बुर्तिबाङ राईजिङ युवा क्लब द्धारा आयोजित कोजाग्रत पूर्णिमा मेलाको उद्घाटन


कात्तिक ४ गते

बुर्तिबाङ राइजिङ युवा क्लब द्धारा आयोजित कोजाग्रत पूर्णिमा मेला तथा पालिका कप कार्यक्रमको आइतबार उद्‌घाटन गरिएको छ । गत कात्तिक १ गतेदेखि विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले प्रमुख अतिथिको रुपमा कार्यक्रमको उद्‌घाटन गर्नुभएको हो ।

बुर्तिबाङ राइजिङ युवा क्लबको २२ औँ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमको उद्‌घाटन गर्दे मेयर कायतले खेलकुद कला संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउँदै ढोरपाटन नगरपालिकाले पालिका कपलाई समेत कोजाग्रत पूर्णिमा मेला सँग जोडेर कार्यक्रम गरिरहेको बताउनु भयो ।

बागलुङ संस्कृति र खेलकुदमा अब्बल रहेको बताउँदै यहाँ स्थापित क्लबहरूले खेलकुदका कार्यक्रममा मात्र सीमित नरही सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दे स्थानीय सरकारले आफ्नो क्षमताले भ्याए सम्म विकास निर्माणका काम गरिरहेको बताउँदै यस क्षेत्रको मुख्य आम्दानीको श्रोत र पर्यटकीय गन्तव्य ढोरपाटन पुग्ने सडक हालसम्म अलपत्र रहेको बताउँदै निरन्तर खबरदारी भइरहेको बताउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनु भएका बुर्तिबाङ राइजिङ युवा क्लबका संस्थापक अध्यक्ष चन्द्र अर्यालले बोल्दै ऐतिहासिक पूर्णिमा मेला यहाँको कला संस्कृर्ति र खेलकुदको जर्गेना गर्ने उद्देश्य सहित २२ बर्ष पहिले आफ्नो सक्रियतामा स्थापना भएको बताउनु भयो ।

यस क्लबले यहाँको संस्कृति, खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै आगामी दिनमा यस क्षेत्रको अब्बल सामाजिक संस्थाको रुपमा स्थापित गराई समाज रूपान्तरण मुखि काममा जोडिन सुझाव दिनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्ति, तमानखोला गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्याल, ढोरपाटन नगरपालिका १ का अध्यक्ष वान बहादुर छन्त्याल, मेलाका सल्लाहकार नर बहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमका अवसरमा चर्चित कलाकार समीक्षा अधिकारी स्थानीय कलाकारको बिजोड साङ्गीतिक प्रस्तुती रहेको थियो । मेलाका अवसरमा पालिका स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम भइरहेका छन ।मेला कात्तिक ७ गते सम्म सञ्चालन हुने भएको हो ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित