कात्तिक ५ बुर्तिबाङ
सिटिजन लाइफ इन्स्योरेन्स द्धारा कम्पनीको ७ औँ बार्षिकोत्सवका अवसरमा तमान बाल गृहलाई स्टेसनरी हस्तान्तरण गरिएको छ । कम्पनीको सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर कम्पनीको बुर्तिबाङ शाखा द्धारा कपी र कलम बालगृहलाई उपलब्ध गराइएको हो ।
बाबु आमा विहीन बेसहारा बालबालिकालाई राखेर तमान बाल गृह सञ्चालन समितीले विगत ३ बर्षदेखि पालिका भित्रका बालबालिकालाई पठन पाठन सँगै पालन पोषण गर्दे आइरहेको छ ।
पालिका भरका २३ जना बालबालिकाले बालगृहमा बसेर नजिकै रहेका धनगौज्वती माध्यमिक विद्यालय तमानमा अध्ययन गर्दे आइरहेका छन । उनिहरुलाई खान बस्न, स्टेशनरी लत्ता लपडा लगाएतका सामाग्रि व्यवस्थापन बालगृह व्यवस्थापन समिती र तमानखोला गाउँपालिकाले गर्दे आइरहेको छ ।
समाजमा पढाईबाट बञ्चित रहेका बालबालिकालाई वालगृहले व्यवस्थापन गरिरहेको अवस्थामा सिटिजन लाईफले उनीहरूको पढाईमा सहजता होस भन्ने उद्देश्य सहित स्टेसनरी उपलब्ध गराएको कम्पनीका शाखा प्रवन्धक छविलाल पाण्डेले बताउनु भयो ।
बालगृह व्यवस्थापन समिती अध्यक्ष तथा तमानखोला गाउँपालिका ३ का अध्यक्ष झक बहादुर बुढा, धन गौज्वती माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक, जनप्रतिनिधि, समितिका पदाधिकारी लगायतको उपश्थितीमा आयोजित कार्यक्रममा वडा अध्यक्ष झक बहादुर बुढाले बोल्दै सिटिजन लाईफले नागरिकको जीवन रक्षा संगै दुर्गममा रहेको बालगृहलाई समेत सम्झिएर स्टेशनरी सामाग्रि उपलब्ध गराएकोमा धन्यबाद दिँदै सिटिजन लाईफले नागरिकलाई आर्थिक रुपमा बचत गर्ने बानीको विकास सँगै जीवनमा आइपर्ने जोखिमलाई आर्थिक रूपबाट हस्तान्तरण गर्ने जिम्मेवारीमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको बताउनु भयो ।
कार्यक्रममा सिटिजन लाइफ इस्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर भिम कुमारी क्षेत्रीको समेत उपस्थिति रहेको थियो ।