कालिज पालनमा रम्दै गरेका कँडेल परिवार

 

बुर्तिबाङ कात्तिक ८ गते

आफूले चाहेको रहरको पेशा, व्यवसाय वा जागिर जे गर्दापनि मानिस कुनै दिन असफल भएपनि गन्तव्यमा नपुगुन्जेल पुनह प्रयास गर्दछ ।

यसैको एक उदाहरण हो ढोरपाटन नगरपालिका २ सलामकोटका चुडामणि कँडेलको उहाँले आफूले कुनै दिन कालिज पाल्ने सपना आफूले अध्ययन गर्दे गर्दा देख्नुभएको थियो आफूले देखेको सपना पुरा गर्न २०७६ सालदेखि आफ्नै घरमा थोरै मात्रामा कालिज पालन सुरु गर्नुभयो यतिवेला कँडेलको सपना पुरा भइरहेको छ ।

“बागलुङको पश्चिम क्षेत्रमा व्यवसायिक रुपमा कालिज पालनमा लागेका कँडेलको थोरै सँखयाबाट सुरु गर्दे गर्दा सयौँ सँखयामा पुग्यो तर बजारको समस्या र एकै पटक पाँचसय हाराहारीमा कालिज एकैपटक मरेर सिद्धिएपछि पुनह आफ्नो सपना पुरा हुनबाट बिचल्ली नभएका कँडेलको फर्मममा यतिबेला एक हजार बढि कालिज बिक्रीका लागी तयारीमा रहेका छन ।”

पेशाले स्वास्थ्य कर्मी कँडेलले घर छेउमै सानो स्वर्ग कालिज फर्म सञ्चालन गर्नुभएको छ  पाँच बर्ष सम्म कालिज पालन गर्दे गर्दा अव लगानी बापत प्रतिफल प्राप्त गर्ने आशामा रहेको  चुडामणीका बुवा तुल्सीराम कँडेलले बताउनु भयो 

बुर्तिबाङ बजारदेखि करिब देढ किलोमिटरको दूरीमा रहेको उक्त फर्ममा आन्तरिक पर्यटक फर्म हेर्न र कालिज खरिद गर्नका लागि पुग्ने गरेका छन आन्तरिक पर्यटन संगै वन जङ्गलमा मात्र कालिज देखेका मानिसहरूले घरमै कालिज देखेपछि त्यसको स्वाद लिन समेत उत्तिकै लालायित देखिन्छन । बागलुङ, पोखरा, काठमान्डौ, बुटवल सम्म बजार विस्तार गर्न थालेका कँडेलले यसलाई अझै विस्तार गर्दे जाने बताउनु हुन्छ ।

पहिले दुई चार मुरी मकै हुने पाखो बारीमा अहिले हजार बढि कालिज हुँदै गर्दा  गर्भ गर्न लायक पेशा रहेको र मनलाई आनन्दित दिन सक्ने पेशा रहेका कारण पनि आफूले परिवारका साथमा जागिर सँगै कालिज पालन व्यवसाय सुरु गरेको चुडामणि कँडेलको भनाई छ ।

बाबा आमाले कालिजलाई दानापानी दिने, हेरचाह गर्नुहुन्छ । बिहान साँझ फुर्सदको समयमा मैले व्यवस्थापन गर्दे आएको छु कँडेलले भन्नुभयो । कालिज पालनमा बाहिर हल्ला आएजस्तो पर्याप्त आम्दानी नभएपनि दिगो रुपमा व्यवस्थापन गर्न सके राम्रो आम्दानीको श्रोत बन्न सक्ने उहाँले बताउनु हुन्छ ।

यस वर्षमात्रै एक हजार बढि कालिज बिक्री गरेर आम्दानी बुद्धिलाई विस्तार गर्ने र फर्मलाई समेत ठुलो बनाउँदै जाने बताउँदै स्वास्थ्यका लागि राम्रो, आर्गनिक दाना खाएको र सुपथ मुल्यमा बिक्री गर्दे आएरहेका कारण पनि बजारमा आफुलाई समस्या नहुने उहाँले सुनाउनु भयो ।

पहिले महँगो मूल्यमा आफूले चल्ला खरिद गरेर लिएपनी आफूले बिक्री गर्दा खानयोग्य कालिजलाई भाले दुई हजार पाँच सय र पोथी एक हजार दुई सय सम्म बिक्री गर्दे आएको बताउँदै हरेक व्याक्तिले कृर्षिमा लगानी गर्दे गर्दा दियो लक्ष्यका साथ अगाडी बढ्न सुझाव समेत दिनुभयो ।

 

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img