ढोरपाटन उपत्यकामा टेक्वान्डो प्रतियोगिता सुरु : माननीय दिलमाया पौवी द्धारा उद्‌घाटन

 

ढोरपाटन उपत्यकामा राष्ट्रिय सिएच आईटिएफ तेक्वान्डो प्रतियोगिता तथा प्रथम ढोरपाटन भ्याली कप सोमबार देखि सुरु भएको छ ।

बागलुङ सिएच आईटिएफ तेक्वान्डोको आयोजनामा सुर भएको प्रतियोगितामा विभिन्न क्षेत्रका १५० खेलाडीको सहभागिता रहेको छ । सोमबार आयोजित उद्‌घाटन सत्रको कार्यक्रमलाई गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले प्रमुख अतिथिको रुपमा उद्‌घाटन गर्नुभएको हो ।

सांसद पौवीले बोल्दै खेलाडीको क्षमता विकास गर्न, अनुशासन सिक्न र देशको पहिचान दिलाउन खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो । खेलको माध्यमबाट धेरै नेपाली युवाहरूले प्रगति गरिरहेको बताउँदै विशेष गरी छोरीहरूका निम्ती आत्मरक्षा गर्नपनि तेक्वान्डो प्रतियोगिताले महत्वपूर्ण सहयोग पुग्ने बताउँदै यस्ता महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यबाद दिनुभयो ।

फरक प्रसङ्गमा बोल्दै् सांसद पौवीले बुर्तिबाङमा प्रादेशिक अस्पतालको अब चाँडै उद्‌घाटन भएर सेवा शुभारम्भ हुने बताउँदै प्रादेशिक अस्पताल सञ्चालनमा आएपछि यहाँका दुर दराजका गरीब, विपन्न नागरिकले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने बताउनु भयो ।

ढोरपाटन नविमा मोटरेवल पुल निर्माणका निम्ती डिपिआर भइसकेका कारण आगामी बर्ष पुल बन्ने र यहाँका नागरिक सँगै पर्यटक आवागमनमा समेत सहज हुने बताउनु भयो ।

ढोरपाटनमा धेरै विकास निर्माण र समृद्धि हुँदै गर्दा यहाँका विकासको बाधक ढोरपाटन सिकार आरक्ष रहेका कारण जनताले सास्ती खेप्दै आइरहेको बताउँदै समग्र विकासमा निरन्तर आरक्ष कार्यालय संग छलफल बहस हुने गरेको बताउनु भयो ।

कार्यक्रममा तमानखोला गाउँपालिका ३ का अध्यक्ष झक बहादुर बूढा, सिएच आइटीएफ तेक्वान्डो केन्द्रिय अध्यक्ष तारा प्रसाईँ , हरि बहादुर घर्ति लगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी, खेलाडीको उपस्थिति रहेको थियो । कुशल घर्तिको अध्यक्षता अनुप बुढाको सञ्चालनमा उद्घाटन सत्रको कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रम बुधबार सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित