नेपाली काङ्ग्रेस बागलुङको आयोजनामा सोमबार गल्कोटमा १११ औँ विपी जयन्ती मनाइएको छ ।
नेपाली कांग्रेसका संस्थापक नेता जननायक विश्वेस्वर प्रसाद कोइरालाको जन्म जयन्तीको अवसरमा पार्टीले कार्यक्रता भेला तथा प्रशिक्षण कार्यक्रम गरिएको हो ।
नेपाली कांग्रेस महासमिती सदस्य तथा प्रशिक्षण विभाग सदस्य छन्द पहराई मगरको विशेष उपश्थितीमा रहेको प्रशिक्षण कार्यक्रममा पहाईले एक आपसमा दोषारोपण गरेर मात्रै पार्टी र देशको हित नहुने भन्दै स्वयम आफु परिवर्तन भएमा मात्र सबै कुराको सम्भव रहेको बताउँदै पछिल्लो समयमा अरुलाई दोष थुपारेर मात्रै बस्ने प्रवृत्तिको हाबी भएको बताउँदै खराब प्रवृत्तिको खबरदारी गर्दे आफु पनी चलायमान हुनुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसका महामानव बिपीले गरेरको योगदानका कारण नेपाली कांग्रेस यहाँसम्म आइपुगेको बताउँदै देशको भविष्यको रेखा कोर्ने पार्टी नेपाली कांग्रेस मात्रै रहेको बताउनु भयो ।
जिल्ला सभापति जित बहादुर शेरचनको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रिय सदस्य चम्पादेवी खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथी खड्काले बोल्दै नेपाली कांग्रेस देश र जनताको पार्टी भएको बताउँदै पार्टीलाई अझै शसक्त र चलायमान बनाउने गरि सक्रियताका साथ एक आपसमा समन्वय गरेर अगाडी बड्न नेता कार्यक्रतालाई आग्रह गर्नुभयो ।
संविधान सभा सदस्य निरज पुन, केन्द्रिय महाधिवेशन प्रतिनिधि दोर्ण कुमार कुवँर, क्षेत्रीय सभापती जोकलाल बुढा लगायत नेता कार्यक्रताको मन्तव्य रहेको कार्यक्रममा पालिकाबाट प्रतिनिधि मूलक रुपमा सङ्गठनको अवस्था, पार्टीमा नेतृत्व तहबाट सुधार हुनुपर्ने विषय, आगामी रणनिति लगायतका विषयमा आफ्नो धारणा राखेका हुन । गल्कोट नगर सभापती विरजंग भण्डारीको स्वागत जिल्ला सचिव गण्डकी थापाको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा करिब तिन सय नेता कार्यक्रताको सहभागिता रहेको थियो ।