देविस्थान बहुउद्देश्यीय सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा

 कात्तिक २१ बुर्तिबाङ

निसीखोला गाउँपालिका २ मा रहेको देविस्थान बहुउद्देश्यीय सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षतामा आयोजित कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि घर्तिले बोल्दै सहकारी गरीबधनी बिचको खाडल पुर्दै स्थानीय श्रोत र साधनको उच्चतम् प्रयोग गर्दे आत्मनिर्भर, उद्यमशील बनाउने माध्यम सँगै दुख सुखमा नजिकको आर्थिक श्रोतको माध्यम रहेको बताउँदै सहकारीलाई सबैले जोगाएर व्यवस्थापन गर्न सके आर्थिक आर्जनको महत्वपूर्ण माध्यम रहेको बताउनु भयो । कुल ५ सय ५१ सेयर सदस्य रहेको उक्त संस्थाले आर्थिक बर्ष २०८०÷०८१ सम्म आइपुग्दा १ अर्ब ७ करोड बढिको कारोबार गर्दे आएको संस्थाले २ करोड ९५ लाख ६८३ रुपैयाँको सम्मानित तथा शेयर विभिन्न कोष रहेको जनाइएको छ ।

त्यस्तै बैँक नगद र मौज्दात गरी ९ करोड १८ लाख ४३ हजार रुपैयाँ रहेको जनाईएको छ । सहकारीले गत बर्ष ९२ लाख आम्दानी गर्दे २९ लाख रुपैयाँ नाफा कमाउन सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । निसीखोला गाउँपालिका २ का अध्यक्ष कुविर विश्वकर्मा, जग्गा दाता तुल बहादुर कुवँर, त्रिवेणी साकोस का अध्यक्ष उत्तम बहादुर महत, सल्लाहकार भविन्द्र बहादुर कुवँर लगायतको आतिथ्यता एवम् शुभकामना मन्तव्य रहेको थियो ।

कार्यक्रमका अवसरमा जग्गा दाता सम्मान, एसईईमा उत्कृष्ट नतिजा ल्याउने सेयर सदस्यका छोरा छोरी सम्मान, असल ऋणी, असल बचत कर्ता, उत्कृष्ट बचत कर्ता, उत्कृष्ट लघुवित्त समुह, सहकारी संस्थालाई योगदान पुर्याउने सञ्चालक समिति लगायतलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।

कार्यक्रममा ऋण असुली समिति संयोजक तम बहादुर कुवँर, लगानी समिति संयोजक इद बहादुर रसाइली, लेखा समिति संयोजक तेजेन्द्र कुमार शर्मा, सल्लाहकार संयोजक भविन्द्र बहादुर कुवँर, संस्थाका सचिव ओम बहादुर खत्री, कोषाध्यक्ष आत्माराम चालिसे द्धारा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संस्थाले निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका कार्यक्षेत्र बनाई सेवा प्रवाह गर्दे आइरहेको छ । कार्यक्रम सचिव ओमलाल खत्रीको सञ्चालनमा सम्पन्न भएको हो ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img