Home Blog Page 65

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई पौष १२ गते प्रादेशिक अस्पतालको रुपमा उद्‌घाटन गरिँदै ।

0

 पौष ८ गते बुर्तिबाङ

बागलुङको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा रहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैया को प्रादेशिक अस्पतालको रुपमा आगामी पौष १२ गते विधिवत रुपमा उद्‌घाटन सहित सेवाको शुभारम्भ गर्न लागिएको हो ।

आफूहरूले गरेको मिहिनेत र नागरिकका बिचमा गरिएको प्रतिबद्धता पुरा भएको जनाउँदै पौष १२ गते अस्पतालको विधिवत रुपमा उद्‌घाटन आयोजना गरिएको गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँरले बताउनु भयो ।

ढोरपाटन नगरपालिका मातहतमा रहेको स्वास्थ्य चौकीको सङ्घ सरकारबाट मान्नेका र गण्डकी प्रदेश सरकारबाट आर्थिक व्ययभार व्यवस्थापन हुने भएसँगै पौष १२ गते गण्डकी प्रदेशका मुख्य मन्त्री शुरेन्द्र राज पाण्डेले अस्पतालको विधिवत रुपमा उद्‌घाटन गर्नुहुने भएको हो ।

मध्यपहाडी लोकमार्ग छेउमै रहेको बुर्तिबाङमा प्रदेशस्तरीय अस्पताल सञ्चालन भएसँगै पश्चिम बागलुङ छ पालिका सहित गुल्मी, प्यूठान, रोल्पा र पूर्वी रुकुमका हजारौँ नागरिकले स्वास्थ्य सेवा लिन सहज हुने भएको छ ।

नीति तथा कार्यक्रम र बजेटबाटै गण्डकी प्रदेश सरकारले गोरखाको आँपपीपल र बागलुङको बुर्तिबाङलाई प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्ने घोषणा गर्यो

सोही अनुसार सङ्घ सरकारले दुवै अस्पताल प्रदेशलाई हस्तान्तरण गरेको हो । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्लास्तरीय अस्पतालमा स्तरोन्नतिका लागि विसं २०६४ साउन १५ गते स्वास्थ्य मन्त्रलायले निर्णय गरे पनि लामोसमय सम्म कार्यान्वयन हुन सकेन तर अब भने सो स्वास्थ्य केन्द्र प्रदेशस्तरको अस्पतालमा स्तरोन्नति हुने भएको छ ।

गण्डकी प्रदेश सरकारको सिफारिसमा सङ्घीय सरकारको गत वर्ष फागुन ६ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेशस्तरीय ५० शय्याको अस्पताल बनाउने निर्णय गरेको थियो ।

बुर्तिबाङ स्वास्थ्य केन्द्रमा वार्षिक करिब ६०० महिला प्रसूति हुने गरेका छन् । दैनिक ३०० जनालाई बहिरङ्ग र ३० जनालाई आकस्मिक सेवा दिँदै आइरहेको पाइएको छ । अस्पताल व्यवस्थापनका अनुसार १४ रोपनी ९ आना जग्गामा तीन ब्लग सहित ४८ कोठासहितका भवन र एक आवासीय भवन रहेका छन् ।

जुन संरचना अस्पताल सञ्चालनको लागि पर्याप्त हो । पौष १२ गते हुने कार्यक्रमको आवश्यक तयारी पुरा भइरहेको बुर्तिबाङ स्वास्थ्य केन्द का प्रमुख डा.नविन्द्र ढकालले बताउनु भयो । अस्पताल उद्घाटनको दिन घाँटी र छातीको समस्या भएका बिरामीको चेकजाँच तथा उपचार हुने भएको जनाइएको छ ।

प्रादेशिक अस्पत्ताल बनाउनका निम्ती यस क्षेत्रबाट निर्वाचित साँसद, स्थानीय सरकार, गण्डकी प्रदेश सरकारको समेत सक्रिय भुमिका रहेको देखिएको छ । ५० शैयाको अस्पत्तालबाट सेवा सुचारु भएसंगै पाल्पा, पोखरा, काठमान्डौ, वुटवल लगाएतका अस्पत्तालमा पुग्नुपर्ने नागरिकको बाध्यता कम हुने नागरिकको विश्वास रहेको छ ।

