सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखाले दियो एक परिवारलाई मृत्यु दावी भुक्तानी

बागलुङ/कार्तिक ९

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखाले यहाँको एक परिवारलाई मृत्यु दावी भुक्तानी गरेको छ । सिटिजनमा बिमा गरेर मृत्यु भएकी स्व.थमन कुमारी रानाको परिवारलाई मृत्यु दावी वापतको वीमा रकम हस्तान्तरण गरिएको हो । बडिगाड गाउँपालिका वडा न . २ घर भएकी मृतकका परिवारलाई घरमै पुगेर २ लाख ५० हजार रुपियाँको चेक हस्तान्तरण गरेको शाखा प्रमुख कमला शर्माले बताइन् । रानाले २०८१ जेष्ठमा २ लाख रुपैयाँको १५ वर्षको लागि १६ हजार १ सय ५८ रुपियाँ बुझाएर वीमा गरेकी थिइन्। कम्पनीले मृतकको परिवारलाई बिहीबार दावी रकम हस्तान्त्रण गरेको हो । बागलुङ शाखाको शाखा प्रमुख कमला शर्माले उक्त रकमको चेक हस्तान्त्रण गरेको साथै त्यहाँ खर्वाङ एरियामा रहनुभएको एजेन्सी मेनेजरहरु पनि उपस्थित हुनुभएको थियो। घरमै पुगेर चेक हस्तान्तरण गरेकोमा उक्त परिवारले सिटिजन लाइफ इन्स्योरेन्स लाई धन्यवाद व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित