मंसिर १७ गते बुर्तिबाङ
हामी सबैको प्रतिबद्धता , लैङ्गिक हिंसा अन्त्यका लागी अभियान भन्ने नाराका साथ गत मंसिर ९ गतेदेखि सुरु भएको १६ दिने अभियान देशभर सञ्चालन भइरहँदा बागलुङ जिल्लाको विभिन्न पालिकामा सचेतना मुलक कार्यक्रम भइरहेका छन ।

जिल्लाको निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा सचेतना मूलक कार्यक्रम सम्पन्न गरिएको हो ।
स्थानीय पालिकाको आयोजना, जिल्ला सम्मन्य समिति बागलुङको समन्यय, तथा धौलागिरी अस्पताल बागलुङको सहजिकरणमा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्वास्थ्य कर्मी, पत्रकार लगायतको विचमा सचेतना मुलक कार्यक्रम गर्दे समाजमा भइरहने लैङ्गिक हिंसा अन्त्य गर्नका निम्ती सबै निकायबाट सक्रिय भूमिका खेल्नुपर्ने बताउँदै हिंसा जन्य घटनाबाट पीडितलाई उद्धार र न्यायका निम्ती सहयोग आवश्यक रहेकोम जोड दिइएको हो ।

बागलुङ स्थित धौलागिरी अस्पतालबाट लामो समयदेखि एक द्वार सङ्कट व्यवस्थापन केन्द्र मार्फत लैङ्गिक हिंसामा परि समस्यामा परिरहेका व्यक्तिको उद्धार, उपचार, परामर्श लगायतका कार्यक्रम भइरहेको जनाउँदै जिल्ला भित्र र बाहिरबाट वार्षिक एक सय बढि नागरिक एक द्वार सङ्कट व्यवस्थापन केन्द्रमा पुग्ने गरेको पाइएको छ ।
त्यस्तै जिल्लामै बागलुङ नगरपालिकामा अल्पकालिक महिला सेवा केन्द्र रहेको र उक्त सेवा केन्द्रबाट जिल्लाका १० वटै पालिकामा रहेका नागरिकले सेवा लिइरहेको जनाउँदै बढि मात्रामा महिला हिंसा रहेको जनाउँदै सबै पालिकामा परामर्श केन्द्र र हिंसा न्यूनिकरण जन्य गतिविधि कम गर्ने खालका कार्यक्रम अगाडी बढाउन आवस्यक रहेको जनाइएको हो ।
कार्यक्रममा बागलुङ नगरपालिका उपप्रमुख राजु खड्का, जिल्ला सम्मोन्य अधिकारी कृष्ण राज गौतम, धौलागिरी अस्पताल बागलुङका डा. सन्दिप के.सी., बरिष्ठ अस्पताल नर्सिङ निरीक्षक देवी भट्टराई, अल्पकालिन महिला सेवा केन्द्र बागलुङका अधिकृत रचना आर्चायले कार्यक्रमको उद्देश्य, जिल्लामा हिंसा पीडितको अवस्था, त्यसको व्यवस्थापन र स्थानीय तहले खेल्नुपर्ने भूमिका लगायतका विषयमा जानकारी गराउनु भएको हो ।
ढोरपाटन नगरपालिकामा आयोजित कार्यक्रम वडा नम्बर १ का अध्यक्ष वान बहादुर छन्त्यालको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवी घिमिरे, जनप्रतिनिधि, कर्मचारी लगायतको उपश्थितीमा सम्पन्न भएको हो । आइतबार निसीखोला गाउँपालिका र वडिगाड गाउँपालिका, सोमबार तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला सबै पालिकामा कार्यक्रम गरिने बागलुङ नगरपालिका उपप्रमुख राजु खड्काले बताउनु भयो ।










