पौष ८ गते बुर्तिबाङ
बागलुङको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा रहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैया को प्रादेशिक अस्पतालको रुपमा आगामी पौष १२ गते विधिवत रुपमा उद्घाटन सहित सेवाको शुभारम्भ गर्न लागिएको हो ।

आफूहरूले गरेको मिहिनेत र नागरिकका बिचमा गरिएको प्रतिबद्धता पुरा भएको जनाउँदै पौष १२ गते अस्पतालको विधिवत रुपमा उद्घाटन आयोजना गरिएको गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँरले बताउनु भयो ।
ढोरपाटन नगरपालिका मातहतमा रहेको स्वास्थ्य चौकीको सङ्घ सरकारबाट मान्नेका र गण्डकी प्रदेश सरकारबाट आर्थिक व्ययभार व्यवस्थापन हुने भएसँगै पौष १२ गते गण्डकी प्रदेशका मुख्य मन्त्री शुरेन्द्र राज पाण्डेले अस्पतालको विधिवत रुपमा उद्घाटन गर्नुहुने भएको हो ।

मध्यपहाडी लोकमार्ग छेउमै रहेको बुर्तिबाङमा प्रदेशस्तरीय अस्पताल सञ्चालन भएसँगै पश्चिम बागलुङ छ पालिका सहित गुल्मी, प्यूठान, रोल्पा र पूर्वी रुकुमका हजारौँ नागरिकले स्वास्थ्य सेवा लिन सहज हुने भएको छ ।
नीति तथा कार्यक्रम र बजेटबाटै गण्डकी प्रदेश सरकारले गोरखाको आँपपीपल र बागलुङको बुर्तिबाङलाई प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्ने घोषणा गर्यो ।
सोही अनुसार सङ्घ सरकारले दुवै अस्पताल प्रदेशलाई हस्तान्तरण गरेको हो । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्लास्तरीय अस्पतालमा स्तरोन्नतिका लागि विसं २०६४ साउन १५ गते स्वास्थ्य मन्त्रलायले निर्णय गरे पनि लामोसमय सम्म कार्यान्वयन हुन सकेन तर अब भने सो स्वास्थ्य केन्द्र प्रदेशस्तरको अस्पतालमा स्तरोन्नति हुने भएको छ ।
गण्डकी प्रदेश सरकारको सिफारिसमा सङ्घीय सरकारको गत वर्ष फागुन ६ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेशस्तरीय ५० शय्याको अस्पताल बनाउने निर्णय गरेको थियो ।
बुर्तिबाङ स्वास्थ्य केन्द्रमा वार्षिक करिब ६०० महिला प्रसूति हुने गरेका छन् । दैनिक ३०० जनालाई बहिरङ्ग र ३० जनालाई आकस्मिक सेवा दिँदै आइरहेको पाइएको छ । अस्पताल व्यवस्थापनका अनुसार १४ रोपनी ९ आना जग्गामा तीन ब्लग सहित ४८ कोठासहितका भवन र एक आवासीय भवन रहेका छन् ।
जुन संरचना अस्पताल सञ्चालनको लागि पर्याप्त हो । पौष १२ गते हुने कार्यक्रमको आवश्यक तयारी पुरा भइरहेको बुर्तिबाङ स्वास्थ्य केन्द का प्रमुख डा.नविन्द्र ढकालले बताउनु भयो । अस्पताल उद्घाटनको दिन घाँटी र छातीको समस्या भएका बिरामीको चेकजाँच तथा उपचार हुने भएको जनाइएको छ ।
प्रादेशिक अस्पत्ताल बनाउनका निम्ती यस क्षेत्रबाट निर्वाचित साँसद, स्थानीय सरकार, गण्डकी प्रदेश सरकारको समेत सक्रिय भुमिका रहेको देखिएको छ । ५० शैयाको अस्पत्तालबाट सेवा सुचारु भएसंगै पाल्पा, पोखरा, काठमान्डौ, वुटवल लगाएतका अस्पत्तालमा पुग्नुपर्ने नागरिकको बाध्यता कम हुने नागरिकको विश्वास रहेको छ ।










