बुर्तिबाङमा प्रहरीको आयोजनामा नागरिक सुनवाई कार्यक्रम

कात्तिक ११ गते बुर्तिबाङ

बुर्तिबाङमा प्रहरी द्धारा नागरिक सुनुवाइ कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङको आयोजना ढोरपाटन नगरपालिकाको सम्मोन्यमा स्थानीय जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपश्थिती मा यस क्षेत्रमा भइरहेका विकृति, विसङ्गति, समस्या, गुनासोका सन्दर्भमा अन्र्तक्रृया गरिएको हो ।

 

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतको अध्यक्षता, ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सहभागि नागरिकको तर्फदेखि युवा तथा बालबालीका बढि मात्रामा लागु पर्दाथ दुर्व्यसनीमा लागेका कारण रोकथामका निम्ती पहल गर्नुपर्ने, दुर्गम गाउँवस्तिमा प्रहरीको सुरक्षा व्यवस्था मजबुत बनाउनु पर्ने, ग्रामीण क्षेत्रमा सवारी भाडा र यात्रा गर्दा यात्रुसंख्या मनपरी राख्ने प्रबृर्ति रहेका कारण त्यसलाई रोक्नुपर्ने, बजार व्यवस्थापन, जुवातास नियन्त्रण गर्नुपर्ने, ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम गर्नुपर्ने, सानै उमेरका किसोर कसोरी यौन क्षेत्रमा सक्रिय भएको , खोलाहरूमा करेन्ट लगाएर माछा मार्ने काम भइरहेको लगाएतका विषयमा जिज्ञासा र प्रश्न राख्दै यस्ता महत्वपूर्ण विषयमा सम्बन्धित निकायबाट प्रभावकारी कार्यक्रम कार्यान्वयनमा जानुपर्नेमा अभागीले जोड दिएका छन ।

सहभागीको तर्फबाट उठेका जिज्ञासाको विषयमा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले बाल्दै सबैको हातेमालो र सम्मोन्य भयो भने मात्र समाज रूपान्तरण हुन सक्ने बताउँदै सहभागि बाट उठेका प्रश्न र जिज्ञासा अतिनै महत्वपूर्ण रहेका कारण स्थानीय सरकारको तर्फदेखि गरिने सचेतना मूलक कार्यक्रमलाई यसवर्ष मुख्य प्राथमिकता दिएर काम गरिने, जुवातास जन्य गतिविधि कानुनले बर्जित गरेका कारण त्यसलाई सचेतना मूलक कार्यक्रमको माध्यमबाट रोक्न अभियान सञ्चालन गरिने, सवारी व्यवस्थापनका क्षेत्रका कार्यक्रम गरिने, नदिमा करेन्ट मार्फत माछा मार्ने कार्यलाई नियन्त्रणका निम्ती कडाइका साथ अगाडी बढिने र माछा संरक्षण कार्यक्रम गरिने विषयमा धारणा राख्नु भयो

। उहाँले थप बोल्दै बालविवाह, यौन, लागू औषध जस्ता विषयमा प्रत्यय विधालय मा पुगेर सरोकारवाला निकाय सहित सचेतना मुलक कार्यक्रम गर्ने गरि बजेट समेत व्यवस्थापन गरिएको बताउनु भयो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख आनन्द बस्नेतले बोल्दै सहभागि बाट उठेका महत्वपूर्ण जिज्ञासा र धारणाको सन्दर्भमा प्रहरीले आफ्नो क्षमताले भ्याए सम्म समाजमा हुने गलत कृयाकलाईपलाई रोक्ने र कानुनी कारवाहीका निम्ती अगाडि बढिरहेको बताउँदै विभिन्न समयमा सचेतना मूलक कार्यक्रम गरिरहेको र अबका दिनमा स्थानीय तह, विभिन्न निकाय संग सम्मोन्य गर्दे सचेतना मूलक कार्यक्रमलाई जोड्ने बताउनु भयो ।

यस क्षेत्रमा भइरहेका नराम्रा गतिविधीका विषयमा प्रहरीलाई खबर गरेर साथ दिन समेत अपिल गर्नुभयो । कार्यक्रम प्र.स.नी. कृष्ण कोइरालाले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित