निसीखोलाको कानावगरमा ऐतिहासिक तिज मेला सुरु: सांसद कुवँर द्धारा उद्‌घाटन ।

बागलुङको निसीखोला गाउँपालिका ४ कानावगरमा शुक्रबार देखि जित विशेष कार्यक्रम सुरु भएको छ ।

तिज पर्वका अवसरमा परापूर्व कालदेखि मेला लाग्दै आएकोमा स्थानीय बृहस्पति युवा क्लबको सक्रियतामा पछिल्लो समय मेला लाग्दै आएको हो । क्लबले ११ औँ बार्षिक उत्सवका अवसरमा आयोजना गरेको विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य माननिय दोर्ण कुमार कुवँरले उद्‌घाटन गर्नुभएको हो ।

सांसद कुवँरले बोल्दै स्थानीय कला संस्कृतिको जर्गेना गर्नु सबैको दायित्व रहेको बताउँदै संस्कृतिलाई जर्गेना गर्नका निम्ती क्लबले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

सांसद कुवँरले समग्र निसीखोलाको विकासका निम्ती आफूले क्रमिक रुपमा काम गर्दे जाने बताउँदै जनताले आफूलाई निर्वाचित गराएसँगै जनअपेक्षालाई पुरा गर्ने गरी आफु लागिरहेको बताउँदै असोज पहिलो हप्ता बुर्तिबाङ स्वास्थ्य केन्द्रलाई ५० शैयाको अस्पताल स्तरोन्नति गरी उद्घाटनको निम्ती आवश्यक तयारी भइरहेको बताउनु भयो ।

निसीखोला गाउँपालिकाले राखेका मागलाई क्रमश सम्बोधन गर्दे जाने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्ति, गल्कोट नगरपालिका अध्यक्ष भरत शर्मा गैरे, ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत, रूपा लोकेन्द्र सुनार, लगायतको शुभकामना मन्तव्य रहेको थियो ।

कार्यक्रममा निसीखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन, गण्डकी प्रदेश सभा पूर्व सांसद खिम विक्रम शाही, निसीखोला गाउँपालिका पूर्व अध्यक्ष तारानाथ पौडेल, वडा अध्यक्ष टिकानिधी पौडेल, चन्द्र सिंह रामजाली, कविर बिक, दीपक कुवँर , राजनैतिक दलका प्रतिनिधि, पत्रकार, प्रहरी, स्थानीय समाजसेवी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका अवसरमा स्थानीय महिलाहरूको तिज गित नृत्य संगै आईटीएफ तेक्वान्डोको प्रस्तुती समेत रहेको हो । कार्यक्रम क्लब अध्यक्ष मन बहादुर आर्चायको अध्यक्षता, सचिब भुवन खत्रीको स्वागत , भुमिराज आर्चायको सञ्चालनमा उद्‌घाटन सत्रको कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका अवसरमा ज्येष्ठ नागरिक सम्मान समेत गरिएको थियो ।

भोलिदेखि पुरुष भलिवल, रस्सास्सा, तिज गित प्रतियोगिता लगायतका कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित