्तमान सरकार आगामी २०८४ को चुनाब सम्मै कायम रहने पनि उहाँले बताउनु भयो ।

नेपाली कांग्रेस ढोरपाटन नगर कार्यवाहक सभापति विनोद भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा बागलुङ जिल्ला सभापति जित बहादुर शेरचनले बोल्दै पार्टीले लिएको अभियान सक्रिय रुपमा अगाडि बढिरहेको बताउँदै विशेष अभियानले पार्टीका नेता कार्यक्रता चलायमान हुने , संगठन बृद्धिमा सक्रिय बन्ने अपेक्षा लिएको बताउनु भयो । पार्टीलाई मजबुत र एक ढिक्का बनाएर लैजानका निम्ती अभियानको महत्वपूर्ण भुमिका रहने बताउनु भयो ।

नेपाली कांग्रेस जिल्ला उपभापती तथा एक सय दिने अभियान कार्यक्रममा ढोरपाटन नगरपालिका संयोजक प्रतिनिधी तारानाथ पौडेलले कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो ।

वडाका प्रतिनिधिद्दारा नगरपालिकाको ९ वटै वडाको सांगठानीक अवस्था, सकारात्मक पक्ष, सुधार गर्नुपर्ने पक्ष लगायतका विषयमा प्रतिवेदन प्रस्तुत गरिएको थियो । संविधान सभा सदस्य नर बहादुर पुन, महाधिवेशन प्रतिनिधि दिलमाया पौवी, जिल्ला सचिव गण्डकी थापा अधिकारी, क्षेत्रीय सभापती जोकलाल बुढा, जिल्ला सदस्य कृष्ण भण्डारी , प्रदेश सभापती मेषलाल शर्मा , ढोरपाटन नगर सभापति धन बहादुर कायत ( कल्याण ) लगाएतको शुभकामना मन्तव्य रहेको हो ।

कार्यक्रम नगर कोषाध्यक्ष गंगा बहादुर केसीको स्वागत, सचिब भुमिराज महतको सञ्चालनमा सम्पन्न भएको हो । 

कार्यक्रममा अवसरमा पाँचजना यूवाहरु नेपाली कांग्रेस प्रवेश गरेका छन ।

 

चिरपटले हानेर ढोरपाटनमा एक महिलाको हत्या तिन जना प्रकाउ।

0

 मंसिर १२ गते ढोरपाटन

बागलुङको ढोरपाटन नगरपालिका ९ मा आफ्नै सौता दिदी पर्ने सहित ३ जनाको समुहले चिरपट दाउराले हान्दा ३२ बर्षिया कुमारी बिकको मङ्गलबार मृत्यु भएको छ । 

जेम प्रसाद विककी ३१ बर्षिय जेठी श्रीमती पानसरा विक सहित ढोरपाटन नगरपालिका ७ बस्ने २६ बर्षिया झकेन्द्र विक, वडा नम्बर ८ की ४० बर्षिया स्याउती भन्ने आइतमला विकले योजना बद्ध रुपमा मङ्गलबार दिउँसो कुमारी बिकको हत्या गरेको पाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले बताउनु भयो । 


घटनामा संलग्न ३ जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रह्रीले जनाएको हो ।

घटना लगत्तै प्रहरीले ३ जनालाई तत्काल नियन्त्रणमा लिन सफल भएको थियो । घरायसी विवादका कारण पानसरा विककै योजना अनुसार घटना घटाइएको बुझिएको छ ।

मृतकको श्रीमान वैदेशिक रोजगारीमा रहेको पाइएको हो । दुबै दिदीबहिनीको घरमा चार चार जना बच्चाहरू हरु रहेका छन ।