 

बडिगाड गाउँपालिकालाई २०८३ सम्म पोषण मैत्री पालिका बनाउने लक्ष्य ।

0

पौष ७ गते बुर्तिबाङ

बागलुङको बडिगाड गाउँपालिकामा सरोकारवालाहरूको लागी पोषण मैत्री स्थानीय शासन सम्बन्धी अभिभुखिकरण तथा प्रतिबद्धता कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

गुणस्तरीय पोषण सेवाको उपलब्धता र पहुँचको सुनिश्चितता गर्दे मानव जीवन चक्रमा पोषणको अवस्था सुधार गर्दे पालिकालाई कुपोषणबाट २०८३ सम्म अन्त्य गर्ने उद्देश्य सहित प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको हो । 

गाउँपालिका अध्यक्ष गण्डकी थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा सरोकारवाला निकायको सक्रिय उपस्थिति रहेको थियो ।जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भिमसेन वन, जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनैतिक दलका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, पत्रकार लगायतको उपश्तिथी मा आयोजित कार्यक्रमका अवसरमा अभिभुखिकरण सँगै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको हो । 

बडिगाड गाउँपालिकाले यस वर्षदेखि पोषण मैत्री पालिका कार्यक्रमलाई अगाडि बढाएको छ । गाउँपालिकाको १० वटै वडामा पोषण मैत्री विभिन्न सूचकहरू का आधारमा कार्यक्रम अगाडि बढाउने गरी लक्ष्य निर्धारण गरिएको छ ।

पोषण उन्मुख अवस्थामा रहेको पालिकालाई विक्रम सम्वत् २०८३ सम्म पोषण मैत्री घोषणा गर्ने लक्ष्य लिइएको छ ।

गाउँपालिकाका नागरिकका बिचमा सचेतना मूलक कार्यक्रम गर्ने ,व्यक्तिगत सरसफाइ, शुद्ध खानेपानीको पहुँच, तरकारीको पहुँच, दुध मासुको पहुँच, शिक्षाक्षेत्र विद्यार्थीको भर्ना र पढाईको सुनिश्चता, बाल विकास केन्द्रका सहजकर्तालाई तालिम लगायतको विषयमा कार्यक्रम गरिने भएको हो ।

 

निसीमा सहभोज तथा सचेतना कार्यक्रम: छुवाछुत अन्त्यका निम्ती स्थानीय सरकार प्रतिबद्ध छ अध्यक्ष घर्ती ।

0

पौष ६ गते ढोरपाटन
बागलुङको निसीखोला गाउँपालिका ५ निसीमा शुक्रबार सहभोज तथा सचेतनामूलक कार्यक्रम गरिएको छ ।
निसीखोला दलित सञ्जालको आयोजनामा सञ्चालित कार्यक्रममा स्थानीय जनप्रतिनिधि सहित विभिन्न जातजातिको सहभागिता रहेको थियो ।
समाजमा रहेको जातीय विभेद अन्त्य गर्नका निम्ती कानुनको पालना सँगै स्थानीय सरकार, नागरिक र सचेत व्यक्तिले भेदभाव पूर्ण रोक्नका निम्ती सक्रियता नदेखाए सम्म समाजमा भेदभाव उन्मूलन नहुने बताउँदै यस्तो कार्यक्रमको आयोजना गरिएको वक्ताहरूले बताएका छन ।

निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिले बोल्दै गाउँपालिकाले जातीय भेदभाव, छुवाछुत र समाजमा रहेका कुसंस्कार अन्तय गर्नका निम्ती गाउँपालिकाले विभिन्न सचेतना मुलर कार्यक्रम सँगै कानुनलाई पालना गर्नका निम्ती निरन्तर अगाडि बढिरहेको बताउनु भयो ।

विभिन्न कानुन बनाएर पालिका अगाडि बढिरहेको र सचेतना मूलक कार्यक्रम समेत भइरहेका कारण अब पनी छुवाछुत जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा नल्याइ सम्म छुवाछुत नरोकिने मा जोड दिनुभयो ।

निसीखोला दलित सञ्जालका अध्यक्ष रोशन विश्वकर्माको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्ति, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, अधिकार कर्मी, दलित अभियन्ता अगुवा, स्थानीय समाजसेवी बुद्धिजीवी लगायतको उपस्थिति सँगै मन्तव्य रहेको थियो ।

वक्ताहरूले बोल्दै समाजमा हुने विभेद, छुवाछुत, भेदभाव अन्त्य गर्नका निम्ती सरकारको भूमिका सक्रिय रहनुपर्नेमा जोड दिएका हुन ।

कार्यक्रममा उपश्थित सबैले सामुहिक भोज मार्फत छुवाछुत अन्त्यको शन्देश प्रवाह गरेका छन । यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यबाद ज्ञापन गर्दे यस्ता कार्यक्रम विभिन्न स्थानमा आवस्यक रहेकोमा जोड दिइएको थियो ।

कार्यक्रम अनिल विश्वकर्माले सञ्चालन गर्नुभएको हो ।

इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँरको बिदाई ।

0

पौष ३ गते बुर्तिबाङ इलाका प्रशासन कार्यलय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँरको उमेरहदका कारण अनिवार्य अवकाश भएसँगै बुधबार एक कार्यक्रमका बिच बिदाई गरिएको छ ।

२०४२ असार महिनादेखि सरकारी सेवामा प्रवेश गर्नुभएका कुवँरले ४१ वर्षसम्म खरिदार, नायब सुब्बा, शाखा अधिकृत हुँदै विगत १० वर्षदेखि इलाका प्रशासन कार्यालय बुर्तिबाङमा सेवा प्रवाह गर्नुभएको हो ।

साविक गाविस सचिव हुँदै प्रशासन कार्यालयमा कार्यालय प्रमुखको रुपमा रहनु भएका कुवँरको केहि महिना पहिले शाखा अधिकृतको रुपमा बढुवा हुनुभएको थियो ।

आयोजित बिदाई कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँरले प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दे विभिन्न उतार चढावका बावजुत जनताको सेवामा ४१ वर्षसम्म सेवा प्रवाह गर्नुभएकोमा धन्यबाद ज्ञापन गर्दे कर्मचारीमा हुनुपर्ने गुण, जनताप्रति उत्तरदायी र सफल कार्यकुशलता पुरा गर्नुभएका लोकबहादुर कुवँरको आगामी जीवन शुख, समृद्ध र शान्तीमय को कामना गर्नुभयो । 

कार्यालय प्रमुखको अवकाश भएसँगै सेवा ग्राही नागरिकमा अर्का समस्या सृजना भइसकेका कारण आफूले कार्यालय प्रमुख ल्याउने विषयमा पहल गरिरहेको र सबैले पहल गर्नपनि आग्रह गर्नुभयो ।

बिदाई भएर जान लाग्नु भएका लोक बहादुर कुवँरले बोल्दै आफूले ४१ वर्षसम्म जनताको समस्यालाई ध्यान दिएर सहज रुपमा सेवा प्रवाह गरेको जनाउँदै कर्मचारीले नागरिक मैत्री मुस्कान सहितको सेवा प्रवाह गर्न आग्रह गर्दे आगामी दिनमा समाज सेवामा आफूले समय व्यवस्थापन गर्ने बताउनु भयो ।

निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्ति, ढोरपाटन नगरपालिका ६ का अध्यक्ष उमेश बूढा मगर, नेकपा माओवादी केन्द्र ढोरपाटन नगर अध्यक्ष हेमेन्द्र घर्ति लगायतको शुभकामना मन्तव्य रहेको थियो ।

यहाँ स्थित जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, विभिन्न क्लब सङ्घसंस्था लगायतको उपस्थिति सहित सम्मान सहित बिदाई गरिएको हो । कार्यक्रम ढोरपाटन नगरपालिका १ का अध्यक्ष वान बहादुर छन्त्यालको अध्यक्षता, इलाका प्रशासन कार्यालयका कर्मचारी पवन खाम्चा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

कर्मफ्लाइट्सद्वारा विद्यालयमा न्यानो ज्याकेट र पुस्तक वितरण

0

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका विद्यार्थीहरुलाई न्यानो जाकेट वितरण गरिएको छ । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम (पुूर्वी भाग)  को पुथा उत्तरगङ्गा गाउँपालिकाका २२ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरिएको हो । गत डिसेम्बर ५ देखि १७ तारिखसम्म न्यानो ज्याकेट वितरण गरिएको थियो ।

कर्मफ्लाइट्स फाउन्डेसन र मेटल फर नेपालको आर्थिक सहयोग, कर्मफ्लाइट्सको व्यवस्थापन तथा पुथा उत्तरगङ्गा गाउँपालिकाको समन्वयमा हिमाली जिल्ला रुकुम (पूर्वी भाग) का विद्यार्थीको पठनपाठन अभियानमा सहजीकरण गर्न न्यानो ज्याकेट परियोजना सञ्चालन गरिदै आएको संस्थाका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले बताउनुभएको छ ।

उहाँका अनुसार न्यानो ज्याकेट परियोजना अन्तर्गत जनप्रिय आवि घुम्लिबाङमा १०१ जना, उत्तरगङ्गा आवि उपल्लोसेरामा ९१ जना, जनता आवि तल्लोसेरामा २० जना, ज्योति आवि फल्नैमा २३ जना, दुर्गा आवि गर्खानीमा ४३ जनालाई न्यानो जाकेट वितरण गरिएको छ । यस्तै पर्वत मावि कोलमा २ सय ८८ जना, पहाडी आवि छमारीमा १६ जना, जनसेवा आवि गोलखाडामा ५५ जना, डिग्रे आवि पानीचौरमा ४८ जना, सिद्धमण्डली माविमा ३५६ जना, आधारभूत विद्यालय नाखामा ८० जना, सानोभेरी आधारभूत विद्यालय खारखोलामा ७३ जना, जनसहयोग मावि रिवाङचौरमा २२० जना, सृजनशील बालविकास केन्द्र खराङमा १९ जना विद्यार्थिलाई न्यानो ज्याकेट वितरण गरिएको छ ।

यसैगरी लालपाटन आवि चुमामा ३६ जना, बालकल्याण आवि घरेलुटाकुरामा २९ जना, आधारभुत विद्यालय घुर्बाङमा २९ जना, जनज्योति मावि जाङमा १७१ जना, बालविकास जुनाङमा ५ जना, मनराज बालविबास हिममा ५ जना, तातोपानी आवि गुइबाङमा ८ जना र नियमित छात्रवृत्ति पाउनेतर्फ पुथा मावि मैकोटमा १७ जना गरेर जम्मा १ हजार ७ सय ३३ जना विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरिएको हो ।

वडा नं १४ का वडा अध्यक्ष द्रवेश बुढा मगरले सिद्धमण्डली माविमा न्यानो ज्याकेट वितरण कार्यक्रमा बोल्दै ‘राज्यले गर्न नसकेको काम कर्मफ्लाइट्स मार्फत भएको हुँदा स्थानीय तहलाई विकास निर्माणमा ठूलो सहयोग भएको’ बताउनुभएको थियो ।

बालकल्याण आवि घरेलुटाकुराका प्रअ अर्जुन बुढाक्षेत्रीले ‘न्यानो ज्याकेट तथा पुस्तकालयको लागि पुस्तक वितरण कार्यक्रम यो विद्यालयमा पहिलो पटक भएको र यस्तो कार्यक्रम पहिला प्रदेश मुख्यमन्त्री कार्यक्रम मार्फत हुने भनिए पनि कहिल्यै नभएको’ गुनासो गगर्नुभएको थियो । कर्मफ्लाईट्सले विद्यालयमा पुस्तकालयको लागि पुस्तक वितरण गरेपछि खुसी हुँदै विद्यार्थिलाई गरेको न्यानो ज्याकेटको सहयोगले चिसो मौसममा विद्यार्थी संख्या घट्ने समस्या कम हुने अपेक्षा गरेको बताउनुभएको छ ।

कर्मफ्लाइट्स फाउन्डेसन पोखरा कास्कीले लुम्बिनी प्रदेश रुकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं ८ मा रहेका ३ वटा विद्यालय वडा नं ७ को १ विद्यालयमा पुस्तकालयको लागि पुस्तकहरू वितरण गरिसकेको छ ।

आफ्नो स्थापनाकालदेखि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा थुप्रै कामकार्य गरिआएको कर्मफ्लाइट्स फाउन्डेसनले ‘एक विद्यालय, एक पुस्तकालय’ कार्यक्रम मार्फत पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं ८ मा रहेका जनसहयोग मावि रिवाङचौर, लालपाटन आधारभूत विद्यालय चुमा र बालकल्याण आधारभूत विद्यालय घरेलुटाकुरा र वडा नं ७ मा रहेको आधारभूत विद्यालय खारखोलामा पुस्तकालय स्थापनार्थ पुस्तक वितरण गरेको कुरा कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवरले बताउनुभएको छ ।

सकियो प्रथम निसीखोला महोत्सव ।

0

 मंसिर ३०

बागलुङको निसीखोला गाउँपालिका ४ झिवाखोला बजारमा सञ्चालित प्रथम निसिखोला महोत्सव आइतबार सम्पन्न भएको छ । गत मंसिर १७ गतेदेखि सञ्चालित महोत्सव आफूहरूको सिकाइका रुपमा महत्वपूर्ण रहेको आयोजकले जनाएको छ ।

स्थानीय, कला संस्कृति खेलकुदको जर्गेना सहित व्यापार व्यवसाय, मनोरञ्जनलाई लक्षित गर्दे सञ्चालन गरिएको महोत्सवमा उल्लेखनीय मात्रामा दर्शकको भने उपस्थित हुन नसकेको पाइएको छ ।

आइतबार समापन गरिएको महोत्सवको गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले प्रमुख अतिथिको रुपमा कार्यक्रमको सम्बोधन गर्नुभएको हो । कार्यक्रममा बोल्दै सांसद कुवँरले महोत्सवले निसीखोलाको एकता, सदभाव सँगै यहाँको व्यापार, पर्यटन प्रर्वद्धन संगै धेरै कुराको सिकाईको रुपमा सहयोग पुर्याएको बताउनु भएको छ ।

यहाँकै युवाहरूको सक्रियतामा महोत्सव सम्पन्न भएको बताउँदै यस्ता महत्वपूर्ण कला संस्कृति, खेलकुद, पर्यटन प्रर्वद्धन हुने कार्यक्रमलाई सबैले साथ दिन आवश्यक रहेको बताउँदै आफुले यस क्षेत्रको विकास र समृद्धिमा जनता संगै हातेमालो गरेर अगाडि बढने बताउनु भयो ।

जनताको सबैभन्दा ठुलो समस्या र आवश्यकताको रुपमा रहेको स्वास्थ्य क्षेत्रको विकास र विस्तारका निम्ती आफूले सुरुका दिन देखिनै सक्रिय रुपमा लागि परेका कारण बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरवृद्धि गर्दे ५० शैयाको अस्पताल बनिसकेका कारण अब धेरै सेवा सुविधा घर नजिकैको अस्पतालबाट नागरिकले प्राप्त गर्न सक्ने भएको बताउनु भयो । पौष १२ गते अस्पतालको विधिवत उद्‌घाटन गरेसँगै चाँडै सेवा सुचारु हुने बताउनु भयो ।

त्यस्तै सांसद कुवँरले पश्चिम बागलुङमा निरन्तर विपद, दैवी प्रकोप लगायतका समस्याहरू हुँदै गर्दा सबैभन्दा पहिले रेस्क्यु गर्ने ससत्र प्रहरी रहेका कारण यस क्षेत्रमा पनी ससत्र प्रहरी बल युनिट राख्ने विषयमा सरकारले ठाउँहरू हेरिरहेका कारण पश्चिमका ४ पालिका मध्ये पायक पर्ने स्थानमा ससत्र बस्ने भएका कारण आफूहरूले नागरिकलाई सूचना दिन खोज्दै गर्दा केही व्यक्तिबाट त्यसमा आपत्ती जनाएकोमा पहिले कुरा बुझेर मात्र बोल्न आग्रह गर्दे आफ्नो व्यक्तिगत स्वार्थ नभई राज्यले यस क्षेत्रका नागरिकको सुरक्षाका निम्ती गर्न खोजिएको कदम रहेको बताउँदै पायक पर्ने स्थानमा राख्ने व्यवस्था मिलाउने गरी सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो ।

रंगिन युवा क्लबको आयोजनामा सञ्चालित महोत्सव राजमान बुढाको अध्यक्षता, निसीखोला गाउँपालिकामा कृयाशिल राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, क्लबका पदाधिकारी, मेला व्यवस्थापन समिती पदाधिकारी लगाएतको आतिथ्यता एव्म शुभकामना मन्तव्य रहेको थियो ।

क्लले सञ्चालन गर्ने भनिएको हेली मार्फत प्रर्यटकिय क्षेत्रको अवलोकन भलिवल लगायतका विभिन्न कार्यक्रम सञ्चालन गर्न नसकेको पाइएको छ ।

नेकपा माओबादी केन्द्र निसीखोलाको अध्यक्षमा भिम बहादुर घर्ति चयन

0

मंसिर २७ गते बुर्तिबाङ

नेकपा माओबादी केन्द्र निसीखोलाको अध्यक्षमा भिम बहादुर घर्ति चयन हुनुभएको छ । बुधबार पार्टीको दोश्रो गाउँपालिकाको दोश्रो अधिवेशनबाट भिम बहादुर घर्तिको नेतृत्वमा २७ सदस्य पदाधिकारी चयन गरिएको हो ।
समितीको उपाध्यक्षमा हिरा बहादुर पुन, बेल बहादुर बुढा, टेक प्रसाद श्रेष्ठ सचिबमा इद बहादुर रसाईली, कोषाध्यक्ष गिता सापकोटा लगाएत अन्य पदाधिकारी चयन हुनुभएको हो ।

खुल्ला सत्रको कार्यक्रम नेकपा माओबादी केन्द्र निसीखोला गाउँपालिका अध्यक्ष कुविर विश्वकर्माको अध्यक्षता, माओबादी केन्द्र बरिष्ठ केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सह इन्चार्ज हरि अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा केन्द्रिय सदस्य निल बहादुर पुन, गण्डकी प्रदेश पार्टी उपाध्यक्ष ज्ञामनाथ गैरे अनिल, गण्डकी प्रदेश सचिवालय सदस्य प्रेम बहादुर घर्ति, गण्डकी प्रदेश सचिवलाय सदस्य कुशुम बुढा लगाएत जिल्ला पदाधिकारी, पालिका पदाधिकारीको आतिथ्यता एव्म मन्तव्य रहेको थियो ।

नेकपा माओबादी केन्द्र तमानखोलाको अध्यक्षमा नारायण सुनार

0

मंसिर २७ गते बुर्तिबाङ

नेकपा माओबादी केन्द्र तमानखोला गाउँपालिकाको अध्यक्षमा नारायण सुनार अध्यक्ष पदमा चयन हुनुभएको छ ।
बुधबार पार्टीको दोश्रो गाउँपालिका अधिवेशनबाट नारायण सुनार अध्यक्ष रहेको १८ सदस्य समितीको सहमतीबाट गठन गरिएको छ ।
समितीको उपाध्यक्षमा दल प्रसाद पुन, सचिब तारानाथ सिर्पाली, कोषाध्यक्ष दालमाया घर्ति सहितको समिती चयन गरिएको हो ।
उद्धघाटन सत्रको कार्यक्रम नेकपा माओबादी केन्द्र तमानखोला गाउँपालिका अध्यक्ष प्रेम घर्तिको अध्यक्षता माओबादी केन्द्र केन्द्रिय सदस्य कृष्ण केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समिती पदाधिकारी, पालिका पदाधिकारी लगाएतको सहभागिता एव्म मन्तव्य रहेको थियो । कार्यक्रम सचिव छ प्रसाद श्रीपालीले सञ्चालन गर्नुभएको हो ।

माओबादी केन्द्र ढोरपाटनको अध्यक्षमा हेमेन्द्र घर्ति ।

0

मंसिर २६
नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र ढोरपाटन नगर कमिटीको अध्यक्षमा हेमेन्द्र घर्ति चयन हुनुभएको छ ।
मंगलबार भएको पार्टीको दोश्रो नगर सम्मेलनबाट घर्ति सर्वसहमतीबाट अध्यक्षमा चयन हुनुभएको हो ।

पाँच जनाको अध्यक्ष पदमा आकांक्षा रहेपनी सहमतीबाट नेतृत्व चयन गरिएको जनाइएको छ । उपाध्यक्ष खुल्लामा राष्ट्रिय पुन, मिलन विक रहनु भएको छ । त्यस्तै उपाध्यक्ष १ पद रिक्त रहेको जनाइएको हो ।सचिबमा गोपाल महत, कोेषाध्यक्ष वेलमती घर्ति लगाएत ३१ सदस्य पदाधिकारी चयन गरिएको नेकपा माओबादी केन्द्रका दिलिप थापाले बताउनु भयो ।

नेपाल कम्युनिष्ट पार्टी माओवादीको दोस्रो ढोरपाटन नगर सम्मेलन सुरु अध्यक्षमा ५आकांँक्षी

0


नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको दोश्रो ढोरपाटन नगर सम्मेलन मंगलबार देखि सुरु भएको छ । नगर सम्मेलन मार्फत नेतृत्व चयनमा जुटेको माओवादी केन्द्रमा अध्यक्ष पदको प्रत्यासीमा पाँच जना देखिएका छन ।

बन्द सत्रमाफर्त उमेद्वारी दर्ता सुरु भएको जसमा अध्यक्ष पदमा पाँच जनाको उमेद्वारी परेको हो । अध्यक्ष पदका लागी हेमेन्द्र घर्ति, सुमित घर्ति, राष्ट्रिय पुन, दिलिप थापा, गोपाल महत रहनु भएको छ ।
मंगलबार खुल्ला सत्रको औपचारिक कार्यक्रम सम्पन्न भएसंगै नेतृत्व चयनका निम्ती बन्द सत्र मार्फत छलफल कार्यक्रम सुरु भएको हो ।
उद्‌घाटन सत्रको कार्यक्रम ढोरपाटन नगर सम्मेलन आयोजक समितिका अध्यक्ष भीम बहादुर गौतमको अध्यक्षता,नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका केन्द्रिय सदस्य एवम् गण्डकी प्रदेश सह इन्चार्ज हरि अधिकारी (कुमार) को प्रमुख आथ्यिता रहेको थियो ।
आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि अधिकारीले ऐतिहासिक नगर सम्मेलनको सफलताको शुभकामना कामना सहित सक्षम नेतृत्व अगाडी आउनुपर्नेमा जोड दिनुभयो । देशमा समाजवादी आन्दोलनको लहर आउने अवस्था रहेको बताउँदै नेतृत्व जिम्मेवार रहनुपर्नेमा जोड दिनुभयो ।
माओबादी पार्टीले देशमा उत्पन्न हरेक समस्यामा अग्र स्थानमा रहेर जिम्मेवारी व्यवस्थापन गरिरहेको जनाउँदै माओवादी प्रति जनताको भरोसा र आशा रहेको बताउनु भयो ।
देशमा भ्रष्टाचार न्यूनिकरण गर्न, देश निर्माणमा जनताको मन जित्न माओबादीको आवश्यकता रहेको जनाउँदै माओवादीले मात्रै देशमा समृद्धि ल्याउने बताउनु भयो ।
आयोजित कार्यक्रममा माओबादी केन्द्र केन्द्रिय सदस्य कृष्ण के.सी.,केन्द्रिय सदस्य चन्द्र बहादुर बुदा ,बागलुङ जिल्ला समन्वय समिति संयोजक राजिव घिमिरेको विशिष्ट आतिथ्यता एवम् शुभकामना मन्तव्य रहेको थियो ।
त्यस्तै वैकल्पिक केन्द्रिय सदस्य निल बहादुर  पुन, गण्डकी प्रदेश सचिवालय सदस्य एवम् गण्डकी प्रदेश सभाको प्रमूख सचेतक कुसुम बुदा को मन्तव्य रहेको हो ।
नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय सदस्य ,प्रदेश सदस्य, नगर कार्य समिति तथा माओवादीबाट निर्वाचित जनप्रतिनिधि लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम गण्डकी प्रदेश समिति सदस्य सुमित घर्तीको स्वागत मन्तव्य,गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
बन्द सत्रमा सहमती प्रयास गरिने र सहमती नभएमा निर्वाचन प्रणालीमा जाने अवस्था आउन सक्ने एक नेताले बताएका छन ।