लायन्स क्लब अफ ढोरपाटनको स्वास्थ्य शिविर सञ्चालनार्थ देउसी कार्यक्रम

कात्तिक १७ बुर्तिबाङ

लायन्स क्लब अफ ढोरपाटनले तिहार पर्वको अवसरमा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।

विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको क्लबले कात्तिक १५ र १६ गते बुर्तिबाङ बजारमा देउसी भैलो कार्यक्रम सञ्चालन गरेको हो ।

स्वास्थ्य, शिक्षा, दैवी विपद, वातावरणीय क्षेत्र लगायतमा महत्वपूर्ण कार्यक्रम गर्दे आइरहेको क्लबले विभिन्न शिविर सञ्चालन गर्न, आर्थिक अभावका कारण पढाइबाट बञ्चित बालबालिकाको शिक्षालाई अगाडि बढाउन, विपदमा परेका नागरिकको सेवामा लगानी गर्ने उद्देश्य सहित देउसी कार्यक्रम सञ्चालन गरिएको क्लब अध्यक्ष छविलाल पाण्डेले बताउनु भयो ।

क्लबले दुई दिन सम्म सञ्चालन गरेको देउसी कार्यक्रममा दुई लाख पैँतालीस हजार रुपैयाँ सङ्कलन गर्न सफल भएको अध्यक्ष पाण्डेले बताउनु भयो ।

विगत ५ वर्षदेखि सक्रिय रुपमा अगाडि बढेको लायन्स क्लब ढोरपाटन ३२५ के अन्तराष्ट्रिय क्लब भएका कारण विभिन्न माध्यबाट नागरिकको सेवा भाव सँग जोडिएर काम गर्दे आइरहेको क्लबका पूर्व अध्यक्ष राम प्रसाद आर्चाय ले बताउनु भयो । क्लबका पदाधिकारी, स्थानीय कलाकार सहित सुचारु गरिएको देउसी कार्यक्रम हिँजो साँझ सम्पन्न गरिएको हो ।

क्बल ले निः शुल्क स्वास्थ्य शिविर ,बाढी पहिरो पीडितलाई सहयोग, अनाथ जेहनदार, बालबालिकालाई सहयोग, सचेतना मूलक कार्यक्रम वृक्षारोपण, सर्ने नसर्ने रोग सम्बन्धी सचेतना मूलक कार्यक्रम लगायतका गतिविधि गर्दे आइरहेको छ ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img