बुर्तिबाङमा बल्छीले माछा मार्ने प्रतियोगिता

 कात्तिक ३ गते बुर्तिबाङ

बुर्तिबाङमा बल्छीले माछा मार्ने प्रतियोगिता सञ्चालन गरिएको छ । नौलो खेल संगै नदि नाला, प्राकृतिक सम्पत्तिको संरक्षण गर्ने उद्देश्य सहित नौलो प्रकृतिको कार्यक्रम सञ्चालन गरिएको हो ।

बुर्तिबाङ ब्याडमिन्टन क्लबको आयोजना बागलुङ ढोरपाटन समाज हङ्गकङको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता सञ्चालन गरिएको हो ।

शनिबार बिहान नदि सरसफाइ संगै दिउसो १ बजे सञ्चालन भएको प्रतियोगितामा १३ जना बल्छिले माछा मार्ने प्रतिस्पर्धीको सहभागिता रहेको थियो । एक घण्टाको समय दिइएकोमा सहभागिमध्ये सुनिल श्रेष्ठ प्रथम हुनुभएको छ । त्यस्तै धन बहादुर श्रीस दिर्तिय र कमल घर्ति तिर्तिय हुनुभएको हो ।

उत्कृष्ट हुनेले क्रमश नगद १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्राप्त गरेका छन । बुर्तिबाङ लक्ष्मिकुण्ड पुलदेखि घट्टबोट सम्म खेलिएको उक्त प्रतियोगितामा दर्शकहरूको सहभागिता रहेको थियो नौलो प्रकारको खेल भएका कारण पनी धेरैमा चासो देखिएको स्थानीय दर्शकले बताए ।

खोला नालामा पछिल्लो समय फोहोर गर्ने, माछा करेन्ट लगाएर मार्ने, प्राकृतिक श्रोत साधनको संरक्षणमा कसैको ध्यान जान छोडेपछि सरसफाइ संगै नयाँ प्रकारको खेल सञ्चालन गरिएको बागलुङ ढोरपाटन समाज हङ्कङका सदस्य राजकुमार श्रेष्ठले बताउनु भयो ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img